• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सेक्युरिटी प्रिन्टिङ खरिदमा विकल पौडेललाई २ वर्ष कैद, १३ करोड ५८ लाख जरिवाना

"४० करोड भ्रष्टाचार ठहर "

  •   आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ३ जना हाई डिजिटल प्रिन्ट प्रोडक्सन सिस्टम खरिदमा दोषी ठहर भएका छन्।

    Advertisement

    विशेष अदालतले प्रिन्ट प्रोडक्सन सिस्टम खरिदमा ४० करोड ७५ लाख ५७ हजार रूपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ।

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले विकललाई यस भ्रष्टाचार प्रकरणमा मुख्य दोषी ठहर गर्दै १ वर्ष ६ महिना कैद सजाय तोकेको छ। उनी उक्त सार्वजनिक निकायका प्रमुख भएकाले थप ६ महिना कैद हुने फैसला पनि विशेषले सुनाएको छ। उनलाई दामासाहीले हुने १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना पनि तोकिएको छ।

    विकलले नेपाल सरकारसँग दुई छुट्टाछुट्टै कार्यक्रम (कार्ड र पेपरसम्बन्धी) सञ्चालन गर्न अलग(अलग प्रिन्टिङ मेसिन खरिदको लागि बजेट माग गरेको, खरिद योजना पनि बनाएको तर पछि दुवैलाई एउटै प्याकेजमा गाभेर ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको पाइएको विशेषको फैसलामा उल्लेख छ।

    दुवै योजनामा गरी ७६ करोड रूपैयाँ विनियोजन भएकोमा विकलले खरिद प्रक्रियाका प्रत्येक चरणमा इमान्दारिता, जवाफदेहिता र कानुनको परिपालना नगरी बदनियतपूर्वक काम गरेको पाइएको विशेष अदालतले भनेको छ।

    यस्तै प्याक्स इन्टरनेसनल प्रालि र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकबर हुसेन पनि यसमा दोषी ठहर भएका छन्। अकबरले विकलसँग मिलेमतो गरी आफू स्वयं र श्रीमतीको नाममा दर्ता रहेको कम्पनीमार्फत स्पेसिफिकेसन र दरभाउ उपलब्ध गराई उक्त खरिद कार्य आफ्नो कम्पनी मार्फत गर्न गराउनका लागि सम्पूर्ण कार्य गरेको देखिएको फैसलामा उल्लेख छ।

    म्याक्स इन्टरनेसनल र उनको कम्पनी अकबर हुसेनलाई जनही १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवाना र सोहीबराबरको बिगो असुल गर्न अदालतले भनेको छ। अकबरलाई मुख्य प्रतिवादी विकल पौडेललाई ठहर भएसरहकै १ वर्ष ६ महिना कैद पनि अदालतले तोकेको छ।

    विकल पौडेल, म्याक्स इन्टरनेसनल र अकबर हुसेनले जनही ५४ लाख ३४ हजार १०३ रूपैयाँ क्षतिपूर्ति शुल्कवापत पीडित राहत कोषमा दाखिला गर्नुपर्नेछ।

    अन्य अभियुक्तहरू सफल श्रेष्ठ, नवीनकुमार पोखरेल, हरिवल्लभ घिमिरे र खड्कबहादुर थापालाई भने विशेष अदालतले सफाइ दिएको छ।

    उनीहरूले कार्यकारी निर्देशक विकलको निर्देशानुसार खरिद प्रक्रियामा संलग्न गराएको देखिए तापनि उनीहरूको कुनै निर्णायक भूमिका नदेखिएको र खरिद प्रक्रियामा आफ्नो पदीय दायित्व बमोजिमको कार्यसम्म गरेको हुँदा कसुरमा बदनियतपूर्ण संलग्नता देखिन नआएकोले सफाइ दिइएको फैसलामा उल्लेख छ।

    विकलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना प्रविधि क्षेत्रका अन्य प्रकरणमा पनि भ्रष्टाचार मुद्दा चलाएको छ। उनले नेपालमा ठेक्का लगाइएका विनिन्न योजनाहरूमा भ्रष्टाचार गरी विदेशका बैंकहरूमा घुस जम्मा गर्ने गरेको पाइएको छ।

    आइतबार, बैशाख २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.