गुलरिया । बर्दियामा राष्ट्रिय जनमोर्चाले प्रतिगामी खतराका विरुद्ध सभा सम्पन्न भएको छ ।
Advertisement
२०८२ वैशाख २० गते शनिबार बर्दियाको भोलागौडी बजारमा सो सभा सम्पन्न भएको हो ।
‘प्रतिगामी खतराका विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका साथ सो सभा सम्पन्न भएको थियो ।
सभालाई राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य बासुदेव पोख्रेल र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुल्सी सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
सभाको सञ्चालन राजमो बर्दियाका सचिव लोकबहादुर रानाले गर्नुभएको थियो ।