काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छिन्।
Advertisement
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार कपनबाट पक्राउ गरेको हो।
राईलाई जिल्ला प्रहरी परिसर काठमाडौँ लगिएको प्रहरीले जनाएको छ।
राई स्वर्णलक्ष्मीको दुई कार्यकाल सञ्चालक समितिमा बसेकी थिइन्। उनी उक्त सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन्।
भोजपुरकी राई नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेकी थिइन्।