• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मसाललाई असर परेको हो, भेन्टिलेटरमै पुगेको होइन


  •   शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
  • इन्द्रकान्त शर्मा ##

    Advertisement

    कुरा सुरु गरौँ, विमल पोखरेलको यो भनाइबाट “… त्यसैले मसाल पतनोन्मुख छ, भेन्टिलेटरमा छ ।”

    विमल पोखरेलको यो भनाइमा गुदो छँदै छैन, बोक्रैबोत्रा छन् । साम्राज्यवादको विषालु हावा संसारभरि चलेको अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर नभएर मजबुत हुन्छ ? पतोन्मुख नभएर उन्नतिवैभव हुन्छ ? दसीप्रमाण उनी आफै छन् त ।

    साम्राज्यवादको बिगबिगीमा कम्युनिस्ट आन्दोलन मजबुत हुने भए, उन्नतिवैभव हुने भए उनले सच्चा कम्युनिस्ट पार्टी मसालबाट अराजक भई दायाँबायाँ किन गर्थे होला ? किन गुरु, संस्था र पार्टीसँग सिउरी खेल्थे होलान् र ?

    कम्युनिस्ट पार्टीलाई “अवसरवाद, व्यक्तिवादले खाएको हो र त्यसको असर मसालमा पनि परेको हो” । असर परेको हो, भेन्टिलेटरमै पुगेको त होइन नि ।

    त्यसरी उनले मसालमाथि लगाएको माथिको आरोप सही छैन । तथ्यमा आधारित पनि छैन । पूरै लेखको मूल स्प्रिटमा ध्यान नदिई थपक्क एउटा शब्द टिपेर त्यसैमा हुल्ली खेल्ने ? थारोपाडोले नयाँ किलो पाउँदा बुरुक्क बुरुक्क उफ्रेझैँ ?

    उनले “मसाल मात्र होइन, संसारकै कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ । अवसरवाद व्यक्तिवादले खाएको छ” भन्ने अनलाइन खबरमा मोहनजीको अन्तर्वार्ताबारे प्राप्त गरेको जानकारी पनि उपरी, बाह्य र सतही प्रकारको छ ।

    चाणक्यको एउटा प्रसिद्ध भनाइ छ– आम्दानी पर्याप्त नभए खर्चमा नियन्त्रण गर्नू, जानकारी पर्याप्त नभए शब्दमा नियन्त्रण गर्नू । उनी शब्दमा नियन्त्रण नगर्ने, ठोस जानकारी नहुने, उपरी प्रकारको जानकारी हुने सामाजिक सञ्जालका अथर (लेखक) हुन्, भ्रामक हुन् ।
    उनका कलमबाट निस्केका शब्द कम्युनिस्ट सखाप पार्ने धमिरा भएर निस्कन थालेको पक्कै हो । भ्रम पार्न सिपालु छन् । चौबिस क्यारेटबाट दुई नम्बरीमा परिणत भइसकेका छन् । कसैले कस्तो जानेर भनेछन– सबैभन्दा खतरनाक दुस्मन त्यही हुन्छ रे, जुन पहिला दोस्त (मित्र) हुन्छ ।

    हिजो जति बेला उनी दोस्त थिए, पार्टीमा विभिन्न मोर्चाको नेतृत्वमा थिए, मोहनविक्रम ठिक थिए । मोहनविक्रमको नेतृत्व उच्च प्रकारको थियो । मसाल पार्टी अब्बल र गौरवशाली थियो । पार्टीका पार्टपुर्जा हाँगाबिँगा ठिकठाक थिए । हिजोआज भदौरे राँगोझैँ अराजक भएर अनुशासनको कारबाहीमा परेर पार्टीबाट यताउता परेपछि मसाल पार्टीमा उधौली लागेको देखेका छन् । मसाल भेन्टिलेटरमा पुगेको देखेका छन् । पार्टी झुर देखिएको छ । खत्तम लागेको छ ।

    पोइल जाने बेलामा सबैलाई लाग्ने नै त्यस्तै हो । अहिलेसम्म पोइल गएका सबैलाई लागेकै त्यही हो ।

    विमलजीलाई पनि नयाँनौलो कुन हो ? हुरुक्क कोसँग हो ? कुम्लो बोकेर लाग्दा हुन्छ । अर्काको घरको अब चिन्ता, पिर, सुर्ता गरेर शरीर किन सुकाउनु ? अर्काको घरको डाँडाभाटा भत्काउनतिर किन लाग्नुपऱ्यो । थाम, निरल किन हल्लाउनुपऱ्यो ?

    एकदुई जना विरोधीको समर्थनले आत्मरतिबाहेक केही मिल्ने पनि होइन । आफ्नो घर ठुलो साब्लो बनाऊ । वामपन्थी आत्मा खरानी परिसकेका आफूलाई मात्रै सो गर्ने एकाध खोटा मोहरले पार्टी त्याग्दैमा पार्टी, क्रान्ति र परिवर्तनमा केही फरक पर्ने होइन, लुतो लाग्ने होइन । पहाडबाट मटेङ्ग्रा खस्दा, पहाडको वा पिलो निचोरेर फाल्दा शरीरको तौलमा के पो अन्तर आउला र ? हामीलाई हाम्रै घर अलकापुरी छ ।

    कुम्लो पोको पारेर कता लाग्ने हो, लाग्दा हुन्छ । सत्तुर नहसाइदेऊ । कृष्णको मिलन राधासँगै हुने हो । विमलको विलय एमालेमै हुने हो कि ? क्रान्तिकारी लफ्फाजी वा सङ्कीर्णवादीलाई अन्तिममा एमालेको सूर्य चिह्न नै सुहाउने हो । वैष्णव मन्त्र सुनेर थान्को लाएर बस बरु । देउघाट नुहाऊ । जातिबित्ती नगर । उग्रहरूले अन्तिममा गर्ने भनेकै त्यही हो । खुकुरीभन्दा कर्द लाग्ने तिमीभन्दा पहिला बाबुरामहरू पनि थिए । अब तिमी पनि नउम्ल, हाम्लाई पनि नतताऊ ।

    अन्त्यमा, नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्रीको माथिको यो भनाइलाई पुनः उद्धृत गर्दै भनाइ अन्त्य गर्न चाहन्छु : “कम्युनिस्ट आन्दोलन पतनोन्मुख अवस्थामा छ तर त्यसको उज्ज्वल भविष्यमाथि हाम्रो अगाध विश्वास छ ।”

    (फलेबास नगरपालिका–६ देविस्थान भुसालचौर, पर्वत)

    शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • २.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ३.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ४.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ५.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ६.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ७.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ८.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.