• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धमाधम फेसबुक आईडी ह्याक गर्दै, रकम माग्दै


  •   शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको म्यासेन्जरबाट बिहीबार एकैचोटी धेरै चिनजानका व्यक्तिहरूसँग रकमका लागि आग्रह आयो ।

    Advertisement

    ठूलो परिमाणमा रकम माग भएपछि कतिपय साथीसाइ तथा आफन्तले प्रवक्ता पुरीलाई ठूलै आपत आइपरेछ कि भनेर सोधपुछ गर्न थाले । पार्टीको एउटा मिटिङमा व्यस्त पुरीलाई तत्काल त्यो विषय थाह भएन ।

    तर, सँगै बसेका साथीको मोबाइलमा समेत उहाँको म्यासेन्जरबाट रकम माग भएको देखेपछि सोधखोज गर्ने क्रममा प्रवक्ता पुरीको फेसबुक आईडी ह्याक भएको थाह भयो ।

    त्यसपछि फेसबुक खोलेर हेरेका पुरीले धमाधम रकम माग गर्दै म्यासेज पठाएको देखेपछि कैयौँ साथीहरूलाई फोन गरेर आईडी ह्याक भएको जानकारी दिनुभयो । तत्काल केही साथीहरूको फेसबुकमार्फत उहाँको आईडी ह्याक भएको सूचना जारी भयो ।

    यस्तै, समस्या आज (शुक्रबार) बुटवलस्थित कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले भोग्नुभएको छ । आचार्यको फेसबुक आईडी पनि ह्याक गरेर ह्याकरले कैयौँ व्यक्तिसँग रकम माग गरिरहेको पाइएको छ ।

    कसरी भयो आईडी ह्याक ?
    मसाल प्रवक्ता पुरीका अनुसार सुरुमा कुनै एकजना चिनजानका साथीको म्यासेन्जरबाट उहाँलाई नम्र भाषामा एउटा अनुरोध आयो । रुकुमपूर्वका ती साथीको नामबाट ‘हामीले सोसाईटी हितका लागि एउटा फेसबुक पेज खालेका छौँ । तपाइँ पनि हामीसँग जोडिन चाहनुहुन्छ कि ?’

    नजिकका मित्रबाट आएको सो आग्रहलाई प्रवक्ता पुरीले सहजै स्वीकार गर्नुभयो । त्यसपछि तपाइँको मोबाइलमा एउटा पिन नम्बर आएको छ, त्यो पठाइदिनु न भनेर आग्रह गरियो ।

    पुरीले पिन नम्बर पठाउनासाथ उहाँको फेसबुक आईडी ह्याक भयो ।

    यसरी नै पुरीको म्यासेन्जरबाट चेतनाथ आचार्यसँग पिन नम्बर मागियो । प्रवक्ता पुरीको आईडी ह्याक भएको जानकारी नपाएका आचार्यले सहजै आफ्नो मोबाइलमा आएको नम्बर पठाइदिनुभयो । र, उहाँको पनि फेसबुक ह्याक भयो ।

    ह्याकरले दुवै आईडीबाट देश विदेशमा रहेका व्यक्तिहरूसँग ठूलो मात्रामा रकम माग गर्ने र अन्य व्यक्तिको समेत फेसबुक आईडी ह्याक गर्ने प्रयास गरिरहेको पाइएको छ ।

    उक्त ह्याकर नजिकबाट चिनजानकै व्यक्ति भएको उसको गतिविधिबाट बुझ्न सकिन्छ ।

    प्रवक्ता पुरीले अरु साथीहरूलाईे फेसबुक आईडी ह्याक हुन नदिन सचेत रहन आग्रह गर्नुभएको छ । साथै, म्यासेन्जरबाट रकमको माग गर्ने वा ओटीपी कोड माग गरेमा राम्रोसँग बुझेर मात्रै व्यवहार गर्न पनि उहाँको आग्रह छ ।

    आफ्नो फेसबुक आईडी ह्याक भइसकेपछि प्रहरीको साईबर ब्यूरोलाई जानकारी दिनुभएका पुरीले प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको युगदर्शनलाई बताउनुभयो ।

    समस्या डरलाग्दो
    नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक आईडी ह्याक हुने समस्या निकै बढेको बताएको छ । ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार निकै ठूलो संख्यामा फेसबुक आईडी ह्याक हुने र त्यसको दुरुपयोग गर्ने गरिएको पाइएको छ ।

    ‘ह्याकरले फेसबुक आईडी ह्याक गरिसकेपछि कतिपयको सामन्य फेसबुक चलाउने गरेको पाइएको छ भने कतिपयबाट रकमहरू माग गर्ने देखिन्छ’ एसपी अवस्थीले युगदर्शनसँग भन्नुभयो, ‘तर, यो समस्या एकदमै बढेको छ ।’

    फेसबुक युजरकै लापरबाहीले आईडी ह्याक हुने पनि एसपी अवस्थीले बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘युजरकै लापरवाहीका कारण फेसबुक ह्याक हुने हो । त्यसकार युजर सचेत हुन आवश्यक छ । आफ्नो फिचर्सहरू सेयर नगर्ने, ओटीपी सेयर नगर्ने हो भने ह्याक हुँदैन ।’

    शुक्रबार, माघ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.