• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लेनिनवादको आवश्यकता पहिले भन्दा बढेको छ


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    एक शताब्दी पहिले लेनिनको मृत्यु भएको थियो । तर उनको सान्दर्भिकता अहिले पनि समाप्त भएको छैन र त्यो पहिले भन्दा कैयौँ गुणा बढेर गएको छ ।

    उनको नेतृत्वमा नै रुसमा समाजवादी क्रान्ति भएको थियो । स्टालिनको नेतृत्वमा खाली सोभियत संघमा मात्र समाजवादी व्यवस्थाले उच्च रुपमा विकास गरेको थिएन, तर त्यसका साथै त्यसले विश्वव्यापी व्यवस्थाका रुपमा पनि विकास गरेको थियो । तर आज विश्व समाजवादी व्यवस्थाको पतन भएको छ । तर विश्व समाजवादी व्यवस्थाको औचित्यता आज पनि छ र उत्पादन शक्तिहरुको विश्व स्तरमा बढ्दै गइरहेको सामाजिकिकरणले त्यसको भौतिक आधार अरु बढ्दै गइरहेको छ । त्यसको विपरित, पुँजीवादको हिजोको सङ्कट लगातार बढ्दै गइरहेको छ र त्यो पहिलेको तुलनामा झन् पछि झन् कन्ट्रोल हुँदै गइरहेको छ । त्यसले गर्दा समाजवादको वस्तुगत आधार धेरै नै बलियो भएर गएको छ । तर त्यसको आत्मगत पक्ष कमजोर छ र त्यसलाई विकसित गर्नु अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको निर्णयात्मक महत्वको आवश्यकता भएको छ । त्यो कार्य लेनिनवादी सिद्धान्तका आधारमा नै हुन सक्दछ र, त्यसरी, आज लेनिनवादको आवश्यकता पहिले भन्दा कैयौँ गुणा बढेर गएको छ ।

    मार्क्सले समाजवादी सिद्धान्तको प्रतिपादन गरे । उनले हेगेलको द्वन्द्ववादलाई भौतिकवादी रुप दिएर द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको प्रतिपादन गरेका थिए । त्यो सिद्धान्तलाई इतिहास र समाजको विकासको क्षेत्रमा प्रयोग गरेर उनले ऐतिहासिक भौतिकवादको सिद्धान्तको प्रतिपादन गरे । त्यसरी इतिहास र समाजको वैज्ञानिक विश्लेषण गरेर उनी यो निष्कर्षमा पुगेका थिए कि समाजको विकासको क्रममा समाजवादी व्यवस्था ऐतिहासिक आवश्यकता हो । भौतिक परिस्थितिले नै, खास गरेर पुँजीवादी व्यवस्थाअन्तर्गत उत्पादन शक्तिहरूको विकासक्रमले नै, समाजवादको आधार तयार पार्दछ । त्यसका साथै पुँजीवादले त्यो कार्य सम्पन्न गर्ने शक्ति पनि पैदा गर्दछ । त्यो शक्ति सर्वहारावर्ग हो ।

    इतिहासको त्यस प्रकारको विकासक्रमलाई कुनै पनि शक्तिले रोक्न वा पछाडि फर्काउन सक्दैन । जसरी दास युगपछि सामन्तवादको विकास अनिवार्य थियो, त्यही प्रकारले पुँजीवादपछि पनि समाजवादको विकास अवश्यम्भावी छ । निश्चय नै, प्रत्येक व्यवस्थाका शासकवर्गले आफ्नो समयको शोषणव्यवस्थालाई कायम राख्न पूरा शक्ति लगाउँछन्, जस्तै कि, दास युगका मालिकहरूले दास युगलाई वा राजा वा सामन्तहरूले सामन्तवादलाई । तर उनीहरूका ती सबै प्रयत्नहरू असफल भएका थिए । त्यही प्रकारले आज पुँजीवादले वा त्यसको उच्च रुप साम्राज्यवादले पुँजीवादी व्यवस्थालाई कायम राख्न वा समाजवादी व्यवस्थालाई रोक्नका लागि पूरा शक्ति लगाइरहेको छ । तर दास युग र सामन्त युग जस्तै त्यसको अन्त्य तथा त्यसको स्थान समाजवादले लिनु अवश्यम्भावी छ । तर त्यो कार्य स्वतः हुँदैन । त्यसका लागि सर्वहारावर्गको सचेत र नेतृत्वदायी भूमिका आवश्यक हुन्छ ।

    मार्क्सवादी–लेनिनवादी दर्शनले सर्वहारा वर्गलाई त्यस प्रकारको नेतृत्वदायी भूमिका खेल्न समर्थ बनाउँछ । माक्र्सवादले त्यसका लागि सैद्धान्तिक आधार तयार पार्दछ भने लेनिनवादले त्यसको लागि सङ्गठनात्मक आधार तयार पार्दछ । लेनिनवादले यो स्पष्ट गर्यो‍ कि आफ्नो क्रान्तिकारी भूमिका खेल्नका लागि सर्वहारावर्ग एउटा सचेत अनुशासनवद्ध र सङ्गठित पार्टीको रूपमा अगाडि आउनु पर्दछ । त्यो अवस्थामा नै त्यसले समाजवाद र साम्यवादको उद्देश्य पूरा गर्न सक्दछ । त्यस प्रकारको पार्टीको नेतृत्वदायी भूमिकाका आधारमा नै रुसमा समाजवादी क्रान्ति र विश्व समाजवादी व्यवस्थाको समेत निर्माण सम्भव भएको थियो ।

    मार्क्सवादी–लेनिनवादी दर्शनको पथपदर्शन र लेनिनवादी सङ्गठन प्रणालीको आधारमा सङ्गठित सर्वहारावर्गको पार्टी वा कम्युनिस्ट पार्टीको नेतृत्वमा नै रुसमा समाजवादी क्रान्ति भएको थियो र समाजवादी व्यवस्थाले विश्वव्यापी रूप लिएको थियो । तर कम्युनिस्टहरू माक्र्सवादी–लेनिनवादी दर्शनबाट विचलित हुँदै जानु तथा उनीहरूले लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई परित्याग गर्दै जानुको नै परिणाम हो कि सोभियत सङ्घ, चीन सहित विश्व समाजवादी व्यवस्थाको पतन भयो र विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर र रक्षात्मक अवस्थामा पुग्यो । तर त्यो कारणले हामी समाजवादी क्रान्तिको विश्वव्यापी सफलताबारे निराश हुनुपर्ने आवश्यकता छैन ।

    प्रथमतः समाजको विकासमा भौतिक पक्षले नै निर्णायात्मक भूमिका खेल्दछ । त्यस प्रकारको भौतिक परिस्थितिले नै समाजवादको आधार तयार पार्दै लगिरहेको छ र कुनै पनि शक्तिले त्यो ऐतिहासिक प्रक्रियालाई रोक्न सक्दैन । त्यसरी समाजवादी क्रान्तिको भविष्य उज्ज्वल छ । द्वितीय, तर समाजवादी क्रान्तिको आत्मगत पक्ष कमजोर छ । त्यसले गर्दा नै विश्व समाजवादी व्यवस्थाको पतन भयो र आज विश्व कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा छ । त्यो अवस्थामा क्रान्तिको आत्मगत अवस्थामा सुधार गर्नु र त्यसलाई उच्च स्तरमा उठाउनु संसारका सबै मार्क्सवादी–लेनिनवादीहरूको अहिलेको आधारभूत अन्तराष्ट्रिय जिम्मेवारी हुन गएको छ । त्यो कार्य पूरा गरेर नै विश्व समाजवादी क्रान्ति सफल पार्नु र अन्तमा साम्यवादी समाजको लक्ष्य प्राप्त गर्नु सम्भव हुनेछ । मार्क्सवादी–लेनिनवादी दर्शन र लेनिनवादी सङ्गठन प्रणालीका आधारमा नै क्रान्तिको आत्मगत अवस्थामा सुधार गर्नु सम्भव हुनेछ ।

    आज विश्व कम्युनिस्ट आन्दोलन जुन कमजोर अवस्थामा पुगेको छ, त्यसलाई माथि उठाउनको लागि शक्तिशाली कम्युनिस्ट आन्दोलनको आवश्यकता छ र त्यसको लागि लेनिनवादी सङ्गठनात्मक प्रणाली नै एक मात्र बाटो हो । त्यसको लागि लेनिन वा लेनिनवादको आवश्यकता पहिले भन्दा बढेर गएको छ ।

    (२०८१ माघ ११ गते काठमाडौंमा आयोजित ‘लेनिन शताब्दी स्मृति दिवस’ समापनका अवसरमा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित ‘आजको युगमा लेनिनवादको आवश्यकता पहिलेभन्दा कैयौं गुणा बढेर गएको छ’ अवधारणा पत्र । कार्यक्रममा नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरीले यो अवधारणा प्रस्तुत गर्नुभएको थियो ।)

    आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.