• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

नेपाललाई भारतमा गाभ्न सङ्घीयता आएको हो : सिंह


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाललाई भारतका गाभ्न सङ्घीयता आएको दाबी गर्नुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा बागमती प्रदेश समितिद्वारा २०८१ माघ ५ गते शनिबार आयोजित प्रशिक्षणात्मक कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो दाबी गर्नुभएको हो ।

    ‘नेपाललाई भारतमा गाभ्नका लागि नै नेपालमा सङ्घीयता लादिएको हो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि नेपालमा मधेसवादी पार्टीहरू खोलिएको हो ।’

    महामन्त्री सिंहले नेपालको इतिहासमा सबैभन्दा पहिला सङ्घीयताको मुद्दा उठाउने मधेसवादी पार्टी नै भएको र तिनीहरूलाई भारतले प्रायोजन गरेको खुलासा गर्नुभयो ।

    नेपालमा अवाञ्छित प्रकारले सङ्घीयता लाद्ने क्रममा सार्वभौम अधिकार पनि कुल्चिएको धारणा उहाँको थियो ।

    ‘सङ्घीयता स्वीकार गर्ने वा नगर्ने ? त्यो अधिकार संविधानसभासित हुनुपर्दथ्यो’ उहाँले भन्नुभयो– ‘तर संविधानसभाको चुनाव हुनुभन्दा अगाडि नै २०६३ सालमा अन्तरिम संविधान संशोधन गरेर सङ्घीयता घुसाइयो । यो नेपाली जनताको सार्वभौम अधिकारको घोर उल्लङ्घन थियो ।’

    महामन्त्री सिंहले आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता लागु गरेर एकथरीले नेपाललाई टुक्राउन खोजेको र अर्काथरीले जातीय वितण्डता मच्याउन खोजेको भनाइ राख्नुभयो ।

    ‘आत्मनिर्णयको अधिकारसहितको सङ्घीयता लागु गरेर भारतले नेपालको तराई भूभागलाई भारतमा गाभ्न चाहन्थ्यो’ उहाँले भन्नुभयो– ‘यता पश्चिमाहरूले जातीय प्रदेश स्थापना गरेर मुलुकलाई आन्तरिक द्वन्द्वमा धकेल्न चाहेका थिए ।’

    उहाँले अगाडि भन्नुभयो– ‘तर दोस्रो संविधानसभाले आत्मनिर्णयको अधिकारसहितको क्षेत्रीय र जातीय सङ्घीयतालाई अस्वीकार गरिदियो । फेरि पनि सङ्घीयता कायमै रह्यो ।’

    प्रशिक्षणको क्रममा उहाँले सङ्घीयता खारेज गर्दा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने धारणा राख्नुभयो ।

    ‘त्यससँगै भौतिक पूर्वाधार तथा विकास निर्माणका पनि सङ्घीयताको खारेजीबाट बजेट विनियोजन गर्न सकिने छ’ उहाँले भन्नुभयो ।

    त्यस्तै, आफूहरूले स्थानीय निकायलाई सबल र स्वायत्त बनाउने आफूहरूको धारणा रहेको जिकिर गर्नुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो– ‘सङ्घीयता होस् वा नहोस्, विश्वभरिका देशमा स्थानीय निकाय रहने गरेका छन् । हामी पनि नेपालमा स्थानीय निकायलाई सबल र स्वायत्त बनाउन चाहान्छौँ ।’

    उहाँले सङ्घीयता विरोधको नारा राप्रपासित मिले पनि त्यसको प्रकृति मौलिक रूपमै भिन्न रहेको बताउनुभयो ।

    ‘राप्रपाजस्ता प्रतिगामी शक्तिहरू हिन्दु राष्ट्र र राजतन्त्रका लागि सङ्घीयता खारेज गर्न चाहान्छन् तर हामी भने प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनका लागि सङ्घीयता खारेज गर्न चाहान्छौँ’ उहाँले भन्नुभयो– ‘यसरी पुष्टि हुन्छ, राप्रपा जस्ता शक्तिहरू सङ्घीयता खारेजीको नाममा देशलाई पछाडि धकेल्न चाहान्छन् तर हामी देशलाई अगाडि बढाउन चाहाछौँ ।’

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.