• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पृथ्वीनारायण शाहले एकीकरण गरेको देशमा एमसिसी र सङ्घीयता


  •   शनिबार, पुष २७, २०८१ मा प्रकाशित
  • केरसिंह अदै ##

    Advertisement

    पृथ्वीनारायण शाह नेपालको राज्य एकीकरणकर्ता मानिन्छन् ।

    उनको जन्म १७७९ पुस २७ गते गोरखामा भएको थियो । उनको जन्म हुँदा नेपाल ५२ ओटाभन्दा बढी ससाना राज्यमा विभाजित थियो । यी राज्यमा एकले अर्कोलाई जित्ने प्रवृत्ति थियो भने उनीहरू बेलाबेलामा पृथक् बन्नसमेत समर्थ हुन्थे । नेपालमा यो अवस्था हुँदा भारतमा ब्रिटिस साम्राज्य फैलिरहेको थियो । तिनीहरूको आँखा नेपालमा पनि परेको थियो ।

    बुबा नरभूपाल शाहको १७९८ सालमा मृत्यु भएपछि पृथ्वीनारायण गोरखा राज्यको सिंहासनमा बसे । उनमा काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने तीव्र इच्छा थियो । उनले काठमाडौँलाई आर्थिक रूपले कमजोर पार्ने उद्देश्य राखे । त्यस क्रममा उपत्यका र भोटबिचको व्यापारिक बाटो नुवाकोट प्रयोग गरे । यसरी नाकाबन्दी गर्ने उद्देश्यका साथ नुवाकोट आक्रमण गर्न सेना पठाए तर तयारीबिना गरिएको पहिलो आक्रमण असफल भयो ।

    यो पराजय भोगेपछि छिमेकी मुलुकको स्थिति बुझ्ने, आवश्यक हातहतियार सङ्कलन गर्ने उद्देश्यले तीर्थयात्राको बहानामा उनी केही भरिया, पुरोहितसहित भारतको बनारसतिर लागे । त्यहाँ बस्दा पृथ्वीनारायणले भारतमा इस्ट इन्डिया कम्पनी वा ब्रिटिस साम्राज्यको प्रभुत्वको बाबजुद भारतमा बढ्दै गइरहेको अशान्ति, अङ्ग्रेजको राज्यविस्तारको नीति, ब्रिटिस शासक जर्ज तृतीय र चिनियाँ बादशाह चेन जुङको सम्बन्धबारे राम्ररी बुझ्न पाए । अब नेपालका बाइसे/चौबिसे राज्यलाई एकीकरण गरी बलियो नबनाउने हो भने ब्रिटिस साम्राज्यवादसँग लड्न नसकिने, भारतबाट ब्रिटिस साम्राज्य नेपाल प्रवेश गर्छ भन्ने उनको मनले ठम्यायो । त्यससँगै उनले नेपाल एकीकरण गर्ने महान् योजना बनाए ।

    त्यही बेला काशीमा तीर्थ गर्न गएका पश्चिम जाजरकोटका राजा हरि शाहसँग उनको भेट भयो । दुवैले गङ्गा नदीमा बसेर एउटा सन्धि गरे । त्यसमा गोरखा र जाजरकोट राज्यले सीमा विस्तार गर्दा एकार्कालाई बाधा नगर्ने, अर्काको कुभलो नचिताउने सहमति गरिएको थियो ।

    उनी नेपाल फर्किएपछि १८०१ सालमा नुवाकोट विजय गरे । अन्य राज्यमाथि विस्तारै विजय गर्दै गए । अन्तिममा १८२६ सालमा कीर्तिपुर विजय गरी एकिकृत नेपालको घोषणा गरे ।

    जीवनको अन्तिमतिर बिरामी भएका बेला उनले आफ्ना भारदारलाई बोलाएर प्रशिक्षण दिएका थिए । त्यस क्रममा उनले नेपाल दुई ढुङ्गाबिचको तरुल जस्तो छ, दक्षिणतिरको वादशाह महाचतुर छ, जाइकटक नगर्नू झिकीकटक गर्नू, नेपाल चार जात छत्तिस वर्णको फूलबारी हो, सबै लाई चेतना भया भनेर उपदेश दिएका थिए । उनको यो भनाइलाई दिव्योपदेश भनिन्छ ।
    उनको मृत्यु १८३१ सालमा भयो ।

    पृथ्वीनारायणको दिव्योपदेश २५० वर्षपहिले आएको थियो । उनले जे भनेका थिए, उही भयो । ब्रिटिस साम्राज्यवादले १८७१–७२ मा नेपाल विरुद्ध युद्ध सुरु गर्‍यो । दुई वर्ष घमासान युद्ध भयो । अत्याधुनिक हतियारसहित आएका ब्रिटिस अङ्ग्रेज फौजसँग नेपालका वीर फौजको पराजय भयो । फलस्वरूप १८७२ साल (सन् १८१६) मा नौ सूत्रीय प्रावधान राखी सुगौली सन्धि गरियो । त्यो सन्धिअनुसार नेपालले धेरै भूभाग गुमाउनुपर्‍यो । नेपाल बिस्तारै पराधीन हुँदै गयो ।

    अहिलेको वर्तमान पृथ्वीनारायणले एकीकरण गरेको नेपालमा एमसिसी, सङ्घीयताजस्ता मेल नखाने सम्झौता र व्यवस्था लादिएको छ । साम्राज्यवादले यहाँका राजनीतिक दलका दलाललाई किनेर यी सन्धि र व्यवस्था लादेको छ । यसरी पुर्खाले लडेर बचाएको सानो भूभाग वा पुर्खाले एकीकरण गरेको नेपालमाथि साम्राज्यवादी शक्तिले गिद्धे नजर लगाएका छन् ।

    पहिले प्रत्यक्ष रूपमा जमिन कब्जा गर्न आएका थिए भने अहिले सहयोग, विकास, पैसाको लोभमा फसाएर तिनै साम्राज्यवादीहरू घुसेका छन् । एमसिसी यही बाटो बनाउने, बिजुली निकाल्ने भनेर आएको छ तर भित्री उद्देश्य चीनलाई घेर्ने हो । अमेरिकालाई नेपालमा मुकाम चाहिएको हो । पश्चिमा साम्राज्यवादले नेपालमा जातीय, धार्मिक लडाइँ गराउने, एनजिओ/आइएनजिओमार्फत जातीय कुरा उचाल्ने, पैसामा क्रिस्चियन धर्मावलम्बी बढाउने काम भित्रभित्रै गरिरहेका छन् ।

    पश्चिमा साम्राज्यवादले नेपालको बहुमूल्य युरेनियम, खनिज पदार्थमाथि पनि आँखा गाडेको छ भने उता, पृथ्वीनारायणले एकीकरण गरेको सुन्दर नेपाललाई सङ्घीयताको नाममा विभाजन गरेको छ । विशेष गरी भारतले तराई भूभागलाई अलग गर्न खोजेको छ । भारतले नेपालको सीमा अतिक्रमण गर्दै गएको छ । कालापानीबाट अझै सेना हटाएको छैन । भारत नेपालमा भारतीय नागरिकको जनसङ्ख्या बढाउन चाहन्छ ।

    यो विषम परिस्थितिमा पृथ्वीनारायणले एकीकरण गरेको सुन्दर नेपाललाई बचाउने केही उपाय यी हुन सक्छन्– एमसिसीको खारेजी, सङ्घीयताको खारेजी, भ्रष्टाचारीलाई जेलचलान । पृथ्वीनारायणले २५० वर्षपहिले नै भनेका थिए, घुस लिने र घुस दिने दुवै देशका शत्रु हुन् ।

    पृथ्वीनारायणको ३०३ औँ जन्मदिवसको अवसरमा राष्ट्र र राष्ट्रियताको संरक्षणप्रति सबैको ध्यान जाओस् । नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन ।

    शनिबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनाको सन्दर्भमा
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.