• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेपालमा दलाल पुँजीवाद र नवउदारवादी दुष्परिणाम


  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    राष्ट्रियता, जनतन्त्र र जनजीविकाप्रति उत्तरदायित्व बोकेको नीति जबसम्म बन्दैन, तबसम्म देशप्रति नागरिकको सद्भाव जगाउन सकिँदैन ।

    नवउदारवादी नीतिले थलिएको देशमा युवा पिँढी पलायन रोक्ने हो भने पहिले राष्ट्रिय उत्पादन नीति र राष्ट्रिय उत्पादनलाई प्रयोगमा ल्याउने नीति निर्माण गर्नु आजको आवश्यकता हो । पाँच लाख नागरिक भएका साना देशले पनि आफनो देश संसारमै विकसित र बलियो अर्थतन्क्रयुत्त बनाएका छन् भने हामीले किन नसक्ने ? पुँजीवादी व्यवस्थामै पनि राष्ट्रिय पुँजीपतिको सुरक्षा र राष्ट्रिय उत्पादनको नीति बनाएर विदेशी उत्पादन प्रयोग घटाउने नीति बनाएपछि पुँजी पलायन रोक्न सकियो भने राष्ट्रनिर्माणमा त्यति समय लाग्ने छैन । प्रचुर मात्रामा प्राकृतिक साधनस्रोत भएको हाम्रो देशलाई संसारमै उत्कृष्ट बनाउन रोक्ने भनेकै नवउदारवादी नीतिले हो ।

    नवउदारवादी नीतिले निजीकरणलाई प्रोत्साहन गर्छ, जो जनताको लागि उपयुक्त नीति होइन । काङ्ग्रेसले अँगालेको नीति अहिले एमाले, माओवादी केन्द्रदेखि राप्रपा, रास्वपा आदि पार्टीले अपनाएका छन् । यही कारण शिक्षा, स्वास्थ्य, रोजगारी, गास, बास, कपास जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय निजी क्षेत्रलाई जिम्मा लगाउने र त्यसरी व्यक्ति मोटाउँदा राष्ट्र कमजोर हुने स्थिति छ । यो सिलसिला जबसम्म रोकिँदैन, तबसम्म देशमा बस्नु नागरिकका लागि सहज हुने छैन ।

    सडक विभागको काम ठेकेदारलाई दिने अनि त्यस विभागका कर्मचारीदेखि नगरपालिकाको भौतिक पूर्वाधार निर्माणमा सम्म कमिसन खाने यो पद्धति हामीले रोक्नुपर्‍यो । यसका लागि जनताको साथसहयोग चाहियो । यसका लागि जनतालाई बुझाउन सक्नुपर्‍यो ।

    निरङ्कुश पञ्चायती व्यवस्थाको समयमा निर्माण गरिएका उद्योग भलै ती विदेशी सहयोगमा निर्माण गरिएको थियो तर त्यो देशभक्ति भावना राखेर बनाइएको थियो । त्यति बेला थोरै भए पनि देशको चौतर्फी विकासका लागि सडकदेखि आकाश मार्गसम्मको व्यवस्था थियो । फेरि पनि हाम्रो दक्षिण छिमेकी भारतको दादागिरीलाई सजिलै तोड्न सकिने अवस्था थिएन । भारतीय साम्राज्यवादको यतिसम्म हस्तक्षेप थियो, नेपाली बजारमा भारतीय पैसा चलाउनुपर्दथ्यो । भारतीय राष्ट्रियगान स्कुलमा गाउनुपर्दथ्यो । “हमारा प्रधानमन्त्री जवाहरलाल नेहरू” भन्नेसम्मको अवस्था थियो । सरकार, संसद्मा भारतीयको अनिवार्य उपस्थिति र नेपाल–चीन सिमानामा भारतीय सेनाका १८ चेकपोस्ट थियो । यस्तो अप्ठ्यारो परिस्थितिमा आफ्नो खुट्टामा उभिन अर्थात् आफनो स्वाभिमान बचाइराख्न तत्कालीन राजा महेन्द्रले जति काम अब्वल दर्जाका राष्ट्रवादी भनिने एमाले–माओवादी केन्द्रले गर्न सके कि सकेनन् ? प्रश्न उठ्न थालेको छ ।

    दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा कपासखेती, बुटवलमा धागो कारखाना, हेटौँडामा कपडा कारखाना र सम्पूर्ण सरकारी कर्मचारीले त्यही कपडाको ड्रेस लगाउनुपर्ने नीति थियो त्यति बेला । चुरेको बनकसाबाट कागज उत्पादन गरेर नेपालको ६५ प्रतिशत कागज त्यहीबाट आपूर्ति हुन्थ्यो । बङ्गलादेश र इन्डोनेसियाले आफ्नो नोट छाप्न नेपालको कागज प्रयोग गर्थ्यो । बासबारी छालाजुत्ता कारखानाले उत्पादन गरेको जुत्ता जर्मनीका सेनाप्रहरीले सम्म लगाउने गरेको इतिहास छ ।

    कृषिऔजार कारखाना, जुटमिल, नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेसनल ट्रेडिङ जस्ता राष्ट्रलाई आपतबिपत् पर्दा चाहिने संस्था आज कता गए ? गोरखकाली रबर उद्योगबाट उत्पादित टायर २० हजार किलोमिटर ग्यारेन्टी दिने संसारमा कुन कम्पनी थियो ? उदयपुरको सिमेन्ट कारखाना, वीरगञ्ज चुरोट कारखाना, चिनी कारखाना के भए ? कति नेपालीको रोजीरोटी गुम्यो ? हामीले कहिल्यै सोचेका छौँ ?

    ती उद्योग गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीमा राज्यले छोटो समयमा गरेका धेरै राम्रा काम थिए । अहिले विदेशीका दलालले बेचेर दलाली खाए । दलाली गरिखानेमा काङ्ग्रेस, एमालेका नेता, नेतृत्व र यो देशका शीर्ष कर्मचारी नै हुन् । खासमा राष्ट्रिय भावना नै छैन यहाँका सत्ताइतर राजनीतिक दलका नेताकार्यकर्तामा । कार्पेट उद्योगबाट कति नागरिक लाभान्वित थिए ? आज के गर्दै छन् ? जग्गा बेचेर जीवन चलाएका नागरिकले भोलिका सन्तानका लागि घरजग्गाविहीन बनाउँदै छौँ भन्नेसम्मको हेक्का किन छैन नागरिकमा ?

    आज नागरिकले विदेशमा श्रम बेचेर परिवार पालेका छन् । कति नेपाली विदेशमा दैनिक रूपमा मृत्युवरण गर्न बाध्य छन् । यसको कारण यही नवउदारवाद हो । जवानी विदेशमा सकियो । वृद्ध शरीर लिएर स्वदेश फर्किदा कतिको घर बिग्रिएको हुन्छ । छोराछोरीले अपमान गर्छन् । श्रीमतीको वचन राम्रो हुँदैन अनि घर छोडेर हिँड्छ, आत्महत्या गर्छ । छोराछोरी लागुऔषधको आदि बनेको हुन्छ । श्रीमती अरूसँग लागेको हुन्छ । रगतसँग साटेर कमाएको पैसा कतै उडेको छ । आजको सामाजिक वास्तविकता यही होइन र ? जसले सुखी जीवनको परिकल्पना गरेको हुन्छ, उही दुखी जीवन बाचेको यथार्थ होइन र आजको ? यस्तो परिबन्दमा महिलापुरुष दुबै परेका छैनन् र ? यसको पछाडिको कारण पनि उही दलाल पुँजीवाद र नवउदारवाद नै हो ।

    तराईका खेतबारी, घरघडेरीमा सकिए । पहाड खाली भयो । हिजोको रमाइला चाडपर्व, गीतसङ्गीत लोपोन्मुख भए । देशका नागरिक पलायन भए । यो पलायन विदेशी दलालले लागु गरेको नवउदारवादी नीतिले गर्दा भएको हो ।

    देशभक्त राष्ट्रवादी प्रगतिशील नेपालीपनको अभाव देखियो नेपालमा । अब हामीले यो दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पुँजीवाद (नयाँ जनवादी व्यवस्था) को विकास आजको पहिलो काम बनाउनुपर्छ र नवउदारवादको अन्त्य गर्नुपर्छ अनि बल्ल देशको विकास हुन्छ । नागरिकले आफ्नै देशमा बसेर उत्पादन गर्छ । जनताको प्रगति यही बाटोबाट मात्र सम्भव छ ।

    आज नागरिकले गणतन्त्रलाई धिक्कारिरहेको छ, किन ? के पुराना दिन सम्झेर कुनै अमुक व्यक्तिलाई सत्ता सुम्पिएर देशको भविष्य राम्रो होला त ? के गणतन्त्र, धर्मनिरपेक्षताभन्दा राम्रो प्रगतिशील व्यवस्था एकतन्त्रीय पारिवारिक व्यवस्था हो त ? अवश्य होइन किनकि २०१७ साल अब फर्किने होइन । यो प्रकृतिको नियम विपरीत कुरा हो । अब नयाँ सोच, नयाँ व्यवस्था आउने हो । म बुढो हुने हो, बालक हुने कुरा प्रकृतिले दिँदैन । त्यस्तै, राजतन्त्र पनि अब आउने होइन बरु जनगणतन्त्रतिर जान आमूल परिवर्तनतर्फ नै जाने हो । एक जना राजा राम्रो होला, उसले राष्ट्रको लागि राम्रो काम गर्ला तर उसको छोरो गजेडी, चरसी, जुवाडे, गुन्डा, अपराधी हुँदैन भन्ने के आधार ? त्यसैले राजतन्त्रको भूत दिमागबाट निकाल्नु हरेक नेपालीलाई आवश्यक छ ।

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.