• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

आशीर्वाद थाप्न लाइन लाग्नेहरू क्षमतावृद्धितर्फ लागौँ


  •   आइतबार, पुष १४, २०८१ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##

    Advertisement

    चाणक्य भन्छन्– कुनै पनि देश हाम्रो शरीर जस्तै हो । दुई आँखा, दुई कान, नाकमुक, हातखुट्टा, दाँत सबै चलायमान हुन्छन् । सबैले आआफ्नो तत् तत् कार्य राम्रोसँग गर्दछन् । एउटा समग्र शरीर गतिमान हुन्छ तर यी सबैको केन्द्रमा हुन्छ, आकारमा एउटा सानो मस्तिष्क । यसैको निर्देशन र नियन्त्रणमा थाहै नपाई सम्पूर्ण कार्य भइरहन्छ । एउटा स्वास्थ्य शरीर अस्तित्वमा हुन्छ । के खाने ? के नखाने ? के गर्ने ? के नगर्ने ? सम्पूर्ण निर्णय मस्तिष्कले लिने गर्दछ अरू अङ्गले निर्देशनअनुसारका तत् तत् कार्य राम्रोसँग पूरा गर्दछन् । मस्तिष्कले निर्णय, निर्देशन र नियन्त्रण तत् समयमा गर्न नसके सम्पूर्ण शरीर नै जोखिममा पर्ने गर्दछ ।

    त्यसैगरी कुनै पनि देशको संविधान मार्गनिर्देशक हो । यही निर्देशिकाले सम्पूर्ण जनतालाई एउटै धागोमा उनेर राख्ने पनि गर्दछ । संविधान मस्तिष्क हो भने समग्र राज्य एउटा जीवन्त शरीर हो । मस्तिष्कले निर्धारण गरेको गन्तव्यको प्राप्ति नै सफल राज्यको उपलब्धि हो ।
    गणतन्त्रसँगै हामीले नयाँ भनेर एउटा संविधान प्राप्त गरेका छौँ । त्यो दिन २०७२ असोज ३ गते थियो । यही दिनलाई सबैले सबै तरिकाबाट बुझेको देखियो । यही दिन कसैले द्वीप प्रज्ज्वलन गरे त कसैले बत्ती निभाए । धेरैका घरमा न द्वीप प्रज्ज्वलित भए, न बत्ति नै निभे : सदा जस्तै साँझ ढल्यो, रात पर्‍यो ।

    यही दिन यो संविधान के हो, हामीले बुझेका छौँ भन्ने एकथरी र यो विश्वकै उत्कृष्ट संविधान भनेर बखान गर्ने अर्कोथरी पाइयो । बुझेका अर्काथरी यही संविधानलाई निकृष्ट विभेदकारी भनेर बखान गरे । अन्योलमा परेका छन् त आधारभूत मान्छे । उनीहरूलाई यो के मानेमा उत्कृष्ट छ र के मनेमा निकृष्ट थाहा पाउनै गाह्रो परेको छ ।

    मूल कुरा जसले पञ्चायत, प्रजातन्त्र र गणतन्त्रले ल्याएका संविधानको बारेमा सुने मात्र, यी फरक फरक संविधानबाट कुनै पनि फरक अनुभूति गर्न सकेका छैनन् : न त उनीहरूको जीवनस्तरमा यसले केही फरक महसुस गराएको छ, न त जिउने तरिकामा । यसले के देखाउँछ भने फरक संविधानमा फरक कुरा के लेखियो, न त आधारभूत मान्छेले थाहा पाउन सके, न त यसको प्रयोग कतै भएको अनुभूति भयो । फगत एउटा कागज र मसीको जमघट जस्तो मात्र भयो । जनताका हिजोका समस्या आज झन् जटिल बन्दै गएका छन् ।

    नयाँ संविधान घोषणा र प्रयोग हुन थालेको पनि आज दशकौँ भइसक्यो । बेला बेला कुरा हुने गर्दछ, त्यहाँ मौलिक हकका कुरा छन् । समानताका कुरा छन् । समावेशिताका कुरा छन् । सामाजिक न्याय र मानवअधिकारका कुरा छन् । निःशुल्क स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्ने कुरा लेखिएको छ । समाजवादका कुरा गरिएको छ ।
    संविधानलाई जसरी सुन्दर बनाउने कोसिस गरिएको छ, त्यसैगरी व्यावहारिक रूपमा थोरै अंश मात्रै पनि कार्यान्वयन गर्न सकिएको भए

    सायद आधारभूत जनताले पनि पञ्चायत र गणतन्त्रबिचको थोरै फरक अनुभूति गर्थे होला र बदलामा यो संविधानको थोरै भए पनि अपनत्व लिन्थे होला । विडम्बना नै भन्नुपर्छ, अवस्था उल्टो हुँदै गएको छ ।

    शिक्षा र स्वास्थ्य निःशुल्क पाउने आम मान्छेको संवैधानिक अधिकार हो । गास, बास, कपासको सुनिश्चितता राज्यले गर्ने संवैधानिक कार्यभार हो तर जनताका यी अधिकार सुनिश्चित गर्नु त परको कुरा, यी सबै तिम्रा संवैधानिक अधिकार हुन् भनेर सुसूचित गर्नसमेत सकिएको छैन । अधिकार प्राप्त गर्नु त परको कुरा, अधिकारको बारेमा समेत जनता अनभिज्ञ हुनु कस्तो बिडम्बना हो ? हाम्रो नेतृत्वले कसरी यो संविधानलाई जनतासम्म पुर्‍यायो र यो संविधानलाई कसरी जनताले अनुमोदन गरेको भनेर बुझ्ने ? यहाँ जटिल समस्या छ । जनताले चुनावमा भोट हाल्ने अधिकार प्रयोग गरेका छन् तर कत्तिको विवेकसम्मत भोटिङ हुन्छ ? यो छुट्टै बहसको विषय हुन सक्छ ।

    अभिव्यक्ति स्वतन्त्रको नाममा सामाजिक सञ्जालमा के लेख्ने/के नलेख्नेसम्मका कुरा थाहा पाईनपाई अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेका छन् । परिणाम कहिलेकाहीँ आफूले गल्ती गरेको थाहा नपाई कुनै सजायको भागिदार भएका छन् । अब अझै धेरै हुने सम्भावना छ ।
    यो संविधानको सही कार्यान्वयनको बाटोमा नजाँदा मस्तिष्कको निर्देशन शरीरका अङ्गले नमाने जस्तै भएको छ । राज्य गन्तव्यविहीन जस्तै देखिएको छ । त्यसैले संविधानको मर्मअनुकूल यसको व्याख्या गरिनुपर्दछ । समाजवादउन्मुख हाम्रो संविधानमा उल्लेखित विषय हो । हाम्रो समाजवाद कस्तो हुने ? अब पनि व्याख्या र बहस गर्न ढिलो गरिनु हुँदैन । जनताका संवैधानिक अधिकारको सुनिश्चितताको काम आजैदेखि गरिनुपर्दछ ।

    कुनै पनि घटना आकस्मिक रूपमा घट्दैन । त्यो घटित हुन लामो समय लिएको हुन्छ । जब घटित हुन परिपक्व हुन्छ, अनि घटना घटित हुन्छ । हामीलाई लाग्छ, यो सबै एक्कासि भयो । भुँइचालो आउन पनि आन्तरिक ताप, दबाब पर्याप्त सञ्चित हुनुपर्छ । एक्कासि भए जस्तो लाग्ने वर्षात्को लागि बादलमा प्रशस्त पानीका कण जम्मा भएका हुन्छन् । अनिष्ट सञ्चित हुनुभन्दा पहिले नै सचेत हुनु आजको आवश्यकता हो ।
    वर्तमान हाम्रो अवस्था पनि त्यस्तै देखिँदै गएको छ, जन्मिनुपूर्वको प्रसव पीडा जस्तो, सर्वत्र पीडाको छटपटी । राजनीतिको आडमा गलत काम गर्नेहरू सुरक्षित भइरहँदा यो रोग सबैतिर फैलिँदै महामारीको रूप लिन थालेको छ । यसैको कारण श्रम गर्नेहरूमा निराशा छाएको छ । सबैलाई श्रम नै नगरी सत्ता, शक्ति र धनप्राप्तिको लालसाले भ्रमित बनाएको छ । जस्तोसुकै बाटोबाट भए पनि यी चिजप्राप्तिका लागि हरेक मानिस तयारी अवस्थामा पुगेको छ । धैर्य भएर इमानदारीपूर्वक लामो यात्रा तय गर्ने श्रमिक धेरै पछाडि छुटेको महसुस गरेका छन् ।

    कोही जात बोकेर हिँडेको छ, कोही लिङ्ग, कोही धर्म त कोही भाषा । सबैलाई एकै ठाउँमा गिजोलेर आफ्नो अभीष्ट पूरा गर्न लागेका छन् । यो एउटा अनिष्टको पूर्व तयारी जस्तै भएको छ । यहाँ कसैले कसैको अस्तित्व स्वीकार्न सबै असक्षम भइसकेका छन् । त्यो चाहे घरमा होस्, समाजमा होस्, पार्टीसङ्गठनमा होस्, सबैले सबैलाई धोका दिएर, फसाएर गन्तव्य भेट्ने दौडमा लागेका छन् । आफू खराब हुँदा हेर्ने नजरिया बदलिएको छ । सबैले सबैलाई खराब देख्छन् । साँच्चै यो देशमा इमानदार मान्छे नभएकै हो त ।

    हिँजो जेलनेल, त्यो बलिदानबाट खारिएर आएका नेता साँच्चै भ्रष्ट मात्रै हुन् त ? के यी लामो लामो इतिहास बोकेका पार्टी असक्षम र भ्रष्टको जमात मात्रै हो त ? कसरी बुझ्ने नेपाली जनताले ? होइन भने कुनै अदृश्य शक्तिले केही गर्ने छ भनेर भगवान् भरोसा छोडिदिने ।

    प्रजातन्त्र बामे सर्दै गर्दा पुरानो स्थायी सत्ताको शिरमा नयाँ राजा बस्दा विभिन्न शक्तिसङ्घर्ष पक्कै भए । अनुभवहीन नयाँ नेतृत्वलाई पुरानो स्थायी सत्ताले पक्कै असहज बनायो नै । नेताकार्यकर्ता र जनताका थुप्रै व्यक्तिगत आकाङ्क्षा पूरा गर्ने सुरमा नेतृत्व पनि भ्रष्ट हुँदै गयो । हिजो प्रजातन्त्र र गणतन्त्रको नाममा यिनै दल तथा नेताले देशीविदेशी शक्तिसँग अनेक राष्ट्रघाती सम्झौता गर्दै हिँडे र बदलामा प्रजातन्त्र र गणतन्त्र मागे, पाए पनि । जनताको सङ्घर्ष र बलिदानलाई गौण मानियो । विदेशी आशीर्वादबिना प्रजातन्त्र या गणतन्त्र असम्भव लाग्यो । यिनीहरूलाई देशका जनतामा भन्दा विदेशी शक्तिको भरोसा लाग्यो । यसैको परिणाम अब विदेशी शक्तिको चङ्गुलबाट बाहिर निस्कनु असम्भव प्रायः भयो । यसले गर्दा हाम्रा नेता तथा दल कठपुतली मात्रै बन्दै गए । कार्यसम्पादन कमजोर भयो । विभिन्न शक्तिकेन्द्रको शक्तिसङ्घर्षमा नेता तथा दल उनीहरूका कारिन्दा मात्रै भए । दलका घोषणापत्र हात्तीका दाँत मात्र भए । देश झनै कमजोर हुँदै गयो । आन्तरिक कलह बढ्दै गयो ।

    यही कालमा देशभित्रै एउटा यस्तो जमातको विकास भयो, जो आफैमा कहिले सङ्गठित पनि भएन । सधैँ तासको जोकर जस्तो बन्यो । जुन पार्टी शक्तिशाली हुने सम्भावना देखियो, त्यतै यो जमात जोडियो । यो जमातले कहिले कुन पार्टीलाई उपयोग गर्‍यो, कहिले अर्को पार्टीलाई उपयोग गर्‍यो र प्रशस्त लाभ पनि लियो । यही पङ्क्तिले कित्ता बदल्दै नेतृत्वलाई भ्रष्ट बनाउँदै पार्टीसङ्गठनलाई कमजोर बनायो, जसले बढी यो राज्यसत्ताको दुरूपयोग गर्‍यो । उसैले कित्ता बदल्दै एउटालाई सराप्दै अर्कोबाट फाइदा लिइरह्यो र आफूलाई चोखो पनि देखाइरह्यो ।

    रविमाथि लागेका अभियोगसँगै । यो जमात फेरि अर्को भाष्य निर्माण गर्न उद्यत भएको छ । यिनीहरूको प्रयासले अब नेपालको बहुदलीय व्यवस्थामाथि नै धावा बोल्दै छ । अब भाष्य तयार भइसकेको छ । नेपालका कुनै पनि पार्टी काम लाग्ने छैनन् र यो व्यवस्था नै बदल्नु पर्दछ । नेपालमा बहुदल फाप्दैन ।

    चलिआएका दलहरू यसरी प्रयोग भइरहँदा इमानदार पार्टी र नेता पनि बद्नामको शिकार भएका छन् । राजनीतिक दलप्रतिको विश्वास घृणामा बदली रहेको छ । यसको ग्राफ बढ्दो छ । अराजकता बढिरहेको छ । जिम्मेवार हुनुपर्ने मान्छे यस्तै बहाकावको शिकार हुन थालेको पाइन्छ, जुन कुरा झनै घातक छ ।

    युवामा बुढाले भकारो खाली गरिदिनुपर्छ भन्ने मानसिकताको व्यापक वृद्धि भएको छ । कार्यसम्पादनमा बुढाभन्दा पछि रहेका युवाले सम्पूर्ण बेथितिको जिम्मा बुढाहरूको पोल्टामा हालिदिएर आफ्नो जिम्मेवारी बिर्सिएको पाइन्छ । राजनीतिमा बुढो गोरु हटाएर भकारो खाली गरेको जस्तो इतिहास कहीँ पाइँदैन । बुढाहरूसँगै प्रतिस्पर्धामा खरो उत्रन नसक्ने युवाले यो भन्न पनि सुहाउँदैन । जनमत आफ्नो पक्षमा बढाउँदै प्रतिस्पर्धाबाटै नेतृत्व हस्तान्तरणमा विश्वास गर्नु नै प्रजातान्त्रिक पद्धति हो । प्रतिस्पर्धामा पराजित हुनेले हार स्वीकारेर अगाडि बढ्नु नै श्रेयस्कर हुने छ । धारे हात लगाउँदैमा नेतृत्व हातमा आउँदैन ।

    आन्दोलन र सङ्घर्षमा अपराजित बुढाहरू विकास र निर्माणमा पनि अब्वल हुनैपर्छ भन्ने छैन । एउटा जिम्मेवारी राम्रोसँग पूरा गरेको व्यक्ति पनि फरक जिम्मेवारी बहन गर्न असक्षम पनि हुन सक्दछ । इतिहासको कुनै कालखण्डको लगानीको ब्याज मृत्युपर्यन्त खाइरहने बुढो नेतृत्वको सोच पनि विकासको बाधक नबनेको होइन । अहिलेको नेतृत्वले नै नयाँ नेतृत्वको विकास गर्दै निश्चित समयावधिपश्चात नेतृत्व हस्तान्तरणको संस्कारको विकास गर्नु आजको आवश्यकता हो । युवाहरूले कुशल नेतृत्व क्षमताको विकास गर्दै अग्रज नेतृत्वलाई उच्च सम्मानका साथ बिदा गर्ने तरिका नै सुसभ्य संस्कार हुने छ । संविधानको अक्षरशः कार्यान्वयन र पालन गर्दै आवश्यकताअनुसार परिमार्जन गर्दै जानु आजको आवश्यकता हो ।

    पार्टीसङ्गठनलाई बिचौलियाको हातबाट खोसेर इमानदार नेतृत्वको जिम्मा लगाउँदै निश्चित कार्यकालपश्चात नेतृत्व हस्तान्तरणको परम्पराको विकास यही वृद्ध नेतृत्वले गर्नुपर्दछ, जसले गर्दा स्वस्थ प्रतिस्पर्धामा नेतृत्व चयन प्रक्रियाको विकास हुने छ, जसले गर्दा आशीर्वाद थाप्न लाइन लाग्नेहरू क्षमतावृद्धितर्फ लाग्ने छन् । एउटा समावेशी प्रतिस्पर्धी नेतृत्वको विकास हुने छ र श्रम गर्नेहरू अग्रभागमा हुने छन् । श्रमले गर्ने राम्रा राम्रा सिर्जनाले निराशालाई आशालाई बदल्ने छ अनि मात्रै मस्तिष्क पनि हाम्रै शरीर पनि हाम्रै । मस्तिष्क र शरीरको तादत्म्य पनि राम्रै हुने छ ।

    आइतबार, पुष १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.