• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

इजरायली नरसंहार विरुद्ध प्रगतिशील रूपान्तरण आन्दोलन गठन


  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । इजरायलले प्यालेस्टाइनमा मच्चाइरहेको नृशंस जनसंहारका विरुद्ध एकताबद्ध पहलको रूपमा प्रगतिशील रूपान्तरण आन्दोलन गठन भएको छ ।

    Advertisement

    राजधानीको अनामनगरमा २०८१ कात्तिक ७ गते बुधबार सम्पन्न सर्वपक्षीय बैठकले नागरिक समाजका श्याम श्रेष्ठलाई संयोजक तोक्दै सो समिति गठन गरेको हो ।

    संयोजक श्रेष्ठले प्रेसविज्ञप्तिमार्फत उक्त बैठकको छ बुँदे निर्णय सार्वजनिक गर्नुभएको छ ।

    निर्णयअनुसार कात्तिक २५ गतेपछि विरोध प्रदर्शन कार्यक्रम गर्ने, कात्तिक १३ गते १ बजे काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने, विरोध कार्यक्रम सञ्चालन गर्न सर्वपक्षीय संयन्त्र बनाउने, विप्लव पक्ष, अशोक राई, उपेन्द्र यादव पक्षलाई पनि संयन्त्रमा ल्याउन पहल गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने र विरोध प्रदर्शनलाई देशव्यापी बनाउने बताइएको छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “प्रगतिशील रूपान्तरण आन्दोलनको संयोजन तथा आयोजनामा २०८१ कात्तिक ७ गते अनामनगर काठमाडौँमा भएको विभिन्न राजनीतिक दल, बृहत् नागरिक आन्दोलन र नागरिक व्यक्तित्वको संयुक्त बैठकका निर्णय यसअनुसार रहेका छन् :

    १. इजरायलले गरिरहेको नृशंस जनसंहारका विरुद्ध एकताबद्ध विरोध प्रदर्शन कार्यक्रम तिहार र छठ सकिनासाथ गर्ने । यसका लागि लक्षित मिति कात्तिक २५ गते तय गरिएको छ ।

    २. विरोध प्रदर्शनको कार्यक्रमअघि उपर्युक्त विषयमा राष्ट्रिय जनमत सिर्जना गर्न आउँदो कात्तिक १३ गते अपराह्न १ बजे मिडियाको सघन उपस्थितिसहितको अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने । कार्यक्रम स्थल प्रगतिशील रूपान्तरणले खोज्ने छ ।

    ३. विरोध कार्यक्रम जारी रहुञ्जेल सबै कार्यक्रमलाई सरसल्लाहका साथ अघि बढाउन बैठकमा उपस्थित सबै दल र पक्ष सम्मिलित एउटा सर्वपक्षीय संयन्त्र निर्माण गर्ने । त्यसको नामकरणसमेत गर्ने । त्यसमा सरिक हुने आधिकारिक प्रतिनिधिको नाम सम्बन्धित दल र पक्षले अविलम्ब दिने छन् ।

    ४. आजको कार्यक्रममा छुटेका तर विरोध कार्यक्रमको मूल एजेन्डामा सहमत दल, नागरिक संस्था, मानवअधिकारवादी सङ्गठन र महत्त्वपूर्ण व्यक्तित्वलाई आगामी कार्यक्रम र संयन्त्रमा सहभागी बनाउन पहल गर्ने । नेक्रवित्रम चन्द, अशोक राई र उपेन्द्र यादवले अगुवाइ गरेको दललाई संयन्त्रमा ल्याउन तत्काल कोसिस गर्ने ।

    ५. यससम्बन्धी अन्तर्राष्ट्रिय नेटवर्कसित समेत जोडिन पहल गर्ने ।

    ६. विरोध कार्यक्रमलाई राजधानीमा मात्र सीमित नगरी प्रदेशमा समेत विस्तार गर्न प्रयास गर्ने ।”

    शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.