• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मेक्सिको घटना : त्यसको मूल कारण के हो ?


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    मेक्सिकोमा आप्रवासीको एउटा ट्रकमा त्यहाँको सेनाले गोली प्रहार गर्दा केही आप्रवासीको मृत्यु भएको र तिनीहरूमध्ये केही नेपाली पनि भएको समाचार सार्वजनिक भएको छ । त्यो अत्यन्त दुखद समाचार हो तर त्यो भन्दा बढी त्यो समाचारको गम्भीरता यो कुरामा अन्तरनिहित छ कि त्यसले नेपालको अनिश्चित र दुखद भविष्यतिर सङ्केत गर्दछ ।

    अहिले रोजगारीको खोजीमा नेपालीहरू संसारका विभिन्न देशमा जाने गरेका छन् । वास्तवमा भन्ने हो भने नेपालीहरू संसारभरि नै छरिएका छन् । त्यसरी अहिले देशभित्रको जुन दूरावस्था छ, त्यसबाट बच्नका लागि नेपालीहरूले सारा संसारको चक्कर लगाउने गरेका छन् । त्यही सिलसिलामा संसारका कैयौँ देशको चक्कर लगाउँदै वा कैयौँ प्रकारका हन्डर खाँदै उनीहरू मेक्सिको पुग्दछन् र त्यहाँबाट अवैध रूपले अमेरिकामा पस्ने प्रयत्न गर्दछन् ।

    त्यो नेपालको मात्र समस्या होइन, संसारका अन्य कैयौँ पिछडिएका देशका मानिसले पनि अवैध रूपले युरोपका विकसित देशमा पुग्ने प्रयत्न गर्दछन् । त्यस सिलसिलामा समुद्रमा डुङ्गा पल्टेर ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु हुने गरेका समाचार पनि सञ्चारमाध्यमका आइरहन्छन् । नेपाली महिलालाई तस्करहरूले कैयौँ देशमा घुमाउँदै लैजान्छन् । त्यो क्रममा ठाउँठाउँमा कैयौँ महिला गिरफ्तार भएका समाचार पनि आइरहन्छन् ।

    अहिले कैयौँ नेपालीले विदेशमा गएर कुनै पेसा खोज्ने र त्यसरी आफ्नो भविष्यलाई सुरक्षित गर्न सफल भएको पनि पाइन्छ । व्यक्तिगत रूपमा कसैले त्यस प्रकारको सफलता प्राप्त गरे पनि समग्र रूपमा त्यो अस्थायी कुरा हो । अहिले संसारभरि नै आर्थिक मन्दी वा आर्थिक सङ्कटको स्थिति उत्पन्न हुँदै गइरहेको छ । प्रत्येक विकसित पुँजीवादी देशमा पनि बेरोजगारी बढ्दै गइरहेको छ । त्यसको स्वाभाविक परिणाम यो भइरहेको छ कि सबै देशमा विदेशबाट आउने आप्रवासीप्रति विरोधको भावना बढ्दै गइरहेको छ । विदेशबाट आउने आप्रवासीका कारणले उनीहरूको रोजगारी खोसिँदै छ भन्ने धारणा प्रत्येक देशका मानिसमा बढ्दै गइरहेको छ । कैयौँ देशका सरकारले पनि आफ्ना देशमा बढिरहेको बेरोजगारीको समस्यामाथि ध्यान दिँदै आप्रवासीको आगमनलाई कम गर्न कडा कानुन बनाउँदै लगिरहेका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसको असर नेपालीमाथि पनि पर्ने कुरा निश्चित छ ।

    भारतमा पहिले नेपाल धेरै नेपालीले राम्रो नोकरी पाउँथे तर अब नयाँ जाने नेपालीले त्यस प्रकारका राम्रा नोकरी कम पाउन थालेका छन् । त्यसैले अब नेपालीले भारतको ठाउँका अन्य देशतर्फ जाने नै बढी प्रयत्न गर्न थालेका छन् ।

    द्वितीय विश्वयुद्धपछि युरोपमा त्यहाँका संरचना धेरै ध्वस्त भएका थिए । त्यहाँका निर्माण कार्यका लागि धेरै मजदुरको आवश्यकता थियो । त्यसैले विदेशीलाई त्यहाँ जानका लागि धेरै सजिलो थियो । युरोपका विभिन्न देशमा जानका लागि उनीहरूले भिसा पनि लिनु पर्दैनथ्यो र एयरपोर्टमा पुगेपछि उनीहरूलाई सजिलैसित एराइभल भिसा दिने गरिन्थ्यो तर अब त्यहाँ जान त्यति सजिलो छैन । त्यहाँ विदेशीको आगमनप्रति कडा कानुन बनाउन थालिएको छ ।

    अमेरिकामा पनि बेरोजगारी धेरै बढेर गएको छ । त्यसैले त्यहाँ पनि विदेशीको आगमनप्रति कडाइ गर्न थालिएको छ । ट्रम्पले त राष्ट्रपतिको चुनावमा विदेशीको आगमनमा कडा रोक लगाउने र मेक्सिकोमा ठुलो पर्खाल लगाउने कुरालाई आफ्नो एउटा मुख्य चुनावी मुद्दा नै बनाएका छन् । जापानमा पहिले जस्तै सजिलैसित नोकरी कम प्राप्त हुने गरेको छ । अस्ट्रेलियामा पहिलेको तुलनामा आप्रवासीको आगमनमा पहिलेको तुलनामा बढी नियन्त्रण लगाउन थालिएको छ । यो स्पष्ट छ, ट्रम्प राष्ट्रपति चुनिएमा त्यहाँ आप्रवासीको आगमनप्रति कडा कानुन बनाइने छ ।
    वर्मा (अहिलेको म्यानमार) बाट नेपालीहरू धपाइएको उदाहरण हाम्राअगाडि छ । भारतको आसामबाट पनि नेपालीलाई धपाइएको थियो र अहिले पनि त्यहाँ नेपालीमाथि बारम्बार हमला भइरहन्छ । भविष्यमा संसारका अन्य देशबाट पनि नेपालीलाई त्यसरी धपाइयो भने त्यो आश्चर्य को कुरा हुने छैन ।

    अहिले नेपालीहरू जन देशमा छन्, त्यहाँ पनि जुन उनीहरूमाथि कैयौ प्रकारका दुर्व्यवहार हुने गरेका छन् । कैयौँ देशमा नेपालीलाई नागरिकता प्राप्त भएको भए पनि उनीहरूलाई द्वितीय श्रेणीको नागरिक मानिन्छ । उनीहरूप्रति अपमान वा अवहेलनाको व्यवहार गरिन्छ । खाडीका देशमा त नेपालीको अवस्था धेरै नै खराब छ । त्यहाँ उनीहरूका सामान्य कानुनी र मानवीय अधिकारमाथि पनि धेरै आघात पुर्‍याउने गरिन्छ । त्यसका विरुद्ध कानुनी उपचार पनि त्यहाँ कम उपलब्ध छन् ।

    माथिको सङ्क्षिप्त विवरणबाट यो कुरामा कुनै शङ्का रहन्न कि विदेशमुखी भएर हामी भविष्यमा धेरै समयसम्म रहन सक्ने छैनौँ । अन्तमा हामीलाई चाहिने र काम लाग्ने आफ्नै देश हो । त्यसकारण हामीले यही देशलाई नै बनाउने प्रयत्न गर्नुपर्छ । हाम्रो भविष्यको लागि हाम्राअगाडि त्योबाहेक अन्य कुनै विकल्प छैन तर देशलाई बनाउने काम पनि सजिलो छैन । अहिले देशमा जुन प्रकारको व्यवस्था वा शासन प्रणाली छ, त्यो कायम रहँदासम्म देश बन्न सक्दैन तर देश बनाउने भनेर भाग्ने पनि होइन । देशमा जुन प्रकारको गलत व्यवस्था वा शासन प्रणाली छ, त्यसलाई हटाउन या सुधार्न प्रयत्न गर्नुपर्दछ र त्यो कार्य बिनासङ्घर्ष सफल हुन सक्दैन ।

    मेक्सिकोमा जुन घटना घट्यो, त्यसका जरा नेपालमा छन् । नेपालको गलत प्रकारको व्यवस्था वा शासन प्रणालीका कारणले नै मेक्सिकोको जस्ता घटना घट्ने गर्दछन् ।

    नेपालीले खालि मेक्सिकोमा मात्र होइन, संसारभरि नै त्यस प्रकारका घटनाको सामना गर्दै आउनु परिरहेको छ । त्यसका रूप र प्रसङ्ग बेग्लाबेग्लै हुन्छन् तर मूल कारण एउटै हो र त्यसको मूल जरो नेपालमा नै छ । त्यो जरोलाई उखेलेर नफाल्दासम्म नेपालीले मेक्सिकोका जस्ता घटनाको सधैँ सामना गरिरहनुपर्ने छ ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.