रामप्रसाद पौडेल, हैदरावाद (भारत) ।
तनहुँको तनहुँसुर गाउँपालिका–६ घर भएका प्रेमबहादुर बढाइमगरको निधन भएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दाहसंस्कार गरेको छ ।
सेप्टेम्बर २२, २०२४ का निधन भएका प्रेमबहादुरको मूल प्रवाहले सेप्टेम्बर २३ का दिन दाहसंस्कार गरेको हो ।
मेरुदण्ड फ्याक्चर भई हैदरावादको गान्धी हस्पिटलमा करिब दुई महिनादेखि उपचाररत रहेका प्रेमबहादुरको आफन्त र परिवार अनि नजिकको मानिस कोही नभएको रिपोर्ट प्राप्त भएपछि मूल प्रवाहले सहयोग सङ्कलन गरी मदत गरेको थियो ।
मूल प्रवाहका क्षेत्रीय सचिवालय सदस्य वीरबहादुर विकले सुरुदेखि नै उहाँको उपचार चलिरहेको थियो । सर्जरी सफलतापूर्पक सम्पन्न भए पनि उच्च रक्तचाप र मधुमेहको कारण उनको निधन भएको अस्पतालले जनाएको छ । त्यसपछि कानुनी प्रक्रिया पूरा गर्न केन्द्रीय प्रतिनिधि के. रतन सिंह, क्षेत्रीय सदस्यहरू राजु दुलाल, मोहनलाल शर्मा, लालबहादुर थापा, माया थापा, मधु खड्कालगायतका साथी खट्नुभएको थियो । पोस्टमार्टमपछि भीमबहादुर भुलको सहजीकरण मृतकलाई दाहसंस्कारका लागि लोत्कुन्टा घाट पुर्याइएको थियो ।
दाहसंस्कारपूर्व मृतक प्रेमबहादुरप्रति श्रद्धाञ्जली प्रकट गरिएको थियो । शोकस्थलमा क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल तथा मूल प्रवाहका मोहनलाल शर्मा, धनबहादुर थापा, भूपाल ठाडा, कृष्णकुमारी विक, गुमा राना, गङ्गा कडायत, ईश्वरा पौडेललगायतका साथीहरूको उपस्थिति रहेको थियो ।
