बाँके । राष्ट्रिय जनमोर्चा बाँकेले जिल्ला प्रशासन कार्यालयमा १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
Advertisement
राजमो बाँकेका प्रतिनिधि कृष्णराज पाण्डेको नेतृत्वमा आठ सदस्यीय प्रतिनिधिमण्डलले २०८१ भदौ १४ गते शुक्रबारका दिन सो ज्ञापन बुझाएको हो ।
प्रतिनिधिमण्डलमा राजमो नेताहरू जगदीश ढकाल, मनबाहादुर सुनार, तिलकराज पौडेल, पूर्णकला भण्डारी, नभराज चन्द, बालाराम न्यौपाने र श्यामबहादुर केसी पनि सहभागी हुनुहुन्थ्यो ।
ज्ञापनमा राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, जनजीविका, सुशासन, यातायात, कृषि, सहकारीलगायतका विषयमा राष्ट्रिय तथा स्थानीय विषय समावेश रहेका छन् ।
