अशोक खनाल, भालुवाङ (दाङ) ।
Advertisement
जिल्ला प्रशासन कार्यलय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सरिता पुनको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले राप्ती गाउँपालिका–१ भालुवाङमा बजार अनुगमन गरेको छ ।
२०८१ भदौ १२ गते बुधबार माउन्टेन मिनिरल वाटर एन्ड वेभरेज उद्योगको स्थलगत अनुगमन गरेको हो ।
टोलीमा स्वास्थ्य प्रमुख तथा गुणस्तर नियन्त्रण विभागका सुदर्शन गोसाई, स्वास्थ्य निरीक्षक राजेशकुमार चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक अमरबहादुर माझी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
अनुगमन टोली उद्योगमा पुग्दा उद्योगका सञ्चालक मानसिंह पुन र उहाँकी श्रीमती सरू पुनले आवश्यक जानकारी गराउनु भएको थियो ।