• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

असल कामरेड वा कार्यकर्ताको बारेमा


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • रामकुमार क्षेत्री ##

    Advertisement

    कम्युनिस्ट पार्टीको कार्यकर्ताले जनताका बिचमा काम गर्दा सर्वप्रथम आफू सही र सक्षम कार्यकर्ता भएको पुष्टि गर्नुपर्छ । यसरी मात्र ऊ जनताको बिचमा जानुपर्छ किनकि आफूलाई कम्युनिस्ट पार्टीको कार्यकर्ता हुँ भन्न रुचाउने तर व्यवहारमा बुर्जुर्वाको जस्तो प्रस्तुति भयो भने जनताले सही र गलतमाझको फरक छुट्टयाउन सक्दैनन् । त्यो मात्र हैन, कार्यकर्ताले प्रस्तुत गर्ने कार्यशैलीले कम्युनिस्ट पार्टीप्रति जनतालाई कति आशा र भरोसा छ र जनताले कति रुचाउने भन्ने विषयको पनि त्यही मूल्याङ्न हुन्छ । त्यसकारण कम्युनिस्ट कार्यशैली जनताको बिचमा प्रस्तुत गर्दा स्वयम् कार्यकर्ता धेरै कुरामा पाको भएर समाजमा प्रस्तुत हुनुपर्छ ।

    कार्यकर्ताले जनतालाई आफ्नो पार्टीको नीतिसिद्धान्तको विषयमा कुरा गर्ने बुझाउने काम गर्नुपर्छ । पार्टीको कार्यक्रमबारे जानकारी दिने गर्नुपर्छ । गाउँसमाजमा हुने वा गरिने बाहिरी कार्यक्रम; जस्तै : भेला, सम्मेलन, प्रशिक्षण, जुलुस, अन्तर्क्रिया आदि कार्यक्रममा जनताको घरदैलोमा पुगी प्रचार प्रसार गर्नुपर्छ ।

    यस्तो कार्य गर्दा अर्को कुरामा पनि ध्यान पुर्‍याउनुपर्छ । त्यो के हो भने अरूको छोराछोरी, आमाबुबा, घरपरिवारलाई हाम्रो पार्टीको कार्यक्रम आउनुहोस् भन्नका लागि हामी कार्यकर्ताले पहिला आफ्नो घरपरिवारलाई सङ्गठनमा आबद्ध गरेको वा त्यस प्रकारको कार्यक्रममा समावेश गरेको हुनुपर्दछ । त्यसो भएन भने जनताले पताउँदैनन् । कार्यकर्ताले बोलेको कुरा जनताले निगरानी गरिरहेका हुन्छन् अर्थात् उनीहरूले कार्यकर्ता आफूले घरपरिवारमा भनाइअनुसारका व्यवहार लागु गरेको छ कि छैन भनेर निगरानी गर्छन् ।
    त्यो कुरा त जनताको भयो । कार्यकर्ताले जनताले भनुन् वा नभनुन्, आफ्नो परिवारलाई आफ्नो विचारमा ढाल्ने वा सङ्गठित गर्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ, नत्र पछि गएर समाजमा आफू नै एक्लिँदै जाने सम्भावना हुन्छ । परिवारलाई समान विचारमा हिँडाउन सकिएन भने कार्यकर्ताले पछि धेरै कष्टकर जीवन बिताउन बाध्य हुनुपर्छ ।

    अर्को कुरा कार्यकर्ताले पार्टीले तय गरेको नीति, कार्यक्रमलाई सही ढङ्गबाट कार्यान्वयन गर्नुपर्छ । पार्टीनीति सही छ, कार्यक्रम सही छ तर कार्यान्वयन गर्ने समय र परिस्थिति सही भएन भने त्यो कार्यक्रमबाट हामीले सोचे जस्तो परिणाम आउँदैन† जस्तै : खेतीपाती गर्दा असार–साउन महिनामा रोपेर हुने धान पुस–माघ महिनामा रोप्यो भने उत्पादन राम्रो हुँदैन । लेकमा हुने खेती तराईमा गर्‍यो भने पनि हुँदैन । वर्षामा हुने खेतीबाली हिँउदमा लगाउने हो भने पनि हुँदैन । त्यस्तै पार्टीसङ्गठनको काम गर्दा पनि त्यही प्रकारले ध्यान दिनुपर्छ ।
    कहिलेकाहीँ कस्तो पनि हुने गर्छ भने पार्टीमा काम गर्ने कार्यकर्ताको कार्यशैली ठिक भएन भने पनि जनताले रुचाउँदैनन् । कार्यकर्ता सही नभएको कारणले पार्टीको काममा ठुलो क्षति हुन्छ । पार्टीको नीति, कार्यक्रम ठिक छ तर त्यसलाई लागु गर्ने वा कार्यान्वयन गर्ने तौरतरिका ठिक नहुँदा कार्यक्रम विफल हुने गर्छ । त्यसकारण जनताका बिचमा आफ्नो कार्यक्रम लैजानुभन्दा पहिला कार्यकर्ताहरू धेरै परिपक्व जुन जरुरी हुन्छ किनकि कुनै पनि सही चिजलाई गलत समय वा वातावरण र गलत ठाउँमा प्रयोग गरियो भने प्रत्युत्पादक हुन्छ ।

    सबै जनता एकै प्रकारका हुँदैनन् । जनता नेताकार्यकर्ताभन्दा धेरै टाठाबाँठा पनि हुन्छन् । उनीहरू विभिन्न विषयमा विज्ञ पनि हुन्छन । जनताको कुरा धेरै सुन्ने बानी बसाल्नुपर्छ । सुनेपछि मात्र आफूले जवाफ दिनुपर्छ । कार्यकर्ताले हतारहतारमा बोल्ने र जवाफ दिने बानी गर्नुहुँदैन ।

    अर्को कुरा जनतालाई कार्यकर्ताले नीतिसिद्धान्तको बारेमा धेरै कुरा बुझाउनुपर्छ, सिकाउनुपर्छ तर जनताको कुरा सुन्ने र जनताबाट पनि सिक्ने बानी बसाल्नुपर्छ । त्यो फाइदाजनक हुन्छ । जनताले हाम्रो कुरा मात्र सुनेका, बुझेका हुँदैनन्, हाम्राबारेमा पनि मूल्याङ्कन गरेका पनि हुन्छन् । उनीहरूको नीतिसिद्धान्त के कस्तो छ भनेर कम सोच्ने गर्छन तर व्यवहार के कस्तो छ भनेर हेरिरहेका हुन्छन । त्यसैले जनताको बिचमा जाँदा व्यवहारलाई बढी ख्याल गर्नुपर्छ ।

    आफ्नो पार्टीको कार्यकर्ता बनेर जनताका बिचमा जाँदा आफ्नो कार्यक्रम मात्र लिएर जानुहुँदैन, कहिलेकाहीँ जनताका घरदैलोमा उनीहरूको स्थिति, समस्याबारे सोधपुछ पनि गर्न जानुपर्दछ । त्यो मात्र हैन, जनताका बिचमा एउटा कार्यकर्ता रोपिनुपर्दछ† जनताका बिचमा उभिनुपर्छ, फुल्न र फल्नु पनि पर्दछ । त्यो भन्नुको तात्पर्य जनताको बिचमा प्रिय कामरेड भएर बस्नुपर्छ । जनतामा आइपर्ने दुःखकुष्ट, विभिन्न प्रकारका समस्यासँग आफू पनि सहयोगी भावना बोकेर उनीहरूको समस्या सँगसँगै समाजमा घुलमिल हुनुपर्दछ, तब मात्र जनताले कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पत्याउँछन् । उसलाई एउटा कम्युनिस्ट पार्टीको कार्यकर्ताभन्दा पनि सहयोगी, मित्र, प्रिय कमरेड भनेर स्वीकार गर्छन् ।

    कार्यकर्ता जनतामा जाँदा जनतालाई दिने र जनताबाट लिने दुवै प्रकारको सोचका साथमा समाजमा हाजिर हुनुपर्छ । जनतालाई दिने कुरा भनेको पत्रपत्रिका, पुस्तक जस्ता अध्ययन सामग्री, उनीलाई आइपर्ने विभिन्न सामाजिक समस्याबारे आफूले जानेको सिकाउने हो । उनीहरूबाट लिने भनेको आवश्यक सहयोग, पत्रपत्रिका बेचेको मूल्य, आर्थिक अनि जनतालाई आइपरेका समस्याको सुझाव, सल्लाह सङ्कलन हो । जनतालाई कार्यकर्ताले दिएको वैचारिक विकास गर्ने माध्यम पुस्तक, पत्रपत्रिका जनताले अध्ययन गरे कि गरेनन् ? गरे भने कसरी गरे ? त्यसबाट तिनीहरूले के कुरा बुझेका छन् ? त्यसबारेमा जनताबाट बुझ्ने र यसरी सही कार्यदिशा निर्माण गर्नका लागि कम्युनिस्ट पार्टीलाई मदत पुग्दछ ।

    जब जनताले नेताकार्यकर्तालाई आफ्नो सहयोगी बनाउँछन्, तब कार्यकर्तालाई आफ्नो पार्टीको नीति, कार्यक्रम जनताका बिचमा लैजान र त्यसलाई कार्यान्वयन गर्न धेरै सहयोग पुग्छ । कार्यकर्ताले आफ्नो नीति, कार्यक्रम जनताका बिचमा लैजाँदा जनतालाई सचेत बनाउने, सहयोग गर्ने प्रकारको काम गर्नुपर्छ ।

    जनता विभिन्न प्रकारका जालजेल वा समस्यामा अल्झिएका हुन्छन । उनीहरू नजान्ने, नबुझ्ने पनि हुन्छन । फटाह, जाली, घुसखोर, तस्करीहरूसँग अन्याय, अत्याचारमा परेका पनि हुन्छन् । यो सबै कुरा कार्यकर्तालाई थाहा हुँदैन । जबसम्म कार्यकर्ताहरू जनताको विश्वासिलो पात्र बन्दैनन्, तबसम्म उनीहरूले आफ्ना र आन्तरिक कुरा भन्दैनन् । यसरी समाजमा भएको विकृति, विसङ्गति, गलत क्रियाकलाप सबैको विरोध भण्डाफोर गर्दै समाजमा जनचेतना फैलाउनुपर्छ ।

    समाजमा असल कार्यकर्ता मात्र हुँदैनन्, विरोधी शक्ति विभिन्न विचार भएका राजनितिक दलका कार्यकर्ता, विकृति ल्याउने, समाजसेवाको नक्कली नाम बोकेका मानिस पनि हुन्छन् । तिनीहरूले अङ्गीकार गरेका गलत नीतिसिद्धान्त, व्यावहारिक क्रियाकलापबारे सूक्ष्म प्रकारले अध्ययन गरेर गाउँसमाजका जनतालाई सजग र सचेत गराउनु पनि आफ्नो जिम्मेवारी हो भन्ने तथ्य कार्यकर्ताले आत्मसात गर्नुपर्दछ । त्यसो गर्दा कार्यकर्ताहरू असाध्यै चनाखो मात्र होइन, सुझबुझको साथमा परिपक्व भएर सत्यमाथि आधारित र परिकृत हुनुपर्दछ । आफूले काम गर्दा कहिल्यै पनि समाज र जनताले साथसहयोग दिने प्रकारको क्रियाकलाप गर्नुपर्दछ, तब मात्र आफू सबैको प्रिय कामरेड तथा कार्यकर्ता बन्नलायक हुने छौँ ।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • २.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ३.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ४.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ५.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ६.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ७.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ८.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.