• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

परिवर्तन नभएसम्म आन्दोलन गर्नैपर्ने अठोटमा अध्यक्ष केसी


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • किरण पौडेल, काठमाडौँ ।

    Advertisement

    दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले सार्वजनिक सवारी चढ्न थालेपछि एकाएक चर्चामा आए राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी । केसी र रास्वपाबिच खास सम्बन्ध छैन । केसीसँग रास्वपाको न राजनीतिक विचार मिल्छ, न अहिलेसम्म सहकार्य भएको छ ।

    जब रास्वपाका नेताहरू सार्वजनिक यातायात चढेका तस्बिर सार्वजनिक भए, केसीका तस्बिर पनि बाहिरिन थाले । काठमाडौँमा रास्वपाका नेताहरू जुन सडकमा पाँच दिन बस चढ्दै थिए, त्यही सडकमा २५ वर्षदेखि भाडाका साधनमा ओहोरदोहोर गर्दै आएका छन्, पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसी ।

    पार्टी कार्यालयबाट संसद् भवन पुग्दा होस् वा अन्य जरुरी काम पर्दा केसी सार्वजनिक यातायात चढ्छन् । उनी एकै दिनमा चारपटक सम्म बस चढ्छन् । संसद् भवन नयाँबानेश्वर जाँदा केसी कपनको ज्योतिनगरबाट चाबहिलसम्म एउटा र चाबहिलबाट नयाँ बानेश्वरसम्म अर्को बस/ट्याम्पो चढ्छन् अनि संसद् भवनबाट फर्किंदा फेरि दुईपटक भाडाका गाडी चढ्छन् ।

    रास्वपाका नेताले सार्वजनिक यातायात चढेर जनताको स्थिति बुझ्छौँ भन्दा धेरैले हाँसीमजाक गरे । रास्वपाको त्यो निर्णय लोकप्रियताका लागि मात्रै भनेर आलोचना भयो । रास्वपाका अधिकांश नेता विलासी गाडी चढ्छन् । पाँच दिन भाडाका गाडी चढेर तस्बिर खिचाउँदैमा केही नहुने आलोचकहरूको भनाइ थियो । केसी भने रास्वपाको निर्णय हास्यास्पद ठान्छन् ।

    ‘बस चढ्दै जनता बुझिने बुझाइलाई म के भनौँ र ?’ उनी त सार्वजनिक यातायात चढ्दाको आफ्नो तस्बिर भाइरल हुनुलाई अनौठो मानिरहेका छन् ।

    ‘म २५ वर्षदेखि सार्वजनिक यातायात चढिरहेको छु । यति बेला चर्चामा आयो’ केसी घुमाउरो शैलीमा भन्छन्– ‘म लाटो रहेछु । हल्ला बिना बस चढिइरहे ।’

    केसीको उमेर ८४ वर्षको भयो । शरीरमा रोग बढे । केही पद पनि पाए । हाउभाउ उस्तै छ । २९ वर्षअघि उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष थिए, अहिले पनि सोही पदमा छन् । केसी प्रतिनिधिसभाका सांसद हुन् ।

    तीनपटक चढे सरकारी गाडी

    केसीले महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा सरकारी गाडीको सुविधा पनि लिएका छन् । केसी हालसम्म तीनपटक सरकारी सुविधाको गाडी चढेको बताउँछन् । पहिले, सार्वजनिक लेखा समितिको सभापति बन्दा, दोस्रो, उपप्रधानमन्त्री बन्दा र तेस्रो गत वर्षको सुरुवातीमा । केसी २०६३ सालको अन्तरिम संसद्मा लेखा समितिका सभापति बनेका थिए । त्यसबेला नौ महिना उनले पहिलोपटक सरकारी गाडी चढे ।

    त्यस बेला तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आग्रहमा सभापति बनेको उनी बताउँछन् । अर्को कुरा, उनलाई सभापतिले गाडी पाउँछ भन्ने पनि थाहा थिएन । ‘मलाई गाडी नदिनुहोस् भन्दा संसद् सचिवालयका कर्मचारीले लिनुहोस् भने’ केसी सम्झन्छन्।

    दोस्रो पल्ट उनी उपप्रधानमन्त्री हुँदा सरकारी गाडी चढे । केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा केसी उपप्रधानसहित सहकारी तथा गरिबी निवारणमन्त्री बनेका थिए ।

    ‘पदमा पुगेपछि गाडी चढ्दैपर्ने बाध्यता हुँदो रहेछ’ केसी भन्छन्– ‘थोरै समयमा धेरै काम गर्नुपर्ने समय नै नहुने ।’ २०८० सालमा केही महिना उनी सरकारी गाडी चढे ।

    रविको विरोधपछि प्रचण्डले खोसे गाडी

    प्रचण्ड प्रधानमन्त्री रहेकै बेला सर्वदलीय बैठकमा प्रस्ताव आयो, केसीले गाडी चढ्नुपर्छ । प्रस्ताव गर्ने व्यक्ति प्रचण्ड थिए । ‘वृद्ध हुनुभयो । गाडी चढ्नुहोस् बैठकमा भनियो’ केसी सम्झन्छन्– ‘होइन, पर्दैन । मेरो चलेकै छ । मैले भनेँ ।’

    केसीले त्यसपछि लगभग छ महिना सरकारी गाडी चढे । उनको गाडी एकाएक खोसियो ।

    ‘एक दिन संसद् भवन जान ड्राइभरलाई फोन गरेको ‘गाडी त छैन, गृहमन्त्रीले फिर्ता लैजाने कुरा छ भनेर ड्राइभरले भने’ केसी थप्छन्– ‘म तपाईंलाई आज लिएर संसद् भवन जान्छु अनि सिंहदरबार पुगेर बुझाइदिन्छु भनेर ड्राइभरले भने तर मैले पर्दैन म सार्वजनिक बसमै आउँछु भनेँ ।’

    उनको गाडी खोसिनुको कारण थियो, गृहमन्त्री रवि लामिछानेको विरोध । त्यस बेला लामिछाने सहकारी प्रकरणमा मुछिएका थिए । गत चैत ६ गतेको संसद् बैठकमा केसीले सहकारी प्रकरणलाई लिएर सरकार विरुद्ध बोले । उनले ॅसहकारी ठग गृहमन्त्री’समेत भनेका थिए । भोलि पल्ट उनको घरमा गाडी बसेन ।

    ‘अघिल्लै दिन ड्राइभरलाई थाहा रहेछ तर मलाई भनेन घर पुर्‍याइदिए’ केसी भन्छन्– ‘उनलाई प्रधानमन्त्री (प्रचण्ड) ले नै दबाब दिएछन् क्यारे ।’

    हो, केसी आफ्ना कुरा लुकाउन सक्दैनन् । उनी चित्त नबुझेका कुरा भन्दिहाल्छन् । उनले तत्कालीन गृहमन्त्री लामिछानेका विषयमा चर्कै भाषण गरेका थिए । त्यही कारण उनको गाडी खोसियो । केसीलाई गाडी खोसिएकोमा चिन्ता छैन ।

    ‘जनताको करबाट आएको गाडी हो । प्रचण्डले आफ्नै ठाने’ केसी भन्छन्– ‘मैले मेरै लाइफ ठिक छ भनेँ अनि पुरानै ढाँचामा फर्किएँ ।’ हुन त उनलाई आफ्नै पार्टीले पनि गाडी लिन भनेको थियो ।

    उत्तरार्धमा एक्लो बास

    केसीले १४ वर्षको उमेरमा विवाह नौ वर्षीया पार्वती पौडेलसँग विवाह गरेका थिए । वयोवृद्ध केसी अहिले काठमाडौँमा एक्लै छन् । उनकी पत्नी पार्वती केसी ‘अल्जाइमर’ का कारण छोरासँग छिन् ।

    केसी दम्पतीका दुई भाइ छोरा र एक छोरी हुन् । एक छोरा जापानमा बस्छन् । कान्छा छोराबुहारी १५ वर्ष जापान बसेर घर फर्किए पनि केसीसँग छैनन् । पत्नी बिरामी परेपछि छोरा जापानबाट फर्किएका छन् ।

    ‘जहानको सुद्धि हराएपछि छोराले लगे’ केसी भन्छन् । केही समयअघिसम्म केसी पत्नीसँगै थिए । पार्वती बिरामी परेपछि केसीले पनि राख्न सकेनन् । ‘छोराहरूले उतै लगे । कडा बिमार लागेपछि मैले मात्र राख्न सकिनँ’ उनी भन्छन् ।

    केसी पार्टी कार्यालयकै एउटा कोठामा बस्छन् । खाना बनाउने एक जना स्टाफ छन् । ‘बुढो भएपछि हातखुट्टा दुख्न थाले । सक्न छाडेपछि अरूले सहयोग गर्छन्’ उनी भन्छन् ।

    यसअघि पत्नीसँगै बस्दा केसीले घरभित्रको काममा हात हाल्नु पर्दैनथ्यो । पतनीले सबै काम गर्थिन् । पत्नीलाई रोगले चापेपछि जीवन सकस बन्यो ।

    केसी सम्झन्छन्– ‘संसद् भवन जानुपर्ने भएकाले सँगै राख्न सकिनँ ।’ एक मनले त केसीले राजनीति छाडेर पत्नीकै स्याहारमा लाग्ने सोचेका थिए । सांसद बनेपछि राजनीति छाडिहाल्न नमिलेको उनी बताउँछन् । ‘सांसद भएपछि लाग्नैपर्‍यो । घरपरिवारभन्दा यता बढी लाग्नुपर्ने भएको छ’ उनी भन्छन् ।

    रोगी शरीर, रवाफिलो भाषण

    जीवनको उत्तरार्धमा रहेका केसीको शरीर रोगी छ । उनी आफूलाई रोग नलागेको दाबी गर्न छाड्दैनन् । ‘अलि अलि औषधी खायो, हिँडडुल गर्‍यो’ केसी भन्छन्– ‘चट् भइहाल्छ नि । फुर्तिलै छु ।’ उनको पाचनशक्ति कमजोर छ भने प्रेसर बढ्ने समस्या छ । उनी नियमित औषधी खान्छन् । उनी पूर्णतः शाकाहारी बनेका छन् ।

    ‘पहिले माछामासु पनि खान्थेँ । रोग बढेपछि सबै छाडेँ’ ठट्यौली शैलीमा केसी भन्छन्– ॅमाछामासुको साह्रै अम्मली थिएँ । शरीरले धान्न छाडेपछि सागभात खाइराखेको छु ।’

    केसी वर्षौंदेखि पार्टीको काममा छन् । ‘पार्टीको काम त नियमित गर्नैपर्‍यो’ उनी भन्छन् । केसी भाषणका लागि पार्टीका नेतासँग परामर्श गर्छन् । ‘हामी पार्टीमा एक्लै बोल्ने होइन । पार्टीकै नीतिअनुसार बोल्ने हो’ उनी भन्छन् ।

    केसी २०५५ यता चारपटक प्रतिनिधिसभा सदस्य बने । बागलुङ उनको गृहजिल्ला हो । २०७९ को आमनिर्वाचनमा उनी बागलुङबाट चुनिएका हुन् । चुनाव जित्नुको पछाडि उनीसँग तत्कालीन पाँचदलीय गठबन्धन थियो ।

    यसका साथै केसी यथार्थ कुरा व्यक्त गर्छन् । गत बुधबार उनले प्रचण्डलाई बालकोट र बुढानीलकण्ठ धाउन जनयुद्ध लड्नुभएको थियो भनेर आलोचना गरेका थिए । केसीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको छलफलमा बोल्दै जनयुद्धले परिवर्तन नभएको बताए ।

    केसी माओवादी “जनयुद्ध” को कडा शब्दमा आलोचना गर्छन् । “जनयुद्ध” भन्दा पनि कडा गरी केसी सङ्घीयताको विरोध गर्छन् । ‘म सङ्घीयताको विरोध गर्छु । यसले हामीलाई फलिफाप गर्दै गर्दैन’, केसी भन्छन्– ‘यो अरू कसैले भिराइदिएको भारी हो । हामीले बोक्नुपरेको छ ।’

    केसी भाषणमा उखान राख्न पोख्त छन् । सङ्घीयता देशका लागि ‘भालुको कञ्चट’ भएको केसीको बुझाइ छ ।

    सङ्घीयता अहिले ‘खाऊँ भने दिनभरिको सिकार, नखाऊँ भने कान्छा बाउको अनुहार’ भएको केसीको ठहर छ । ‘सङ्घीयता बहकाउमा ल्याइएको र थाम्नै नसकिने भइसक्यो’ केसीको निष्कर्ष छ– ‘अब यसबाट देश चल्दै चल्दैन ।’

    देश बिग्रेकोमा चिन्ता

    केसीले नेपालका अधिकांश वामपन्थी नेतासँग सहकार्य गरेका छन् । केसीले माओवादी नेता मोहन वैद्यसँग एउटै पार्टीमा रहेर काम गरेका छन् । पार्टी फुटेपछि मोहन वैद्य र प्रचण्डहरू एकातिर लागेका थिए भने भने केसी मोहनविक्रम सिंहतिर लागेका थिए ।

    माओवादी नेता देव गुरुङ, देवेन्द्र पौडेल, बाबुराम भट्टराई, हरिबोल गजुरेल, नवराज सुवेदी, डिलाराम आचार्य कुनै बेलाका केसीका कार्यकर्ता थिए ।

    चित्रबहादुर केसी पूर्वशिक्षक हुन् । उनी बागलुङको एउटा विद्यालयमा प्रधानाध्यापक हुँदा अहिलेका एकीकृत समाजवादीका सम्मानिति नेता झलनाथ खनाल सोही स्कुलमा विज्ञान शिक्षक थिए ।

    २०१२ सालमा राजनीतिमा लागेका केसीले २०१४ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिए । केसीले लामो समय भूमिगत र बन्दी जीवन बिताएका छन् । ‘कुनै बेला यस्तो समस्या थियो, घर आयो भने जहान डराउँथिन्’ केसी भन्छन्– ‘धेरै वर्ष भूमिगत जीवन बिताइयो । जेल पनि बसियो ।’

    पछिल्लो समय उनलाई देश बिग्रिएकोमा चिन्ता छ । देशमा बाहिरी शक्तिको चलखेल बढेको र राजनीति सत्ताप्राप्तिमै केन्द्रित भएको उनी बताउँछन् ।

    केसी यस्ता राजनीतिक विकृति विरुद्ध औँला उठाइरहेका छन् । ‘म राजनीतिबाट थाकेको छैन । निरन्तर लाग्ने हो’ केसी भन्छन्– ‘परिवर्तन नभएसम्म हामीले आन्दोलन गर्नैपर्छ ।’

    दुर्घटनामा परेका केसी

    २०७३ मङ्सिर ८ गतेको कुरा । केसी घट्टेकुलो (डेरा) बाट निस्किएर मैतीदेवी पुगे । त्यहाँबाट निलो माइक्रो चढेर चाबहिलतर्फ जाँदै थिए । गौशालाबाट चाबहिल जानुपर्ने माइक्रो ट्राफिक नियम उल्लङ्घन गर्दागर्दै ट्राफिक प्रहरीलाई देखेर रातोपुलतिर मोडियो । केसी ठुलो स्वरमा बोले, ‘म त चाबहिल जाने हो । तिमीले त रातोपुलतिर गाडी झार्‍यौ त ।’

    माइक्रोचालकले सान्त्वना दिए– ‘हैन बुबा, तपाईंलाई चाबहिल लगिदिए त भयो । यहाँ ट्राफिकले गडबड गर्ला जस्तो लाग्यो र म यता तल झरेर फर्काउँछु ।’ बिचबाटोबाट माइक्रो फनक्क घुम्न खोज्दै थियो, केसी सडकमा खसे । उनी बेहोस भए ।

    ‘होस आउँदा गौशाला प्रहरीमा थिएँ’ केसीले त्यो घटना सुनाए– ‘मलाई त कुर्सीमा राखेका, वरिपरि पुलिसले घेरेका, स्थानीय र सबैले मलाई मात्रै हेरिरहेका । पञ्चायतकालमा प्रहरीको बिचमा त्यस्तै घेरिएर बसाल्थे ।’ इन्स्पेक्टरले केसीलाई घटनाबारे बताए । उनलाई त्यहाँबाट प्रहरीले नै सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍यायो । उनको ढाडमा चोट लागेको रहेछ ।

    उपचार सुरु भयो । उपचार भइरहँदा त्यतिबेला गृहमन्त्री विमलेन्द्र निधि पनि अस्पताल पुगे । त्यसपछि घटना चर्चामा आयो । उनका नेता, कार्यकर्ता र समर्थकले अस्पताल भरियो । चिकित्सकले उनलाई ॅ१५ दिन अस्पतालमा बस्नुपर्छ’ भनेका थिए । उनले मानेनन् ।

    ‘डाक्टरले मलाई १५ दिन अस्पतालमा बस्नुपर्छ भनेका थिए, मैले मानिनँ । मलाई त्यस्तो खास्सै केही भएको छैन जस्तो लाग्यो । फेरि मेरा मान्छे पनि अस्पतालमा धेरै आउजाउ गर्न थाले । त्यही भएर मैले त घर जान्छु भनेँ’ केसीले सुनाए । दुर्घटना भएको अर्को दिन केसीलाई अस्पतालले घर पठाएको थियो ।

    (हिमालप्रेस डट कममा २०८१ साउन ३२ गते शुक्रबार प्रकाशित प्रस्तुत सामग्रीको शीर्षक हामीले परिवर्तन गरेका छौँ : सम्पादक ।)

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.