• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

नेपालको जनजाति आन्दोलनमा रामबहादुर पुन


  •   बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
  • निमबहादुर बुढाथोकी ##

    Advertisement

    साउन २१ गते रामबहादुर पुनको स्मृति दिवस हो । हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य रामबहादुर पुनको २०८० साल साउन २१ गते चितवनको मेडिकल कलेजमा उपचार गराउँदा–गराउँदै निधन भएको थियो ।

    उहाँको निधनले हाम्रो सङ्गठन जनजाति सम्मेलन र जनजाति आन्दोलनमा ठुलो क्षति पुगेको छ । उहाँको जन्म २०१४ साल भदौ १४ गते गण्डकी प्रदेश बागलुङ जिल्ला ताराखोला गाउँपालिका वडा नं. ८ स्थित लेखानीमा बुबा कर्णबहादुर पुन र आमा तुलसी पुनको कोखबाट भएको थियो । तीन दाजुभाइमध्ये उहाँ माहिलो छोरो हुनुहुन्थ्यो ।

    स्मृतिशेष पुन सङ्गठनमा अत्यन्तै निडर, इमानदार, निष्ठावान्, सिद्धान्तनिष्ठ तथा विचारमा स्पष्टता भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँ रोजागारीको सिलसिलामा भारत पुग्नुभयो र त्यहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध भई सक्रियतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्दै काम गर्नुभयो ।

    उहाँले सन् १९८५ मा तत्कालीन अखिल भारत नेपाली एकता समाजको सदस्यता प्राप्त गर्नुभएको थियो । भारतमा सङ्गठना विभिन्न जिम्मेवारी निभाउने क्रममा उहाँले सन् १९९१ मा चेन्नईमा सम्पन्न अखिल नेपाल जनजाति सम्मेलन भारत शाखाको प्रथम भेलाबाट महासचिवको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । त्यसभन्दा पहिले अखिल नेपाल जनजाति सम्मेलनको पहिलो र दोस्रो राष्ट्रिय महाधिवेशनमा भारत शाखाबाट प्रतिनिधिको रूपमा नेपाल आउनुभएको थियो । उहाँ जनवरी १, २००४ मा सम्पन्न अखिल नेपाल जनजाति सम्मेलन भारत शाखाअन्तर्गत सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिको अध्यक्षमा चयन हुनु भएको थियो । पछि फेरि जनवरी २१ र २२, २००६ मा सोनिपतमा सम्पन्न भएको जनजाति सम्मेलन भारत शाखाको प्रथम भेलाद्वारा पुनः महासचिवमा चयन हुनुभएको थियो ।
    पछि भारतमा रहेका विभिन्न प्रवासी सङ्गठनलाई एकीकरण गर्ने काम गएको थियो । त्यसै दौरानमा सेप्टेम्बर १०–१२, २००९ मा भारतको फरिदावादमा सम्पन्न भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छैटौँ अखिल भारत सम्मेलनबाट उहाँ केन्द्रीय सदस्यमा चयन हुनु भएको थियो ।

    रोजगारीको सिलसिलामा भारतमा प्रवासमा रहनुभएका पुनले भारतमा सङ्गठित भएर सक्रियतापूर्वक आफ्नो यो सबै विभिन्न जिम्मेवारी पूरा गर्दै आउनुभएको थियो । यसरी लामो समयदेखि भारतमा विभिन्न गल्ली र सडकमा सङ्गठन निर्माण गर्ने नेपालको जनजाति आन्दोलनलाई प्रवासमा पनि प्रचार गर्ने नेपालबाट वैदेशिक रोजगारीमा गएका आदिवासी जनजातिलाई खोजबिन गर्ने उनीहरूमाथि परेका हरेक समस्या समाधानका लागि सङ्गठित गर्ने कुरामा अत्यन्तै ध्यान दिने र क्रियाशील रहने व्यक्ति हुनुहुन्थ्यो ।

    रामबहादुर पुन सन् २०१७ मा आफ्नो वैदेशिक रोजगारबाट अवकाश भएपछि स्वदेश आफ्नो गृहजिल्ला बागलुङ नै फर्किनुभयो । स्वदेश फर्किसकेपछि पनि पुन सङ्गठित नभइरहन सक्नुभएन । पार्टी, सङ्गठन र स्वयम् अखिल नेपाल जनजाति सम्मेलनभित्र पनि तीव्र मतभेद, गुटबन्दी र टुटफुटसम्म भए । त्यसै क्रममा जनजाति सम्मेलनका संस्थापक, नेतृत्वले जनजाति सम्मेलनलाई गलत दिशामा लैजाने प्रयास गरे । त्यसै क्रममा सङ्गठनलाई फुटाउने काम गरे । त्यस्तो अवस्थामा पनि पुनले निर्भीकता र निर्ममतापूर्वक सङ्घर्ष गर्नुभएको थियो । त्यस क्रममा उहाँले दृढतापूर्वक इमानदारिताका साथ कटिबद्ध भएर सङ्गठनको रक्षा गर्न उभिनुभयो । निर्णय भएका विषयलाई कडाइका साथ कार्यान्वयन गर्न उहाँ कुशलतापूर्वक र दृढताका साथ काम गर्नुभयो । पछिल्लो समयमा रामबहादुर पुन बागलुङ जिल्लाको काठेखोला गाउँपालिका स्तरीय राष्ट्रिय जनमोर्चाको सदस्य भएर पनि राजनीतिमा सक्रिय रहनुभएको थियो ।

    २०७५ साल माघ २१, २२ र २३ गतेसम्म सुनसरी जिल्लाको इटहरीमा सम्पन्न अखिल नेपाल जनजाति सम्मेलनको चौथो राष्ट्रिय महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि पुनले जनजाति सम्मेलनको गण्डकी प्रदेश संयोजक, बागलुङ जिल्लाको इन्चार्ज, जनजाति सम्मेलन केन्द्रीय सङ्गठन विभाग र खेलकूद विभागको सदस्यसमेतको जिम्मेवारी वहन गर्नुभएको थियो । बागलुङ जिल्ला स्थायी घर भए पनि पछिल्लो समयमा उहाँ रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–९ स्थित मङ्गलापुरमा बसोबास गर्दै आउनुभएको थियो ।

    स्मृतिशेष पुन खेलकुदप्रति उत्तिकै चासो राख्ने व्यक्ति हुनुहुन्थ्यो । ब्याडमिन्टन खेलाडीसमेत भएका कारण जनजाति सम्मेलनको केन्द्रीय खेलकुद विभागले उहाँकै नेतृत्वमा राष्ट्रिय स्तरको ब्याडमिन्टन खेल दाङ जिल्लामा सञ्चालन गर्ने ठेगान गरेको थियो तर विविध कारणले त्यो खेल हुन सकेन । त्यो खेललाई निरन्तरता दिने जनजाति सम्मेलनले कोसिस गर्ने छ ।

    नेपालको जनजाति आन्दोलनलाई अगाडि बढाउने क्रममा एकातिर जातीय समस्या त छन् नै, अर्कोतिर जनजाति आन्दोलनलाई सैद्धान्तिक, राजनैतिक रूपले अगाडि बढाउनुपर्छ । त्यो भनेको मार्क्सवाद–लेनिनवाद, माओत्सेतुङ विचारधारा नै नेपालको जातीय सवाल समाधान गर्ने पथप्रदर्शक सिद्धान्त हो । यो सिद्धान्तको आधारमा नै नेपालका जनजातिको मुक्ति सम्भव हुन्छ ।

    हामीले अन्तर्राष्ट्रिय रूपमा पनि हेर्‍यौँ भने जस्तो कि चीनको जनवादी क्रान्तिमा मुलुकका सबै जातिजनजातिका जनताले भाग लिएका थिए र उनीहरूले माओत्सेतुङ र चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही दलाल पुँजीवादको प्रतिक्रियावादी शासनलाई उखेलेर फालिदिएका थिए र मुलुकको स्वतन्त्रता, सार्वभौमिकता एकता र सबै जातिको एकता कायम गरेका थिए । समाजवादी बाटोमा हिँड्दा पनि उनीहरूले वर्गसङ्घर्षको कडीलाई समातेर आम जनजातिको एकतालाई अघि बढाएका थिए र मुलुको एकीकरणलाई मजबुत पारेका थिए ।

    त्यति मात्रै होइन, माओत्सेतुङको नेत्रृत्वमा चीन सरकारले अल्पसङ्ख्यक जनजातिको राजनीति, आर्थिक एवम् सांस्कृतिक विकासलाई पनि तीव्र गतिमा प्रदान गर्न सकेको थियो । त्यसैले चीनको इतिहासले पनि के प्रमाणित गर्‍यो भने माओको जनजातिसम्बन्धी विचार विश्लेषण सही थियो ।

    नेपालको विशेषता पनि के हो भने यो मुलुक पनि चीन जस्तै युगौँदेखि सामन्ती एकात्मक शासन प्रणालीअन्तगर्त रहँदै आएको छ । अहिलेको गणतन्त्रात्मक शासनप्रणाली भएता पनि यहाँको जातीय बनावट अझै पनि सानो सङ्ख्याको हिसाबले जातजातिहरू विभिन्न ठाउँमा आफू मिश्रित प्रकारले मिसिएर बसेको अवस्था हो । त्यसैले नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अहिलको यो अवस्थामा नेपालका जनजातिको समस्या समाधान गर्न जातीय स्वशासनको नीति अपनाएको छ । यो नीति हाम्रो देशको ऐतिहासिक विकासको वस्तुगत अवस्थाअनुरूप रहेको छ ।

    नेपालको जनजाति आन्दोनललाई पनि सही ढङ्गले मार्क्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधाराको पथप्रदर्शक सिद्धान्तको कडीलाई समातेर नेपालमा हुने नौलो जनवादी क्रान्ति र जनजाति आन्दोलनलाई वर्गसङ्घर्षको अन्दोलनसँग बढाएर मात्रै आदिवासी जनजातिको वास्तविक मुक्ति हुन्छ भन्ने जनजाति आन्दोलनको एउटा मुख्य सिद्धान्त हो ।

    रामबहादुर पुनको स्मृतिदिवस मनाइरहँदा उहाँले जनजाति आन्दोलनलाई दिएको योगदन, सिद्धान्तनिष्ठ, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिबाट हामीले सिक्नुपर्ने कुराको कदर गर्दै उहाँप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्न चाहन्छु ।

    बुधबार, साउन ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी घटनाको सन्दर्भमा
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.