झिमरुक (प्युठान) । प्युठानको झिमरुक–७ मा अखिल नेपाल महिला सङ्घको दोस्रो वडा भेला सम्पन्न भएको छ ।
Advertisement
सङ्घकी केन्द्रीय सचिव तारा जिसीको प्रमुख आतिथ्यमा २०८१ साउन १६ गते बुधबार उक्त भेला सम्पन्न भएको हो ।
भेलामा महिला सङ्घको उद्देश्य र सङ्गठनको आवश्यकताबारे सचिव जिसीले प्रकाश पार्नुभएको थियो ।
समितिकी उपाध्यक्ष रमा गिरीको अध्यक्षतामा सम्पन्न भेलामा विभिन्न मोर्चाका अतिथिहरूको समेत सहभगिता रहेको थियो ।
भेलाले इन्दु सुनार अध्यक्ष रहनुभएको १३ सदस्यीय नयाँ समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा तुल्सा गिरी, सचिवमा मिना पोख्रेल, सहसचिवमा कमला रसाईली कोषाध्यक्षमा र गीता जिसी रहनुभएको छ ।