खिमराज चालिसे, चन्डिगढ ।
दाङको घोराही उपमहानगरपालिका–१९ सैघा निवासी सुनिता रावत भारत हिमाचलको रामपुरबाट हराएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज खोजीमा जुटेको छ ।
Advertisement
चन्द्रबहादुर राउतकी ४६ वर्षीय पत्नी सुनिता हिमाचलको शिमला जिल्लाको रामपुर देवथल कुमारसेनबाट गत् अप्रिल २५, २०२४ देखि सम्पर्कविहीन भएकी हुन् ।
निज महिलाको बारेमा कुनै जानकारी प्राप्त भएमा नजिकको मूल प्रवाहको कार्यालय वा चन्द्रबहादुर रावत फोन ००९१–९८९४४९५६६३, सीताराम बुढा, फोन ००९१–८६२८०८६३९३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।