नवलपरासी । अखिल नेपाल महिला संघ, कावासोतीको नगर भेला सम्पन्न भएको छ ।
नवलपरासीको कवासोती तीनघरेमा भएको भेलाले शान्ति गिरीको अध्यक्षतामा नौ सदस्यीय नगर समिति चउन गरेको छ ।
समितिको सचिवमा जानुका महतरा, कोषाध्यक्ष रिमा कुँवर, तथा सदस्यहरूमा हिरादेवी शर्मा, विष्णु सापकोटा, रुपा केसी, विष्णुमाया कँडेल, पार्वती गिरी र ऐश्वर्यदेवी महतरा रहनु भएकको छ ।
भेलालाई अखिल नेपाल महिला संघका जिल्ला सदस्य लक्ष्मी विकले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय काबा महासचिव सालिकराम सापकोटा, राजमो केन्द्रीय सदस्य भागिरथ शर्मा , नेकपा (मसाल) नवलपुर प्रवक्ता चन्द्र सापकोटा, राजमो नवलपुरका अध्यक्ष गिर बहादुर महतरा र रक्तिम सांस्कृतिक अभियान नवलपुर अध्यक्ष तथा जनप्रतिनिधि कृष्ण गिरीको समेत आतिथ्यता रहेको थियो ।
शान्तिदेवी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन वर्षा पोख्रेलले गर्नुभएको थियो भने सहिदहरूप्रति १ मिनेट मौनधारण गरिएको थियो ।