• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

दुग्ध किसानका समस्या समाधान गर्न माग


  •   सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल पशुपालन तथा दुग्ध उत्पादक किसान सङ्घले लकडाउनको सन्दर्भमा दुग्ध उत्पादनसँग सम्बन्धित समस्या समाधान गर्न सरकारसित माग गरेको छ । सङ्घले पशुपालन क्षेत्रमा आवश्यक आहारको व्यवस्थापन गर्न, दुध र दुधजन्य पदार्थको बजारीकरण सुनिश्चित गर्न र कृषि मल, बिउ र औजारको व्यवस्था गर्न माग गरेको हो ।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घको आङ्गिक सङ्गठनको रूपमा रहेको सो सङ्घका महासचिव जीवनकुमार भट्टराईले २०७७ वैशाख ८ गते प्रेसवक्तव्य जारी गर्दै यस्तो माग गरिएको हो । कोरोना सङ्क्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउनप्रति समर्थन गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको वक्तव्यको पूर्ण पाठ यस्तो छ :

    “अखिल नेपाल पशुपालन तथा दुग्ध उत्पादक किसान सङ्घ लकडाउनको समयमा दुग्ध उत्पादनसँग सम्बन्धित किसानका समस्या समाधान गर्नेतर्फ सरकारको उदासिनता र सम्भावित सङ्कटप्रति गहिरो चिन्ता प्रकट गर्दछ । किसानका समस्या समयमै सम्बोधन गर्नेतर्फ सरकार गम्भीर नबने पशुपालन तथा दुग्ध उत्पादन क्षेत्रमा नकारात्मक असर पर्नेतर्फ हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ ।

    चीनको हुनान प्रान्तबाट सुरु भई विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) कारण हालसम्म विश्वभरिमा एक लाख ६५ हजारभन्दा बढीको मृत्यु हुनु अत्यन्त दुखद छ । औषधि बन्न नसक्नुले यसको गम्भीरतालाई बढाएको छ । मानिसबाट मानिसमा सङ्क्रमणको घातक चरित्र भएको यो भाइरस नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय शारीरिक दुरी कायम राख्नु नै रहेको छ ।

    गत चैत्र ११ गतेदेखि नेपाल सरकारले लकडाउन (बन्दाबन्दी) घोषणा गरी रोग नियन्त्रणमा गरेको प्रयासप्रति समर्थन जनाउँदै यसको प्रभावकारी कार्यान्वयनमा हाम्रो सङ्गठनले जोड दिन्छ । साथसाथै लकडाउनअन्तर्गत पनि जीवनसँग अन्तरसम्बन्धित विषयलाई यथोचित परिचालनमा प्रभावकारी कार्यक्रम बनाउन नसक्नुमा सरकारको गम्भीर कमजोरी देखिन्छ ।

    देश लकडाउनमा रहेको झण्डै महिनादिन भइसकेको र यो स्थिति अझै लम्बिने सम्भावनाप्रति विचार गर्दै कृषि, पशुपालन, साना व्यवसाय, दुग्ध उत्पादन र बजार व्यवस्थापनको सम्बन्धमा राज्य उदासिन बन्नु र कुनै पनि कार्यक्रम सार्वजनिक नगर्ने रवैया घोर आपत्ति छ । हामी कृषि क्षेत्रमा गम्भीर सङ्कट निम्तिन नदिन सरकारसँग ठोस कार्यक्रम घोषणा गर्न माग गर्दछौँ ।

    पशुपन्छीको दाना तथा मलबिउको जोहो गर्ने विषयलाई उपेक्षा गर्ने सरकारको नीतिबाट उत्पन्न सङ्कटप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पशुआहारको सहज आपूर्ति गर्न, उत्पादित दुधको नियमित बजार व्यवस्था गर्न तथा कृषि मल, बिउ र औजारको व्यवस्था गर्न हाम्रो सङ्गठन माग गर्दछ ।”

    सोमबार, बैशाख ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’
    मनरो डक्ट्रिनको बहसमा स्वर्णिम वाग्ले : नेपालको राष्ट्रवाद र परराष्ट्र नीतिमाथि प्रश्न
    स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’
    चाडपर्वले नेपाली मौलिकताको रक्षा गर्छ : नेपाली
    राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : बिझुक्छे
    असोजमा पाँच अर्ब ९२ करोड को विद्युत् निर्यात

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    • २.
      मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

    • ३.
      नवनियुक्त आनीको विरोध गर्दा लुम्बिनी बचाऊ महाअभियानका संयोजक पक्राउ

    • ४.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • ५.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ६.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ७.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ८.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.