काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को दशौं महाधिवेशन आगामी असार १६ गतेदेखि हुने भएको छ।
Advertisement
बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले असार १६ देखि २० सम्म काठमाडौंमा दशौं महाधिवेशन गर्ने निर्णय गरेको हो ।
आज बसेको केन्द्रीय कमिटीको आठौं बैठकले निम्न ५ वटा निर्णय गरेको एकीकृत समाजवादीले जनाएको छ।
१) दशौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज पारित।
२) दस्तावेज माथिको छलफल सबै मातहत कमिटीले सञ्चालन गर्ने। सुझाव पठाउने।
३) दशौं महाधिवेशन असार १६–२० काठमाडौंमा गर्ने।
४) सबै महाधिवेशन प्रतिनिधिहरू चुनिएर आउने।
५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक प्रस्तावहरू पास गर्दै बैठक सम्पन्न भयो।