• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

एकीकरण, विलय वा आत्मसमर्पण


  •   बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र कामरेड सन्तबहादुर नेपालीको समूहका बिचमा पार्टी एकता भएको छ । त्यस सन्दर्भमा सर्वप्रथम यो कुराको उल्लेख गर्नु अप्रासांगिक हुने छैन : हाम्रो पार्टीबाट फुटेर जाने करिब करिब सबै पक्षहरूले प्रारम्भमा आफ्नो नामका साथ ‘मशाल’ नै जोड्ने गरेका थिए ।

    तर पछि सबैले मशाललाई परित्याग गर्ने गरेका थिए । हामीले बारम्बार भन्ने गरेका थियौं, सन्तबहादुर नेपालीको समूहले पनि खाली केही दिनका लागि साथीहरूलाई भ्रम दिनका लागि नै मशाल नामको प्रयोग गरेको थियो र अन्तमा त्यसलाई परित्याग गर्नेछ ।

    त्यो कुरा अहिले सत्य साबित भएको छ । अहिले वैद्यको नेतृत्वको सङ्गठन र सन्तबहादुरको समूहको बिचमा एकीकरण भएको छ । उनीहरूको वक्तव्यमा लेखिएको छ कि उनीहरूका बीचमा लामो समयदेखि पार्टी एकताको लागि कुरा चलिरहेको थियो र अन्तमा त्यो कार्य सम्पन्न भएको छ ।

    तर सत्य कुरा यो हो कि उनीहरुको बिचमा कुराकानी हाम्रो पार्टीबाट उनीहरू फुटेर गएपछि मात्र सुरु भएको होइन, हाम्रो पार्टीबाट उनीहरू फुटेर जानु भन्दा पहिलेदेखि नै अर्थात् हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न हुनु भन्दा पहिलेदेखि नै उनीहरू दुबै पक्षहरूका बीचमा त्यस प्रकारको कुराकानी सुरू भएको थियो । त्यही कुराकानीका आधारमा नै सन्तबहादुर पक्षले अराजकतावादी, अनुशासनविहीन र फुटपरस्त गतिविधि सुरू गरेको थियो ।

    महाधिवेशन भन्दा पहिले भिन्न मतहरू ल्याउनुका पछाडि पनि उनीहरूको त्यही योजनाले नै काम गरेको थियो । अल्पमत पक्षका सबै साथीहरूले त्यस प्रकारको फुटपरस्त योजनाअन्तर्गत अवश्य पनि काम गरेका थिएनन् । तर अल्पमत पक्षको नेतृत्वदायी अङ्गले पहिलेदेखि नै बैद्यहरूसित मिलेर बनाएको फुटपरस्त योजनाअन्तर्गत नै काम गरिरहेका थिए । त्यसको परिणाम यो भएको थियो कि महाधिवेशनको बेलामा अल्पमत पक्षमा भएका सबै साथीहरू उनीहरूसित मिल्न गएका थिएनन् र उनीहरू मध्ये एउटा ठूलो समूह अल्पमतका पक्षमा भए पनि फुटपरस्त समूहका पछि लागेर गएको थिएन ।

    सन्तबहादुर पक्षको फुटपरस्त गतिविधिबारे जानकारी भएपछि उनीहरू ने.क.पा. (मसाल)भित्र नै अनुशासित र एकतावद्ध भएर बसिराखे । त्यसरी पहिले अल्पमतका पक्षमा भएका कैयौँ साथीहरू अहिले पनि पार्टीको केन्द्रीय कमिटीदेखि विभिन्न तहका नेतृत्वदायी समितिमा नै क्रियाशिल छन् ।

    जो फुटपरस्त पक्षसित मिलेर गएका थिए, उनीहरू पनि छिट्टै कैयौँ टुक्राहरूमा विभाजित हुँदै गएका थिए । सुदूरपश्चिमको एउटा ठूलो समूह माओवादीमा मिल्न गयो । विद्यार्थीहरूको एउटा पक्ष एकीकृत समाजवादीमा मिल्न गयो । एकाध बुद्धिजीवी साथीहरू एमालेमा सामेल भए । अहिले उनीहरूको पार्टी एकताका बेलामा पनि कतिपय जिल्लाहरू वा सन्तबहादुर नेपाली समूहको नेतृत्वमा रहेका कतिपय प्रमुख साथीहरूले एकताको प्रक्रियाबाट आफूलाई अलग गरेका छन् । उनीहरूको समूहसित एकीकरणको विरोधमा बैद्य समूहमा पनि कडा प्रतिरोध भयो र त्यसको नेतृत्वमा रहेका कतिपय प्रमुख कामरेडहरु सहित एउटा ठूलो समूह त्यसबाट (बैद्य समूहबाट) अलग भयो ।

    हाम्रो पार्टीको फुटपरस्त समूहले हाम्रो महाधिवेशनको बेलामा जुन विचारहरू अपनाएको थियो, ती पनि प्रत्यक्ष रुपले नै वैद्य समूहले अपनाएका विचारहरूको नक्कल नै थियो । वैद्य समूहको मुख्य सैद्धान्तिक कमजोरी यो थियो कि उनीहरूले नेपालको ठोस परिस्थितिअनुसार रणनीति र कार्यनीतिका बीचको अन्तरलाई बुझ्न सकेका थिएनन् र उनीहरूले क्रान्तिकारिताको प्रदर्शनको लागि रणनीतिलाई नै तात्कालीन कार्यदिशाका रूपमा प्रस्तुत गर्दै आएका थिए ।

    त्यसरी नयाँ जनवादी गणतन्त्रलाई तत्कालिक नारा बनाएका थिए । उनीहरुले अहिले हामी पु“जीवादी प्रजातान्त्रिक क्रान्तिको युगमा छौँ भन्ने कुरा पनि बुझ्न सकेका थिएनन् । सर्वहारा वर्गको पार्टीको नेतृत्वको कारणले पुँजीवादी प्रजातान्त्रिक क्रान्ति नयाँ जनवादी क्रान्ति बन्न जान्छ । तर त्यसको वस्तुगत चरित्र पु“जीवादी प्रजातान्त्रिक क्रान्ति नै हुन्छ । त्यो अवस्थामा देशीय रूपमा सामन्तवादका विरुद्धको सङ्घर्ष नै आन्दोलनको प्रधान पक्ष बन्न जान्छ ।

    आज देशमा औपचारिक रूपमा राजतन्त्रको अन्त भएको छ । तर वर्गीय वा सांस्कृतिक रूपमा त्यसको आधार कायमै छ र त्यसैले त्यसको पुनस्र्थापनाको गम्भीर खतरा विद्यमान छ । राजतन्त्रको पुनस्र्थापना र नेपाललाई हिन्दू राष्ट्र बनाउनको लागि राजावादीहरूले चलाइरहेको अभियान त्यही वस्तुस्थितिको परिणाम हो । यो कुनै लुकेको कुरा होइन कि अहिले देशमा राजावादीहरूले जुन अभियान चलाइरहेका छन् त्यो पूर्वराजाको नेतृत्वमा नै चलिरहेको छ । देशमा जनताको लामो सङ्घर्ष तथा त्याग र बलिदानपछि नै अहिले देशमा विद्यमान गणतन्त्रको उपलब्धि भएको हो ।

    त्यो अवस्थामा एकातिर प्रतिगमनको विरोध र अर्कातिर, गणतन्त्रको रक्षा गर्नु अहिलेको हाम्रो मुख्य तत्कालिक कार्यदिशा बन्नु पर्दछ । तर बैद्य समूहले नयाँ जनवादी गणतन्त्रलाई तात्कालिक मुख्य कार्यनीतिक नारा बनाएर गणतन्त्रको रक्षालाई ओझलमा पार्ने प्रयत्न गरिरहेको छ । वैद्य समूहको त्यही राजनीतिक लाइनलाई सन्तबहादुर पक्षले पनि अपनाउँदै आएको थियो । महाधिवेशनको बेलामा फोरममा उनीहरूले प्रकट गरेका विचारबाट र हामीबाट प्रकट रूपमा नै फुटेर गएपछि पनि उनीहरूले प्रकट गर्दै आएका विचारहरूबाट त्यो कुरामा कुनै शङ्का रहन्न ।

    सन्तबहादुर पक्षको त्यस प्रकारको सोचाइलाई हामीले प्रतिगमन दिशाउन्मुख राजनीतिक लाइनबताउँदै आएका थियौँ र उनीहरूको त्यस प्रकारको सोचाइको स्रोत वैद्य समूहको राजनीतिक लाइन नै थियो । फुटपरस्त समूहले आठौँ महाधिवेशनमा बहुमत प्राप्त गर्ने र त्यसरी पुरै पार्टीमाथि कब्जा गर्ने योजनाअन्तर्गत काम गरिरहेका थिए ।

    उनीहरूको योजना प्रकारान्तरले पहिलेको प्रकाशको नेतृत्वको एकता केन्द्रको जस्तै थियो । जसले हाम्रो पार्टीलाई पूरै नै माओवादीमा लैजाने योजनाअनुसार नै हाम्रो पार्टीसित एकता गरेका थिए । तर उनीहरूको त्यो प्रयत्न असफल भएको थियो, यद्यपि रामसिंहको नेतृत्वमा हाम्रो पार्टीबाट एउटा ग्रुपलाई अलग गराउन उनीहरू सफल भएका थिए । सन्तबहादुर पक्षले पनि बैध समूहसँग मिलेर आठौँ महाधिवेशनमा हाम्रो पार्टीलाई पूरै कब्जा गर्ने योजनाअन्तर्गत काम गरिरहेको थियो ।

    तर पार्टीका कार्यकर्ताहरूको उच्च प्रकारको सतर्कता र एकताका कारणले उनीहरूको त्यो सुनियोजित षड्यन्त्र असफल भएको थियो । यद्यपि पार्टीमा केही फुट पार्ने र पार्टीका केही कार्यकर्तालाई तितरबितर पार्न उनीहरू सफल भएका थिए । उनीहरूले सुरूदेखि नै हाम्रो पार्टीलाई बैद्य समूहमा सामेल गर्ने योजनाअन्तर्गत नै काम गरेका थिए । उनीहरूले साथीहरूलाई भ्रमदिन ‘मशाल’को नाम समेत राखेका थिए । करिब पाँचवर्ष उनीहरू त्यसरी भ्रम दिन सफल भए । तर अन्ततोगत्वा उनीहरू प्रकट हुनु नै पर्दथ्यो र प्रकट पनि भए । त्यसैको परिणाम उनीहरूको बैद्य समूहसित एकीकरण भयो । तर वास्तवमा त्यो एकीकरण नभएर वैद्य समूहमा उनीहरूको विलय नै हो । राजनीतिक र सङ्गठनात्मक दुवै प्रकारले ।

    सन्तबहादुर समूहको नेतृत्व पंक्तिको एउटा पंक्ति त्यो एकीकरणमा सामेल भएन । उनीहरूले सार्वजनिक गरेको वक्तव्यबाट पनि राजनीतिक प्रश्नहरूमा आफ्ना अडानहरू छाडेर उनीहरू वैध समूहसित विलय भएको कुरामा कुनै शङ्का रहन्न । त्यो बाहेक सङ्गठनात्मक रूपले पनि वास्तवमा उनीहरूको विलय नै भएको छ । सर्वप्रथमतः कुनै दुई पक्षको बीचमा एकता हुँदा दुबै पक्षलाई मान्य हुने प्रकारको नै नाम राख्ने गरिन्छ । हाम्रो र एकता केन्द्रसित पार्टी एकता गर्दा पनि त्यस्तै गरिएको थियो र वैद्य समूह र नेकपा बहुमतका बीचमा पार्टी एकता गर्दाखेरी पनि त्यही तरिका अपनाइएको थियो र अहिले सन्तबहादुर समूहले वैद्य समूहको पूर्व नामलाई जस्ताको तस्तै नै स्वीकार गरेको छ । त्यो सन्तबहादुर समूहको वैद्य समूहमा विलयको नाङ्गो उदाहरण हो ।

    उनीहरूका बीचमा एकता भएपछि जुन केन्द्रीय समिति बनेको छ, त्यो केन्द्रीय समितिमा सन्तबहादुर समूहका एक तिहाई भन्दा पनि धेरै कम सदस्यहरू मात्र छन् । त्यो अवस्थामा उनीहरूको भन्दा करिब दुई खण्ड बढी सदस्यहरू भएको समितिका सदस्यहरूको बहुमतको निर्णयलाई उनीहरूले स्वीकार गर्दै जानु पर्नेछ । उनीहरूले कतिपय प्रश्नहरूमा खुला बहस पनि चलाउने भनेका छन्, तर त्यो खुला बहस एक प्रकारको नौटङ्की वा प्रहसनभन्दा बढी केही हुने छैन ।

    त्यसपछि जुन महाधिवेशन हुनेछ त्यसमा अहिले केन्द्रीय कमिटीमा उनीहरूको सङ्ख्याको अनुपातअनुसार नै महाधिवेशनमा उनीहरूका प्रतिनिधिहरूको सङ्ख्या अत्यन्त न्यून हुनेछ । त्यो अवस्थामा महाधिवेशनमा जे जति निर्णयहरू हुनेछन्, ती सबै वैद्य समूहका पूर्व नीतिहरू अनुसार नै हुनेछन् र तिनीहरूलाई स्वीकार गर्नु बाहेक सन्तबहादुर समूहको अगाडि कुनै विकल्प बा“की रहने छैन । त्यो कुरामा उनीहरूले (सन्तबहादुर समूहले) बुझेका पनि छन् ।

    त्यसैले, प्रथमतः, उनीहरुले सुरूदेखि नै वैद्य समूहमा सामेल हुने योजनाअनुसार नै ने.क.पा.(मसाल)मा फुट पारेको हुनाले र, द्वितीय, वैद्य समूहमा विलय हुनु बाहेक स्वयं आफ्नो अस्तित्व जोगाउनका लागि उनीहरूको अगाडि कुनै आधार बाँकी नरहेको हुनाले उनीहरूले राजनीतिक र सङ्गठनात्मक दुई प्रकारले वैद्य समूहका अगाडि आत्मसमर्पण नै गरेका हुन् ।

    एउटा उखान छ ‘दाइको लाहुर भैरहवासम्म’ त्यही उखान सन्तबहादुर समूहबारे पनि चरितार्थ भएको छ । पार्टीभित्र अन्तरसंघर्ष चलाउने बेलामा उनीहरुले ठूला ठूला क्रान्तिकारी कुराहरु गरेका थिए । तर उनीहरुको त्यो सबै क्रान्तिकारी कुरा भैरहवासम्मको लाहुरमा गएर टुंगिएको छ ।

    बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.