• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वामपक्षीय नीति वा प्रतिगमनपरस्त सोचाइ ?


  •   बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
  • रामप्रकाश पुरी

    Advertisement

    का. सन्तबहादुर नेपालीले आफ्नो समूहको राष्ट्रिय भेलापछि एउटा वक्तव्य जारी गर्नुभएको छ । हामीले उक्त वक्तव्यमा उहाँले प्रकट प्रस्तुत गरेको एउटा दृष्टिकोणबारे विशेष ध्यान राख्न चाहन्छौँ । उक्त वक्तव्यमा वर्तमान गठबन्धनबारे यो दृष्टिकोण प्रस्तुत गरिएको छ : ‘काग्रेस समेतको गठबन्धन र एमाले सहितको गठबन्धनमा केही फरक पनि छ । अहिलेको गठबन्धनमा थोरै भएपनि वाम पक्षीय नीति भएका दलहरुको वर्चस्व छ । त्यसकारण तुलनात्मक रुपले सकारात्मक छ ।’

    वाम पक्षीय नीति भएका दलहरूको वर्चस्व’ भनेर उहाँले माओवादी केन्द्र, एमाले र समाजवादीप्रति लक्षित गरेको स्पष्ट छ । एमालेले केपी ओलीको नेतृत्वमा प्रतिगमनको नेतृत्व गरेको थियो । ओलीका संविधान, संसदीय व्यवस्थाका मूल्य, सर्वोच्च अदालतका निर्णय विपरितका गतिविधिलाई समकालीन राजनीतिले राम्रोसँग देख्न सक्दछ ।

    उनको त्यस प्रकारको प्रतिगमनकारी कार्यका विरुद्ध संघर्ष गरेका पक्षलाई कमजोर बनाउन ओलीले राजावादी लगायतका विभिन्न प्रतिगामी तत्वहरुसित गठजोड गरेको कुरा पनि इतिहाससिद्ध छ । पछिल्लो गठबन्धनमा उनले राजावादी शक्तिलाई पनि सामेल गर्ने प्रयत्न गरेका थिए तर त्यसमा उनी सफल भएनन् । गत कालमा सम्पन्न भएका विभिन्न तहका चुनावमा उनको कार्यगत एकता राजावादी लगायतका प्रतिगामी तत्वहरुसित नै भएको थियो ।

    यसरी एमालेले समग्रमा प्रतिगमनका लागि भूमिका खेल्दै आएको छ र अहिले पनि त्यसको मुख्य झुकाव प्रतिगमनतर्फ नै छ । त्यो सन्दर्भमा तत्कालीन प्रधानमन्त्री केपी ओलीद्वारा उठाइएका प्रतिगमनकारी कदमलाई अहिले सही प्रमाणित गर्नका लागि त्यसले बारम्बार गरेका प्रयत्नको अर्थ यो हुन्छ कि गणतन्त्र वा धर्मनिरपेक्षताप्रति त्यसले जतिबेला पनि विश्वासघात गर्न सक्दछ ।

    यस प्रकारको पारदर्शी विषयमाथि दृष्टि पु¥याउन नसकेर का. सन्तबहादुरले सत्ता स्वार्थको दाउपेचमा गणतन्त्र र धर्मनिरपेक्षतालाई लिलाममा राख्न सक्ने एमालेलाई वाम पक्षीय नीति भएको दलको रूपमा बुझ्दै अहिलेको गठबन्धनलाई ‘तुलनात्मक रुपमा सकारात्मक’ बताउनु भएको छ ।

    वाम पक्षीय नीति भएका, प्रजातान्त्रिक वा लोकतान्त्रिक शक्तिहरूले पनि प्रतिगमनको बाटो लिन्छन् र त्यो अवस्थामा तिनीहरुको त्यस प्रकारको नीतिका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकतालाई उहाँले देख्न सक्नु भएको छैन । त्यसैले ‘वाम पक्षीय नीति भएको दल’ भएकोले अहिलेको गठबन्धन सकारात्मक भएको निष्कर्षमा पुगेर विगतको उहाँहरुको प्रतिगमनपरस्त सोचाइबाट अहिले पनि टाढा जान सक्नु भएको छैन ।

    त्यसरी प्रतिगमनपरस्त सोचाइबाट टाढा जान नसकेको भएपनि उहाँको समूहको राजनीतिक प्रतिवेदनमा ‘राजतन्त्र फर्काउन चाहने अहिले कतिपय प्रतिगामी तत्वहरु, बहुलराष्ट्रको नाममा देश विखण्डन गर्न चाहने तत्वहरु सडक संघर्षमा भएको’ भनेर स्वीकार गरिएको छ ।

    तर तिनै तत्वहरुका मतियार भएर प्रतिगमनप्रति झुकाव राखिरहेको एमालेलाई भने ‘वाम पक्षीय नीति भएको दल भनेर चोख्याउँदै अहिलेको गठबन्धनलाई सकारात्मक बताउनु हास्यास्पद मान्नु पर्दछ ।

    बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.