• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पशुपन्छीसम्बन्धी कानुनी अधिकार र कसुर


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • सन्जीवकुमार श्रेष्ठ ##

    Advertisement

    पशुपन्छी भन्नाले हामीले सामान्य तबरमा उड्ने, घस्रने, चार खुट्टाले टेकेर हिँड्ने जनावर भनी अड्कल गर्न सकिन्छ ।

    अहिलेको समयमा आएर मानिससरह पशुपन्छीको पनि कानुनी अधिकार पाएका तथा पाउनुपर्छ भनी अधिकारकर्मीहरू सङ्घर्ष गरिरहेका छन् । पशुलाई निजी सम्पत्ति मानिन्छ । त्यसका बाबजुद पशुपन्छीको सम्मान गर्नु मानिसको कर्तव्य हो । अमानवीय व्यवहार गर्न मिल्दैन भनी कैयौ संरक्षण गर्ने नियमकानुन बनिसकेका छन् ।

    परम्परागत रूपमा पशुलाई मानिसको निजी सम्पत्ति मानिन्थ्यो र जुनसुकै प्रकारको व्यवहार गर्न पाउने छुट मानिसमा हुन्छ भन्ने मान्यता राखिन्थ्यो तर अहिले यो मान्यतामा परिवर्तन हुँदै आएको छ । मानिसले पाल्ने पशुपन्छी जसले पालेको छ, उसको निजी सम्पत्ति भए तापनि मानिसले स्वेच्छाचारी र अमानवीय तबरबाट पशुपन्छीको पालनपोषण र प्रयोग गर्न सक्दैन । निजी सम्पत्ति भए तापनि पशुपन्छीमा जीवन रहेको हुन्छ र त्यस जीवनको सम्मान गर्नु मानिसको कर्तव्य हो । त्यसकारण मानिसको व्यक्तिगत सम्पत्ति हो भन्दैमा अन्य निर्जीव सम्पत्ति जस्तो पशुपन्छीलाई अमानवीय व्यवहार गर्न मिल्दैन । प्राण हुने भएकाले पशुपन्छीमा पनि मानिसमा जस्तै भावना हुन्छ । मानिसमा जस्तै पीडा, आनन्द, डर, निराशा वा हतासालगायतका मनोविज्ञान जनावरमा पनि रहेका हुन्छन् ।

    हामी बाँचिरहेको पृथ्वी सबै जीवजनावरको साझा घर हो । चेतना र विवेकको हिसाबबाट मानव समुदाय अन्य जीवजनावरभन्दा श्रेष्ठ भए तापनि यस पृथ्वीमा सम्मानपूर्वक बाँच्न पाउने हक हरेक जीवजन्तुमा रहेको हुन्छ । धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय रूपमा मानव समुदाय र अन्य प्राणीको बिचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भने मानिसलगायतका प्रकृतिमा रहेका अन्य पशुपन्छी तथा जीवको जीवन्त उपस्थितिले नै पर्यावरणीय चक्र सञ्चालन भइराखेको हुन्छ । यीमध्ये कुनै जीवजन्तु लोप हुँदा त्यसले पर्यावरणीय सन्तुलन नै खलबलिन सक्छ ।

    पशुपन्छी र मानव एकार्काका परिपूरक हुन् । हाम्रो समाजको सांस्कृतिक धार्मिक र पर्यावरणीय रूपमा स्वीकार गरिएको छ । साथै चाडपर्व तथा उत्सवमा यसको पूजा तथा सम्मान गरिन्छ । परम्परा, चलन, धर्मसंस्कृतिको नाममा वा अन्य विभिन्‍न बहानामा पशुबली चढाउने वा हिंसा गर्ने वा अन्य कुनै प्रकारको दुःख दिने कार्यलाई रोक्‍ने जिम्मेवारी निर्विवाद रूपमा कार्यपालिकाको हो ।

    त्यसैगरी, फिलिपिन्समा सन् २००३ मा आयोजना गरेको सम्मेलनले पशुकल्याणसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्रका लागि आधार तय गरेको थियो । सन् २००२ मा जर्मनीले आफ्नो संविधान संशोधन गरी पशुको अधिकार सुनिश्चितता गरी सो गर्ने पहिलो युरोपियन राष्ट्र बनेको छ । स्विटजरल्यान्ड, अस्ट्रिया, स्लोभाकिया जस्ता देशले पनि कानुन लागु गरी पशुकल्याणलाई देशको संविधानमा समावेश गरी पशुधनीको सम्पत्तिको हक र पशुको अनावश्यक पीडा, डर र त्रासबाट स्वतन्त्र हुने अधिकारलाई सन्तुलनमा राखेको छ । त्यसैगरी, पशुकल्याण ऐनले पनि पशुलाई पीडा र तनावबाट सुरक्षित राख्‍ने व्यवस्था गरेको छ ।

    स्विटजरल्यान्डले सन् २००५ मा पशुकल्याण र मर्यादाको संरक्षण गर्ने उद्देश्यले पशु कल्याण ऐन जारी गरेको छ । बेलायतले पशुअधिकारको संरक्षण गर्ने उद्देश्यले पशु कल्याण ऐन–सन् २००६ जारी गरेको छ । भारतले सन् १९६० मा नै द प्रिभेन्सन क्रुयल्टी टू एनिमल्स एक्ट जारी गरेको देखिन्छ ।

    अमेरिकाले सन् १९६६ मा नै जारी गरेको पशुकल्याण ऐन–सन् १९६६ मा पशुउपरको व्यवहार, शोध वा अनुसन्धान कार्यमा यसको प्रयोग तथा पशुको कल्याणकारी व्यवस्थापन सम्बन्धमा व्यवस्था गरिएको छ भने जापानले सन् १९७३ मा जारी गरेको वेलफेयर एन्ड म्यानेजमेन्ट अफ ऐनिमल्स एक्ट–१९७३ ले गाई, घोडा, बाख्रा, भेडा, कुकुरलगायतका सबै प्रकारका घरपालुवा जनावर तथा चराचुरुङ्गीउपर पीडा पुर्‍याउन नहुने, क्रूर व्यवहार गर्न नपाइने र उचित कारणबिना त्यस्तो कार्य गर्नेलाई अवस्थाअनुसार एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ ।

    अफ्रिकी मुलुक केन्याले पशुविरुद्ध हुने क्रूर व्यवहारलाई निरोध गर्नको लागि सन् १९६२ मा नै प्रिभेन्सन अफ क्रुयल्टी टू एनिमल्स एक्ट–१९६२ जारी गरेको छ । पशु अधिकारको सम्बन्धमा व्यवस्था गर्ने अन्तर्राष्ट्रिय दस्तावेजको सम्बन्धमा उल्लेख गर्नुपर्दा जैविक विविधता महासन्धि–सन् १९९२ ले विश्‍वको बढ्दो जनसङ्ख्याका लागि आवश्यक खाना, स्वास्थ्य र अन्य आवश्यकता परिपूर्ति गर्नको लागि जैविक विविधताको संरक्षण र दिगो प्रयोगको महत्त्वप्रति सचेत रहनुपर्ने कुरालाई प्रस्तावनाले नै जोड दिएको देखिन्छ ।

    भारतको सर्वोच्च अदालतले अ नागराज एन्ड अडरल भर्सेज एनिमल्स वेलफेयर बोर्ड अफ इन्डियामा पशुको सम्मानपूर्वक बाँच्न पाउने अधिकारसहितको पाँच आधारभूत अधिकारलाई आत्मसात गर्दै पशुमाथिको क्रुरतालाई रोक्न निर्देशन दिएको देखिन्छ । कस्वस्थ तथा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार, अनावश्यक पीडा विरुद्ध मानव समुदायबाट संरक्षण पाउने अधिकार, खाना र बासस्थानको अधिकार, सम्मानपूर्वक बाँच्न तथा उचित व्यवहार पाउने अधिकार र पशुमाथि मानव समुदायले गर्ने यातना र अनावश्यक पीडा विरुद्धको अधिकारलाई उक्त मुद्दामा उल्लेख गरेको पाइन्छ ।

    त्यस्तै, पशु अधिकार र कल्याणका लागि विभिन्न देशले कानुनी व्यवस्था गरेका छन् । भारतको सर्वोच्च अदालतले नेपालको गढिमाई मेलामा हुने पशुवधको कहालीलाग्दो अवस्थालाई निरुत्साहित पार्न गौरी मौलेखी भर्सेज स्टेट अफ उत्तराखण्ड एन्ड अदर्स, रिट पिटिसन (पी.आई.एल.) नं. ७३ अफ २०१० को मुद्दामा आदेश जारी गरेको छ र यस्तै विभिन्‍न मुद्दामा महŒवपूर्ण निर्णय भएको छ ।

    पशु स्वास्थ्यसम्बन्धी विश्व सङ्गठनले निर्धारण गरेको मापदण्डमा सम्पूर्ण पशु जगत्लाई पाँच प्रकारको स्वतन्त्रता रहने उल्लेख छ । त्यसमा भोक, तिर्खा र कुपोषणबाट स्वतन्त्रता, शारीरिक तथा उष्णीय वा तापीय असहजताबाट स्वतन्त्रता, पीडा, चोटपटक र रोगबाट स्वतन्त्रता र आफ्नो प्राकृतिक स्वभाव अभिव्यक्त गर्ने स्वतन्त्रता हुने भनी उल्लेख गरेको पाइन्छ ।

    त्यसैगरी, अर्को छिमेकी चीनमा सन् १९९९ मा पशुकल्याण ऐनको व्यवस्था गरी पशुका विरुद्ध हुने अत्याचारलाई दण्डनीय बनाइएको पाइन्छ ।

    सन्दर्भ सामग्री

    नेपालको संविधान–२०७२

    मुलुकी ऐन–२०७४

    मुलुकी अपराध संहिता २०७४

    नजिर : सर्वोच्च अदालत, संयुक्त इजलास ०७३–ध्इ–००२२ फैसला मिति २०७४/०९/१२, ५७६१ भाग : ६१ साल : २०७६, महिना : असार अङ्क : ३ फैसला मिति : २०७४/०९/१२ 

    मुद्दा : परमादेश निवेदक : ललितपुर जिल्ला कार्यविनायक न.पा. वडा नं. ६ स्थित स्नेहाज केयरकी अध्यक्ष ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा. वडा नं.३० बस्ने यमुनाकुमारी श्रेष्ठ विरुद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा  मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँसमेत पशुपन्छीलाई अन्य निर्जीव सम्पत्ति जस्तो अमानवीय व्यवहार गर्न नमिल्ने ।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.