काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
Advertisement
२०८० चैत २४ गते शनिबार मुख्यमन्त्रीमा नियुक्त महराले राजधानी दाङ देउखुरीमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
मुख्यमन्त्री महरासँगै तीनजना मन्त्रीले पनि शपथ लिएका छन् ।
एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र माओवादी केन्द्रका दीपेन्द्र पुनले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू सबैजनालाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।
लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि महराले दाबी पेस गरेका थिए ।