• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

फुटपरस्त कामरेडहरुको मसालमा पुनः फुटका लागि ‘अपिल’


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • बासुदेव पोख्रेल

    Advertisement

    कामरेड सन्त बहादुरजीको हाँक टुडेमा २०८० चैत्र २१ मा प्रकाशित ‘सन्दर्भ : मसालको नवौं महाधिवेशन’ शिर्षकको लेखको अन्तमा लेखिएको छ, ‘नवौं महाधिवेशनको सफलताको अग्रिम शुभकामना ।’ तर त्यो शुभकामना कति कपोटपूर्ण छ ? त्यो लेखमा लेखिएको कुराबाट प्रष्ट हुन्छ ।

    त्यो लेखमा मुख्य रुपले नेकपा (मसाल)को नवौं महाधिवेशनमा त्यो पार्टीमा फूटका लागि आह्वान गरिएको छ । त्यस सिलसिलामा त्यो लेखमा लेखिएको छ, ‘हामी यो पनि आशा गर्दछौं कि, मसालका क्रान्तिकारी कार्यकर्ताहरूले पार्टीलाई क्रान्तिकारी दिशामा फर्काउने प्रयत्न गर्नेछन् । यदि त्यो सम्भव भयो भने हामी पुनः एउटा विशाल पार्टी निर्माण गर्न पनि सफल हुनेछौं ।’

    मसालको आठौं महाधिवेशनले पारित गरेको लाइनलाई दक्षिणपन्थी बताएर उहाँहरूले पार्टीलाई फुटाउनु भएको थियो । अहिले उहाँहरूले मसालका कार्यकर्ताहरूलाई यो आह्वान गर्नुभएको छ कि, पार्टीको अहिलेको नीतिलाई फर्काएर पुनः उहाँहरूको लाइन अनुसार नीति अपनाउनु पर्छ र उहाँहरूसित पार्टी एकता गरेर विशाल पार्टी बनाउनु पर्छ ।

    उहाँहरूले नेकपा (मसाल)को आठौं महाधिवेशनको पालामा पार्टीले अपनाएको शान्तिपूर्ण आन्दोलन र चुनावको उपयोगको नीतिलाई दक्षिणपन्थी बताउनु भएको थियो । पूर्व माले र माओवादीले पनि पूर्व चौम र मसालको नीतिलाई दक्षिणपन्थी बताएका थिए । तर, मसालबाट फुटेर गएपछि उनीहरूले ‘उग्रवामपन्थी’ प्रकारको भए पनि सशस्त्र संघर्ष शुरु गरेका थिए र चुनावको समेत बहिष्कार गरेका थिए । त्यसरी उनीहरूले जे भनेका थिए, त्यसमा इमान्दारिता थियो ।

    तर, मसालका नयाँ फूटपरस्त साथीहरूले सशस्त्र संघर्ष र चुनावको बहिष्कारको कुरा गरेर चितवनको आफ्नो भेलामा शान्तिपूर्ण आन्दोलनको नीति अपनाउने र चुनावको उपयोग गर्ने नीति अपनाउनु भएको थियो । त्यस पछि उहाँहरूले स्थानीय चुनावमा एउटा वडामा पनि विजय प्राप्त गर्न सक्नु भएन । त्यसरी आफ्नो त्यसप्रकारको पराजय पछि उहाँहरूले चुनावको बहिष्कार गरेर आफूलाई क्रान्तिकारी देखाउने प्रयत्न गरि रहनुभएको छ । त्यसरी उहाँहरूको क्रान्तिकारीताको नीति ‘वामपन्थी लफ्फाजी’ मात्र भएको कुरा छर्लंग छ ।

    उहाँहरूले आफ्नो नीति क्रान्तिकारी भएको दावी गरि रहनुभएको छ । तर अहिलेसम्म उहाँहरूको सम्पूर्ण क्रान्तिकारीता मसालको विरोध गर्ने, त्यसलाई सकेसम्म फुटाउने र त्यसलाई ध्वस्त पार्न पूरै शक्ति लगाउनेसम्म मात्र सिमित छ । त्यो बाहेक उहाँहरूले यो बीचमा गरेको राजनीतिक महत्वको कुनै एउटा मात्र उदाहरण दिन सक्नुहुन्छ ? त्यो अवस्थामा उहाँहरूले आफूलाई नेकपा (मसाल) को मित्र शक्ति बताउनु पनि हास्यस्पद कुरा हो । मसाललाई फुटाउन र त्यसलाई ध्वस्त गर्न रात दिन दौडधुप गर्ने कार्य उहाँहरूको मसालप्रतिको शत्रुतापूर्ण नीति रहेको कुरामा कुनै शंका रहन्न ।

    उहाँहरूले आफ्नो समूहलाई ‘नेकपा (मशाल)’ नै भएको दावी गर्नुहुन्छ । तर, यो सबैलाई थाहा भएको कुरा हो कि मसालबाट फुटेर जाने पहिलेका सबै समूहहरूले आफूलाई नै सच्चा मसाल भएको दावी गर्ने प्रयत्न गरेका थिए । तर, अब तीनीहरू मध्य कसैको पनि अस्तित्व छैन । अहिलेका हाम्रा फुटपरस्त साथीहरूले पनि कहिलेसम्म त्यस प्रकारको नौटंकी गरिरहनु हुन्छ आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ ।

    उहाँहरूले तत्कालिक नेकपा (क्रान्तिकारी माओवादी) तथा नेकपा (बहुमत) सित पार्टी एकता गर्ने कोशिस गर्नुभएको थियो । तर उहाँहरूको त्यो प्रयत्न सफल हुन सकिरहेको छैन । अहिले पनि उहाँहरूले त्यसप्रकारको प्रयत्न जारि राख्नु भएको छ । उहाँहरूले यो कुरा राम्ररी बुझिसक्नु भएको छ कि, एक्लै रहेर आफूहरूको अस्तित्व कायम रहन सक्दैन । त्यसैले कतै न कतै एकता गर्ने वा आफूहरूलाई विलय गर्ने उहाँहरूको प्रयत्न अहिले पनि भइरहेको छ ।

    उहाँले नेकपा (मसाल)ले उहाँहरूलाई मान्यता नदिएको भनेर लेख्नुभएको छ । तर, नेकपा (मसाल) बाट फुटेपछि उहाँहरूको वेग्लै अस्तित्व नै कायम हुन सकेको छैन । कुनै पनि पार्टीबाट फुटेर वा नयाँ संगठन बनाएर कसैले पार्टी बनाउने प्रयत्न गर्ने बित्तिकै स्वतः त्यसको अस्तित्व कायम हुन सक्दैन । कैयौं वर्षको लामो प्रक्रियामा गएपछि नै त्यसमा स्थायित्व वा स्थिरता आउँछ । नेकपा (मसाल) बाट मात्र होइन, अन्य पार्टीहरूबाट फुटेका वा नयाँ बनेका संगठनहरूबारे पनि यहि कुरा सत्य हो ।

    त्यसैले अहिले क. सन्त बहादुरहरूले बनाएको समूहमा स्थीरता आउने छ वा छैन, कतै विलय हुनेछ वा हराएर जाने छ ? त्यो कुरा स्पष्ट भएपछि नै त्यसलाई मान्यता दिने वा नदिने कुराबारे विचार हुनसक्ने छ । नेकपा (मसाल) बाट फुटेर गएको उहाँहरूको समूहको नीति शुरुदेखि नै प्रतिगामी दिशाउन्मुख रहेको छ भनेर मसालले पटक पटक स्पष्ट गर्दै आएको छ । अहिले सन्त बहादुर जीले प्रकाशित गरेको लेखबाट पनि त्यो कुरा प्रष्ट हुन्छ ।

    उहाँले आफ्नो लेखमा विद्यमान गणतन्त्रलाई प्रतिक्रियावादी नै बताउनु भएको छ र त्यसलाई समाप्त गर्ने कुरामा जोड दिनुभएको छ । त्यसरी उहाँहरूको त्यो नीति गणतन्त्र विरोधी राजावादीहरूको अभियानसित नै मिल्दछ । उहाँले प्रतिगमनको खतरा वा त्यसका विरुद्धको संघर्षको आवश्यकतालाई सिधै विरोध गर्नुभएको छ । यसरी उहाँहरूले क्रान्तिकारी नीतिको चर्को कुरा गरेपनि उहाँको त्यो नीतिले व्यवहारमा राजावादीहरूको नै सेवा गर्दछ ।

    एकातिर क्रान्तिकारीताको चर्को कुरा र अर्कातिर राजावादीहरूको प्रतिगामी नीतिको सेवा यो नै उहाँहरूको राजनीतिको निचोड हो । मसालले एकातिर प्रतिगमनका विरुद्ध संघर्ष र प्रतिगामी खतराबाट गणतन्त्रलाई रक्षा गर्ने कुरामा जोड दिएको हुनाले नै उहाँहरूको दृष्टिकोणमा मसालको नीति ‘दक्षिणपन्थी’ बन्न गएको छ । उहाँहरूले त्यो पार्टीको नवौं महाधिवेशनका लागि यो शुभकामना दिनुभएको छ कि, मसालका कार्यकर्ताहरूले उहाँहरूको प्रतिगमन दिशाउन्मुख राजनीतिक लाइनलाई अपनाउन् र मसालमा फुटपारेर उहाँहरूसित मिलेर ‘विशाल पार्टी’ को निर्माण गरुन् ।

    उहाँहरूले मसाल उहाँहरूसित एकता गर्न तयार नभएको भनेर आलोचना गर्दै आउनु भएको छ । उहाँहरू फुटेर गएपछि एक पटक मसाल र उहाँहरूका बीचमा पार्टी एकताको प्रक्रिया पनि शुरुभएको र त्यसका लागि एउटा कार्यदल पनि बनेको कुरा थाहा भएको थियो । तर, त्यसका लागि उहाँहरूले यो सर्त राख्नुभएको थियो, ‘पार्टीको आठौं महाधिवेशन र त्यसले गरेका सबै निणर्यहरू खारेज हुनुपर्दछः आठौं महाधिवेशनले चुनेको केन्द्रीय समिति सहित त्यसका तल्ला स्तरका सबै समितिहरू भंग हुनुपर्दछ ? मसाल र उहाँहरू समेतको एउटा कार्यदल बनाएर आठौं महाधिवेशन पुनः सम्पन्न गरिनु पर्दछ आदि ।’

    उहाँहरूका त्यसप्रकारका सर्तहरूका कारणले त्यो एकता वार्ता भंग भएको कुरा थाहा हुन आएको थियो । अहिले पनि मसालले भनेको छ कि, पार्टीबाट फुटेर गएका सबै सदस्यहरूलाई त्यसले स्वागत गर्नेछ । तर, त्यसका लागि उहाँहरूले आठौं महाधिवेशले पारित गरेको विधान र अनुशासन अन्तर्गत नै बस्ने गरेर आउनु पर्दछ । तर उहाँहरूले आफ्ना पहिलेका जस्ता सर्तहरू दोहोर्‍याउनु भयो भने त्यो एकताको नीति नभएर फुटको नीति हुनेछ र अहिले सन्त बहादुर जीहरूले त्यही प्रकारको फुटको नीति अपनाएको देखिन्छ । सन्त बहादुर जीले लेखेको लेखबाट पनि त्यही कुरा बुझिन्छ ।

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    व्यक्तिगत स्वार्थ
    मीनराज रानाको सङ्क्षिप्त जीवनी
    घण्टीको उपहार र त्रिपुरेश्वरमा जलिरहेका गणेश

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.