• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बलियो पार्टी भनेको के हो ?


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • समीर सिंह ##

    Advertisement

    जर्मनीमा भएको दार्शनिक सेमिनारमा गएको बेला विभिन्न देशका व्यक्तिहरूले मलाई सोध्ने गर्दथे– ‘तपाईंको पार्टी नेपालमा कति बलियो छ ?’

    मेरो जवाफ हुने गर्दथ्यो– ‘हाम्रो पार्टी नेपालमा भन्दा भारतमा बलियो छ ।’

    पार्टीको सङ्गठनात्मक संरचनाको आधारमा होइन कि विश्वदृष्टिकोणको आधारमा मेरो यस प्रकारको जवाफ हुने गर्दथ्यो । १४ दिनसम्म त्यहाँको सेमिनारमा सहभागी भएपछि मेरो विश्वदृष्टिकोणमा पनि केही फरक आउँदै गइरहेको थियो । त्यही दृष्टिकोणका तथा बुझाइका आधारमा मेरो त्यस प्रकारको जवाफ हुने गर्दथ्यो ।

    कस्तो पार्टीलाई बलियो पार्टी भन्ने ? यो बहसको विषय हुने गर्दछ । यो प्रश्नको सन्दर्भमा दार्शनिक सेमिनारको निष्कर्ष यो हुने गर्दथ्यो– ‘निम्न पुँजीवादी दृष्टिकोणबाट प्रभावितलाई सङ्गठित गरेको पार्टीलाई बलियो पार्टी भन्न सकिँदैन ।’

    यही दृष्टिकोणको आधार तथा क्रियाशीलताको आधारमा जर्मनीको कम्युनिस्ट पार्टी एमएलपिडीले विद्यार्थी, बुद्धिजीवी जस्ता सङ्गठन नबनाउँदो रहेछ । विशेष गरेर मजदुर सङ्गठनलाई बलियो बनाउने दिशामा उनीहरू क्रियाशील हुँदा रहेछन । यस प्रकारको भूमिकाको आधारमा उनीहरूको पार्टी दिनप्रतिदिन बलियो हुँदै गइहेको रहेछ । त्यो पार्टी कहिल्यै फुट र विभाजनको शिकार हुनु परेको अवस्था पनि छैन ।

    ‘नेपालमा हामीले विद्यार्थी तथा बुद्धिजीवी सङ्गठन पनि बनाउँछौँ’ भन्दा उनीहरू अचम्म मान्दथे । उनीहरूको बुझाइ के रहेछ भने विद्यार्थी तथा बुद्धिजीवीलाई पार्टीकरण गर्दा पार्टी झनै कमजोर हुन्छ । उनीहरूको पार्टी नेतृत्व पनि सानैदेखि बाल सङ्गठनमा काम गर्दै त्यसपछि लामो समय मजदुर सङ्गठनमा खारिएपछि मात्र चयन गरेका रहेछन् ।

    दार्शनिक सेमिनारमा सुनेको छलफलको आधारमा मैले पनि ‘हाम्रो पार्टी नेपालमा भन्दा भारतमा बलियो छ’ भनेँ किनकि नेपालमा हाम्रो पार्टीको सङ्गठन प्रायः विद्यार्थी, शिक्षक, बुद्धिजीवीको बिचमा हुन्छ तर भारतमा मजदुरको बिचमा हुन्छ । त्यस आधारमा मेरो जवाफ यो हुने गर्दथ्यो– ‘नेपाल भन्दा भारतमा हामी बलियो छौँ ।’

    बलियो पार्टी सङ्गठन भनेको के हो ? यो विषयमा हरेक मानिसको बुझाइ फरक फरक हुन्छ । चोरहरूको सङ्गठन बनाउनुप¥यो भने त्यहाँ जति धेरै साधु भए पनि त्यसको कुनै महŒव हुँदैन । त्यस प्रकारको सङ्गठनको लागि एकदमै दक्ष चोरको सङ्ख्या जति धेरै भयो, त्यति नै सङ्गठन बलियो हुन्छ । धेरै मात्रामा चोरी गर्नु रणनैतिक उद्देश्य हो तर त्यो सङ्गठनमा साधु मात्र भर्ती गरियो भने निर्धारित रणनीतिको उदेश्य पूरा नहुन सक्छ । यसरी अत्यधिक साधुहरू भर्ती गरेर चोरको सङ्गठन बनाइयो भने त्यसलाई कमजोर सङ्गठन भन्नुपर्ने हुन्छ । त्यस्तै, साधुहरूको सङ्गठन बनाउनुप¥यो भने त्योभन्दा फरक स्वभावको मानिस चाहिने भयो ।

    कुनै राजनैतिक पार्टीको सन्दर्भमा कुरा गर्ने हो भने हरेक पार्टीका आआफ्ना रणनीति र कार्यनीति हुन्छन् । कार्यनीतिको उदेश्य, रणनीतिको सेवा गर्ने तथा त्यसलाई आधार बनाउने प्रकारको हुनुपर्दछ । यदि कुनै पार्टीको रणनीति संसदीय राजनीति मात्र हो भने जस्तोसुकै मानिसलाई समेटेर सङ्गठन निर्माण गर्न सकिने भयो । त्यो सङ्गठनमा तस्कर, भ्रष्टाचारी, जनविरोधी, राष्टघाती जो पनि अटाउन सक्ने भयो । ठुला ठुला भ्रष्टाचारी र अपराधीलाई सङ्गठनमा समावेश गर्न सकियो भने आगामी चुनावमा विजय प्राप्त गर्न आधार तयार हुन सक्छ तर कुनै पार्टीको रणनीति, जनवादी क्रान्ति तथा चुनाव कार्यनीतिक विषय मात्र हो भने रणनीतिलाई आधार बनाउँदै सङ्गठनात्मक संरचनाको निर्माण गरिनुपर्दछ ।

    यस प्रकारको मान्यताको आधारमा कुन पार्टीलाई बलियो भन्ने त ? प्रष्ट जवाफ छ, त्यो पार्टीको साङ्गठनिक संरचना रणनीतिक उदेश्यअनुरूप छ कि छैन ? कुनै पार्टीको रणनीति भनेको संसदीय राजनीति मात्र हो । त्यो अवस्थामा चुनाव जितेर जसरी पनि सत्तामा पुग्ने, बढीभन्दा बढी भ्रष्टाचार र कमिसनको आधारमा आगामी चुनावका लागि खर्चको चाँजोपाजो मिलाउने आदि विषयले महत्त्त्व पाउँछ अनि त्यहीअनुसारको सङ्गठनात्मक संरचना निर्माण गर्नुपर्ने हुन्छ । त्यसरी सङ्गठन निर्माण गर्न सकियो भने त्यो पार्टीलाई बलियो भन्नुपर्ने हुन्छ ।

    कुनै पार्टीले संसदीय चुनावलाई नयाँ जनवादी क्रान्तिको आधार तयार पार्ने कार्यनीतिको रूपमा मात्र लिन्छ भने त्यसको सङ्गठनात्मक संरचना पनि त्यही प्रकारको हुनुपर्दछ । यस प्रकारको पार्टीको लागि मानिसको भिडभन्दा पनि अनुशासित र मिलिटेन्ट क्रान्तिकारीको सङ्गठनको बढी महŒव हुन्छ ।

    चुनावको जित र हारले क्रान्तिकारी पार्टीको लागि कुनै महŒव राख्दैन । मुख्य कुरा श्रमजीवी जनतामाथि हुने शोषण र दमनको विरुद्ध कति आन्दोलन हुन सक्यो ? देशको राष्ट्रियता र जनजीविकाको बिषयमा कति सङ्घर्ष हुन सक्यो ? सम्झौताहीन प्रकारले पार्टी सशक्त प्रकारले अगाडि बढ्न सकिरहेको छ वा छैन ? विचार र सिद्धान्तसँग सम्झौता गरेको छ वा छैन ? लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई सही प्रकारकाले अवलम्बन गरेका छ वा छैन ? माक्र्सवादी दर्शन तथा सिद्धान्तको सही प्रकारले प्रयोग हुन सकेको छ वा छैन ? यी विभिन्न प्रश्नले कुनै पनि क्रान्तिकारी पार्टी कति बलियो छ ? भन्ने कुराको निर्धारण हुन्छ । यस प्रकारको पार्टीको लागि को व्यक्ति नेतृत्वमा छ र को व्यक्ति कार्यकर्ता हो भन्ने कुराले त्यति महŒव राख्दैन । यस प्रकारको पार्टीमा एकछिनमा आवेशमा आइहाल्ने व्यक्तिले नेतृत्व गर्न सक्छ भन्ने कुरामा विश्वास राख्दैन । यस प्रकारको पार्टीमा कुनै एउटा पक्ष मात्र नभएर त्यो व्यक्तिको हरेक कुराको विश्लेषण गरेर तथा जनवादी केन्द्रीयताको मूल्यमान्यताको आधारमा नेतृत्वको चयन हुन्छ ।

    एउटा क्रान्तिकारी पार्टीको लागि रणनीतिक उद्देश्य पूरा गर्न निर्धारित कार्यनीतिले कति सहयोग गरेको छ ? त्यो नै मुख्य कुरा हो ।

    सत्तामा जाने अनि भ्रष्टाचार र कमिसनमा रमाउने हो भने संसदीय रणनीतिलाई सहयोग त गर्दछ तर त्यस प्रकारको कार्यनीतिले क्रान्ति र परिवर्तनको आन्दोलनलाई झनै कमजोर बनाइरहेको हुन्छ । क्रान्तिकारी पार्टीको लागि यस प्रकारको साङ्गठनिक संरचनालाई एकदमै कमजोर सङ्गठनको रूपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । एउटा क्रान्तिकारी पार्टीको लागि लाखौँ मानिसको भिड जम्मा गर्नुभन्दा, चुनावमा अत्यधिक पैसा खर्च गरेर अत्यधिक मत पाउनुभन्दा थोरै मात्रामा क्रान्तिकारी दस्ताको निर्माणले ठुलो महŒव राख्दछ ।

    अझ प्राष्ट रूपमा भन्नुपर्दा यस प्रकारको क्रान्तिकारी दस्ताले क्रान्ति र परिवर्तनको रणनीतिलाई सहयोग गर्नुपर्ने हुँदा यस प्रकारको पार्टी सङ्गठनलाई बलियो सङ्गठनको रूपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • २.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ३.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ४.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ५.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ६.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ७.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ८.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.