• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शिक्षाले महिला मुक्तिमा पारेको प्रभाव


  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
  • नरमति सिँजाली ##

    Advertisement

    व्यक्ति वा समाजको विकासमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । शिक्षा नै संस्कृति र सभ्यताको जननी हो । जङ्गली युगदेखि मानव विभिन्न चरण पार गर्दै विज्ञान र प्रविधिको विकास भएको युगसम्म ल्याउनुमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको छ ।
    भौतिक चरण विकास गर्ने मानिसको मानसिक विकासमा भने पछाडि नै रहेको छ । संस्कार, संस्कृति, व्यवहारमा सभ्य मानव बन्न सकिरहेको अवस्था अहिले पनि छैन । यस्तो अवस्थामा लामो समयदेखि शिक्षाको उज्यालो भविष्यबाट वञ्चित गरिएका महिलाको अवस्था झनै जर्जर हुने नै भयो ।

    शिक्षा मानिसको नैतिक आधार पनि हो । त्यसैले शिक्षा महिलाको पनि स्वत्रः अधिकारको विषय हो । शिक्षाबाट वञ्चित भएका मानिसहरू अरू सबै किसिमका मानवअधिकार उपयोग गर्नबाट वञ्चित हुन पुग्छन् । त्यसैले कसैलाई पनि शिक्षाबाट वञ्चित गरिनु उसको सामाजिक दृष्टिले समाजसाक्षेप बनाउने, आर्थिक दृष्टिले स्वावलम्बी र आर्थिक सक्षमता प्रदान गर्ने, दार्शनिक रूपले मानवीय चिन्तनको विकास गर्ने, सांस्कृतिक दृष्टिले प्रगतिशील संस्कृति संरक्षण गर्ने, अर्थात् समग्र रूपमा सक्षम नागरिक बन्ने आदि अरू धेरै अधिकारबाट वञ्चित गरिनु हो ।

    यसरी महिलालाई अन्धकारमा राखेपछि बच्चा जन्माउने, शिक्षादिक्षा र संस्कार दिएर पालनपोषण गरी मानव निर्माण गर्ने जस्तो महत्त्वपूर्ण भूमिका रहेका जननीलाई शिक्षाबाट वञ्चित गरिनुभनेको घातक षड्यन्त्र हो । यसले महिला मात्र होइन, पुरुषलाई पनि प्रत्यक्ष असर पर्दछ ।

    महिलालाई भेदभाव गर्नु सम्पूर्ण समाज, राष्ट्र र मानवता नै अपूर्ण र अपाङ्ग हुनु हो । महिला एउटा पाङ्ग्रो मात्रै होइन, मुख्य इन्जिन नै हो । मुख्य इन्जिन नै कमजोर भएको गाडी सन्तुलित तरिकाले गुड्न सक्दैन । त्यही गाडीमा बसेको पुरुष पनि आफू मात्र समृद्ध मानव बन्न सक्दैन । त्यसरी पुरुष पनि अपूर्ण र खोक्रो बन्न पुग्छ । शरीर मात्र मोटायो, बुद्धि, विवेकले काम गर्न सकेन भने त्यसको अर्थ हुँदैन । यसरी त कसैले विकास गरेको शिक्षाले शरीर विकास हुन्छ तर मानसिक विकास हुन सक्दैन । यसको मूल कारण संसारको आमाजति अशिक्षित हुनु नै हो भन्ने बुझ्नुपर्दछ । अबदेखि वर्तमान समाजले महिलाका लागि शिक्षाको आवश्यकता महसुस गरेर उनीहरूलाई शिक्षित बनाउने अभिभारालाई प्राथमिकता दिनुपर्दछ ।

    मानवजातिको समग्र उत्थानका लागि महिला र पुरुष समान रूपमा विकसित हुनुपर्दछ । त्यसका लागि समानताको नीति अपनाउनुपर्दछ भन्ने निष्कर्षमा मानव समाज पुग्यो । महिलामा स्वयम् पनि शिक्षित हुनु पाउने आफ्नो अधिकार खोसिएको र उक्त अधिकार प्राप्तिका लागि आफै जागरुक भई खोसेर लिनुपर्ने रहेछ भन्ने सचेतना बढ्दै गयो । शिक्षा नै यस्तो सशक्त हतियार हो, जसले सिङ्गो मानव समुदायमा परिवर्तन ल्याउन सक्छ । समस्या पितृसत्तात्मक संरचनामा निहित छ । यो समस्यालाई चिर्ने बाटोमा विविध जटिलताले जरो गाडिरहेको अवस्था अहिले छ ।

    शिक्षा व्यक्ति र समाजको उत्थान गर्ने एउटा प्रभावशाली साधन हो । अन्धकारबाट उज्यालोतर्फ अघि बढ्न दिशानिर्देशन शिक्षाले नै गर्दछ । शिक्षाले नै आफ्नो नैतिक अधिकारको उपयोग गरेर स्वावलम्बी, आत्मनिर्भर मानव बनेर जिउन सक्ने अवस्था तयार पार्दछ । महिलापुरुषबिचको असमान शक्तिसम्बन्धलाई समानान्तर र सन्तुलनमा राख्दै सुन्दर समाजको निर्माण गर्नु शिक्षाले योगदान दिन्छ ।

    महिला पतिको अधीनमा बस्नुपर्दछ भन्ने मानसिकता समाजमा रहेको छ । महिला कहिल्यै स्वतन्त्र हुनु हुँदैन भन्ने पिछडिएको मान्यता पनि छ । यस्ता रूढिवादी शिक्षाले महिलालाई स्वतन्त्र, आत्मनिर्भर र स्वाभिमानी मानव बन्न सघाउँदैन बरु पराधीन र कमजोर बनाउँछ ।

    हाम्रो शिक्षालाई परम्पराले थिचिरहेको छ । शिक्षालाई अहिले जति नै नयाँ शिक्षा भने पनि महाभारत, गीता, कुरान, बाइबल जस्ता प्राचीन धार्मिक ग्रन्थको प्रभावले थिचिरहेको छ । ती कुनै पनि धर्मले महिलापुरुष सम्मान ठानेको पाइँदैन । हाम्रा परम्परागत धार्मिक, सांस्कृतिक, आर्थिक, कानुनी, शैक्षिक मूल्यमान्यता र व्यवहार लैङ्गिक रूपमा विभेदकारी, दोषपूर्ण र आपराधिक प्रकृतिका छन् । त्यसो हुनाले तिनले हजारौँ वर्षदेखि विषको काम गरेर करोडौँ महिलालाई अन्धकारमा धकेलिरहेका छन् ।

    देशमा नयाँ शिक्षा लागु भए पनि मानिसको क्षमता बढाउँद्रै मानिसलाई आत्मनिर्भर गराउने गरी वैज्ञानिक शिक्षा प्रदान गरिनुको सट्टा अन्धविश्वासलाई नै प्रोत्साहन दिने शिक्षा प्रदान गर्ने कार्य जारी छ । अझै पनि हाम्रो समाजबाट बालविवाह, छाउपडी प्रथा, कमलरी, वादी, बोक्सी, झुमा, दियोको घुम्टो, दाइजो प्रथा आदि जस्ता कुप्रथा र कुसंस्कार हट्न सकेको छैन । वर्तमान शिक्षाले महिलाप्रतिको हेराइ, उनीहरूलाई गर्ने व्यवहारमा दिने मानसम्मान र मूल्यमान्यतामा परिवर्तन ल्याउन सकिरहेको छैन । यसबाट के बुझिन्छ भने वर्तमान शिक्षाप्रणालीको उक्त अव्यवस्थालाई हटाउन कोसिस गर्नु साटो अझै पनि यो वा त्यो कोणबाट यथास्थितिमा जारी राख्न चाहेको यथार्थ प्रष्ट देखिन्छ । आजको शिक्षाको जोड भनेको नै ती विभेद, कुरीति, कुसंस्कारलाई हटाउने हुनुपर्दछ ।

    महिलाको कोणबाट हेर्दा वर्तमान शिक्षाप्रणाली पक्षपातपूर्ण, रूढिग्रस्त, लैङ्गिक रूपमा विभेदकारी र अवैज्ञानिक देखिन्छ । शिक्षाको उद्देश्य भनेको सुन्दर र न्यायिक समाज अनि सिर्जनात्मक, आत्मनिर्भर, सबल र जिम्मेवार नागरिक तयार पार्नु हो । त्यसैले पितृसतात्मक वा पुरुषको अनुकूलतालाई केन्द्रमा राखेर निर्माण गरेको सम्पूर्ण शिक्षाप्रणालीमा पढ्ने/पढाउने, विषयवस्तु पाठ्यक्रममा सिक्ने÷सिकाउने तरिका शिक्षण संस्था आदि सम्पूर्ण क्षेत्रमा अमूल परिवर्तनको आवश्यकता छ । त्यसो नगर्दासम्म पाइला पाइलामा विभेदकारी अवरोधले महिलालाई अघि बढ्न दिँदैन र सबल राष्ट्रका लागि आवश्यक स्वाभिमानी, सिर्जनशील, आत्मनिर्भर समाज र राष्ट्रप्रति जिम्मेवारी नागरिक निर्माण गर्न पनि सकिँदैन र सही अर्थमा शिक्षाको उद्देश्य पनि पूरा हुँदैन ।

    आइतबार, चैत ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.