• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लेनिनवादी सङ्गठनात्मक प्रणालीका आधार


  •   मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
  • सुरेश थापा ##

    Advertisement

    स्टालिन लेख्नुहुन्छ– “माक्र्स र एङ्गेल्स र अर्कातिर लेनिनबिचको सम्पूर्ण अवधि दोस्रोे इन्टरनेसनलको अवसरवादको एकछत्र अवधि थियो ।” त्यो अवसरवादका विरुद्ध कडा र निर्मम सङ्घर्र्षको आवश्यकता थियो र त्यो महत्त्वपूर्ण अभिभारा लेनिनको काँधमा आएको थियोे । लेनिनले त्यसका विरुद्ध कडा सङ्घर्र्ष गर्नुभयो र त्यो महत्त्वपूर्ण अभिभारा सफलतापूर्वक पूरा गर्नुभयो । त्यही कठोर सङ्घर्र्षको बिचबाट लेनिनवादको विकास भयो ।

    लेनिनको सङ्घर्र्ष सिद्धान्त र राजनीतिक प्रश्नमा मात्र सीमित थिएन, उहाँले सङ्गठनात्मक प्रश्नमा पनि कडा सङ्घर्र्ष गर्नुभयो । सिद्धान्त र विचारका अतिरिक्त उहाँले सङ्गठनात्मक विषयलाई पनि महत्त्वका साथ लिनुभयो ।

    सन् १९०३ मा सम्पन्न दोस्रो पार्टी काङ्ग्रेसमा उहाँले गरेको सङ्घर्र्षले त्यो कुरालाई प्रष्ट पार्दछ । त्योे सङ्घर्र्ष अन्तत: पार्टी फुटमा परिणत भयो । महत्त्वपूर्ण कुरा त यो थियो कि त्यो सङ्घर्र्ष पार्टी कार्यक्रम वा राजनीतिको विषयमा थिएन । लेनिनको भनाइमा त्यो सङ्घर्र्ष “केवल सङ्गठनात्मक प्रश्नसँग सम्बन्धित थियो” । यो भनाइबाट लेनिनले सङ्गठनको प्रश्नलाई कति महत्त्व दिनुहुन्थ्यो भन्ने कुरा प्रष्ट हुन्छ अर्थात् क्रान्तिकारी आन्दोलनका लागि कार्यक्रम र राजनीतिका अतिरिक्त सङ्गठनात्मक प्रश्नले कति महत्त्व राख्दछ स्पष्ट हुन्छ ।

    लेनिनले क्रान्तिकारी सिद्धान्तको आलोकमा स्टालिनले भने झैँ “एक नयाँ पार्टी, एक लडाकु पार्टी, एक क्रान्तिकारी पार्टी” को आवश्यकता महसुस गर्नुभयो ।

    लेनिनको त्यो विचारलाई अरू प्रष्ट पार्दै स्टालिन भन्नुहुन्छ– “त्यस्तो साहसिलो पार्टी, जसले सत्ताप्राप्ति गर्ने सङ्घर्र्षमा सर्वहारा वर्गको नेतृत्व गर्न सक्छ–यस्तो अनुभवी पार्टी, जसले क्रान्तिकारी परिस्थितिको जटिल अवस्थामा पनि आफ्नो बाटो पहिल्याउन सक्छ र यस्तो लचिलो पार्टी, जो आफ्नो लक्ष्यप्राप्तिको बाटोमा रहेका सारा लुकेका चट्टानबाट जोगिएर अघि बढ्न सक्छ ।”

    यस्तो पार्टी नै लेनिनले निर्माण गर्न खोजेको “नयाँ पार्टी” थियो । यस प्रकारको पार्टीबिना सिङ्गो पँुजीवाद र साम्राज्यवादलाई पराजित गर्ने, समाजवादको स्थापना गर्ने र सर्वहारा वर्गको अधिनायकतन्त्र कायम गर्ने कुरालाई स्टालिनले “निरर्थक” बताउनुभयो । त्यस प्रकारको नयाँ पार्टी निर्माणसँग लेनिनको सम्पूर्ण सङ्घर्र्ष सम्बन्धित छ ।

    पार्टी काङ्ग्रेसको सङ्घर्र्ष “केवल सङ्गठनात्मक प्रश्नसँग सम्बन्धित” भए पनि लेनिनले यो कुरा स्पष्ट गर्नुभयो कि त्यो सङ्गठनात्मक प्रश्न मात्र नभएर एउटा “सैद्धान्तिक प्रश्न” सँग सम्बन्धित थियो । यसबाट सङ्गठनसम्बन्धी विषय र पार्टीभित्र चल्ने सङ्गठनात्मक सङ्घर्र्षको औचित्य र महत्त्व स्पष्ट हुन्छ । सङ्गठनात्मक विषयमा लेनिनले पार्टीभित्र जुन कडा सङ्घर्र्ष गर्नुभयो, झट्ट हेर्दा त्यो रुसको पार्टी र परिस्थितिसँग मात्र सम्बन्धित देखिन्छ । वास्तवमा त्यस क्रममा उहाँले जुन विचार प्रकट गर्नुभयो, रुसी पार्टीभित्रको विषयसँग मात्र सम्बन्धित थिएन र छैन । उहाँले प्रकट गरेका सङ्गठनात्मक विचार अन्तर्राष्ट्रिय थिए र ती सार्वभौम थिए । आज संसारभरका कम्युनिस्ट पार्टीले सङ्गठनात्मक विषयमा लेनिनले प्रकट गरेका विचारलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका रूपमा स्वीकार गर्दै आएका छन् ।

    पार्टी काङ्ग्रेसमा नियमावलीको पहिलो धारा, जसमा कम्युनिस्ट पार्टीको सदस्य कस्ता व्यक्ति हुन सक्छन् भन्ने विषय थियो, मा गम्भीर विवाद भएको थियो । वास्तवमा सङ्गठन कस्तो बनाउने भन्ने कुरा त्यसका सदस्यको छनोटमा भर पर्दछ । लेनिनले सङ्घर्र्ष त्यहीँबाट सुरु गर्नुभयो । सक्रिय, अनुशासित र जिम्मेवारी पूरा गर्ने सदस्य भए भने मजबुत र अनुशासित सङ्गठन बन्न जान्छ भन्ने लेनिनको बुझाइ थियो । बोल्सेभिक र मेन्सेभिकको बिचमा विवादको मुख्य कडी यही थियो । लेनिन “केन्द्रीकृत”, “मजबुत” र “अनुशासित” पार्टीनिर्माणको पक्षमा हुनुहुन्थ्यो, जसले लाखौँलाख रुसी जनतालाई गोलबन्द गरोस् र क्रान्तिको नेतृत्व गर्न सकोस् । त्यसका लागि उहाँले “पार्टी कार्यक्रमलाई स्वीकार गर्ने”, “पार्टीलाई आर्थिक सहयोग गर्ने” र “कुनै न कुनै सङ्गठनमा व्यक्तिगत रूपमा बसेर काम गर्ने” व्यक्ति मात्र कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्ने शर्त अगाडि सार्नुभयो । मेन्सेभिकको तर्फबाट मार्तोभले “पार्टीका अङ्गको नियन्त्रण र नेतृत्वमा पार्टीको उद्देश्यपूर्तिका लागि सक्रिय हुने” व्यक्तिलाई पार्टी सदस्यता दिन सकिने प्रस्ताव आगाडि सारे ।

    यसरी लेनिनले पार्टी सङ्गठनमा “व्यक्तिगत रूपमा सक्रिय हुने” कुरामा जोड दिनुभयो भने मार्तोभले पार्टी सङ्गठनको “नियन्त्रण र नेतृत्वमा सक्रिय हुने” कुरामा जोड दिए । बाहिरबाट हेर्दा सामान्य जस्तो मानिने मतभेद पार्टी सङ्गठन कस्तो बनाउने भन्ने गम्भीर विषयस“ग सम्बन्धित थियो ।

    मेन्सेभिकका अनुसार सङ्गठनमा बस्न अनिवार्य नहुने, जिम्मेवारी पूरा गर्ननपर्ने, अनुशासनमा बस्न नसक्ने, पार्टीका कार्यक्रम, जुलुस, सभा वा आन्दोलनमा भाग लिने सबै पार्टीसदस्य हुन सक्थे । जस्तो मार्तोभले भनेका छन्– “सबै हड्ताली, सबै प्रदर्शनकारी, आफ्नो कामको जिम्मेदारी आफूमाथि लिँदै आफूलाई पार्टीसदस्य घोषित गर्न सक्छन् ।” यसरी विद्यार्थी, बुद्धिजीवी, प्रदर्शनकारी वा हड्तालमा भाग लिनेहरू सबैले आफूलाई पार्टीसदस्य घोषणा गर्न सक्थे । यस प्रकारको “स्वघोषित” पार्टीसदस्यबाट बनेको पार्टी कस्तो हुन्थ्यो ?
    स्पष्ट छ : यस्तो नियमले खुकुलो, अराजक, एउटा बुर्जुवा “मास” पार्टी बन्थ्यो जबकि लेनिनको नियमले जिम्मेवारी पूरा गर्ने, सक्रिय तथा विचार र अनुशासनमा एक स्तर माथि उठेका सदस्यको पार्टी बन्दथ्योे । लेनिनको यो विचारले कम्युनिस्ट पार्टीलाई “सङ्गठित अग्रदस्ता” अर्थात् “क्याडर्स पार्टी” को रूपमा स्थापना गर्‍यो ।

    मार्तोभको विचारमा त्यस प्रकारका “स्वघोषित” पार्टीसदस्यले पार्टीको निर्णय, निर्देशनका साथै अनुशासनको पालना गर्नुपर्ने वा जिम्मेवारी बहन गर्नुपर्ने कुनै अनिवार्यता भएन । यसले सदस्यलाई पार्टीसँग सङ्गठनात्मक सम्बन्धमा होइन, केवल भावनात्मक सम्बन्धमा मात्र सीमित राख्दथ्यो । लेनिनले “सङ्गठनात्मक सम्बन्धलाई केवल भावनात्मक रूपमा मान्ने” कुराको कडा विरोध गर्नुभयो ।

    उहाँले यो कुरा पनि स्पष्ट पार्नुभयो कि कम्युनिस्ट पार्टी एउटा “सङ्गठित दस्ता हो, समूह होइन” । त्यसैले त्यस्ता व्यक्तिलाई मात्र पार्टीमा भर्ना गर्नुपर्छ “जो कमसेकम सङ्गठनमा बसी काम गर्न तयार छन्” । यसरी पार्टीसदस्य कुनै न कुनै समितिमा अनिवार्य रूपमा सङ्गठित हुनुपर्छ र काम गर्नुपर्छ भन्ने न्यूनतम शर्तमा लेनिनले जोड दिनुभयो ।

    लेनिनको विचारमा पार्टीको कार्यक्रम मान्दैमा कम्युनिस्ट पार्टीको सदस्यका लागि योग्यता पुग्दैन । जस्तो उहाँले भन्नुभएको छ– “कम्युनिस्ट पार्टीको कार्यक्रम स्वीकार गर्नुको मतलब सिर्फ कम्युनिस्ट बन्ने इच्छा प्रकट गर्नु हो” तर त्यसो गरेर मात्र सदस्यको दायित्व पूरा हुँदैन । “यदि कम्युनिस्ट क्रियाशीलताको अभाव छ र आम सदस्यको निष्कृयता जारी छ भने कम्युनिस्ट पार्टीको कार्यक्रम स्वीकार गर्दा आफूले गरेको बाचाको सानो अंश पनि पूरा गर्न सकेको हुँदैन” । त्यसैले लेनिनले भन्नुहुन्छ– एउटा पार्टीसदस्यले “पार्टीको दैनिक क्रियाकलापमा भाग लिनुपर्छ” । यही पार्टी गतिविधिको दैनिक कामले “विभिन्न सङ्गठनको अङ्ग र सदस्यको बिच जैविक (जीवन्त) सम्बन्ध” कायम राखेको हुन्छ तर व्यवहारमा कैयौँ सदस्यले पार्टीको गतिविधिको दैनिक काममा भाग लिँदैनन् । यसले पार्टीको निर्णय कार्यान्वयनदेखि पार्टीको विकासमा बाधा उत्पन्न गरेको हुन्छ । यो नै “पार्टीको विकासमा लगातार अस्थिरताको मुख्य कारण” बनेको लेनिनकोे ठम्याइ छ । लेनिनले यो “पार्टीको सबैभन्दा ठुलो कमजोरी” रहेको बताउनु भएको छ ।

    कम्युनिस्ट पार्टीमा “सच्चा सक्रिय सदस्य राख्न हरसम्भव प्रयास” गर्नुपर्नेमा जोड दिनुहँुदै लेनिनले भन्नुभएको छ– “पार्टीका प्रत्येक कार्यकर्तासँग यो माग गर्नुपर्छ कि वर्तमान परिस्थितिमा सकेसम्म आफ्नो सम्पूर्ण शक्ति र समय पार्टीमा लगाऊ र यस प्रकारको सेवामा आफ्नो सर्वोत्तम शक्ति समर्पण गर” । उहाँले पार्टीसदस्यको लागि आवश्यक शर्तका अतिरिक्त सदस्यताप्राप्तिका लागि औपचारिक रूपमा आवेदन दिनुपर्ने, उक्त आवेदन पार्टीसमितिले स्वीकार गर्नुपर्ने, पूर्ण सदस्य हुनुभन्दा पहिले उम्मेदवार सदस्यको रूपमा रहनुपर्ने, नियमित रूपमा निश्चित शुल्क (लेबी) बुझाउनुपर्ने आदि शर्तको पनि व्यवस्था गर्नुभयो ।

    लेनिनले पार्टीको नेतृत्वदायी भूमिकामा जोड दिनुभयो किनभने उहाँको विचारमा कम्युनिस्ट पार्टी सङ्गठित अग्रदस्ता मात्र होइन, सबै सङ्गठनको उच्चतम रूप पनि हो । त्यसकारण कम्युनिस्ट पार्टी उच्चतम रूपको सङ्गठन हो किनभने जस्तो लेनिनले भन्नुहुन्छ– “वर्गका सर्वोत्तम तत्त्वहरू यसका सदस्य हुन्छन, यसका सदस्यहरू समुन्नत सिद्धान्तबाट, वर्गसङ्घर्र्षका नियमको ज्ञानबाट र क्रान्तिकारी आन्दोलनको अनुभवबाट सुसज्जित हुन्छन्” । त्यसैले यसले क्रान्तिको नेतृत्व गर्न सक्छ, अन्य सबै जनसङ्गठनलाई बाटो देखाउन सक्छ र नेतृत्व प्रदान गर्न सक्छ र त्यसो गर्नु उसको कर्तव्य पनि हो ।

    यो सत्य हो कि आम जनता पार्टीको सदस्य बन्न सक्दैनन् । यो पनि सत्य हो कि पार्टीको विचार वा उद्देश्य जतिसुकै राम्रो भए पनि आम जनता वा गैरपार्टी सदस्यसँगको सम्बन्ध नबढाइकन, त्यो सम्बन्धलाई बलियो नबनाइकन पार्टी जीवित रहन सक्दैन । त्यसैले पार्टीको वरिपरि व्यापक जनतालाई गोलबन्द गर्नका लागि “धेरेै व्यापक, स्वतन्त्र र खुकुलो” विभिन्न प्रकारका व्यावसायिक सङ्गठन बनाउनुपर्ने आवश्यकतामा लेनिनले जोड दिनुभयो । त्यस्ता सङ्गठन “हरेक प्रकार, हरेक रूप र रङका धरै विविध” प्रकारका हुने छन् । पार्टी सङ्गठनहरू कडा र गोप्य प्रकारका हुन्छन् र जनसङ्गठन बढीभन्दा बढी लचिलो, खुकुलो, खुला र कम गोप्य प्रकारका हुनुपर्दछ । पार्टी र जनसङ्गठनका बिचको अन्तरलाई नदेख्ने, जनसङ्गठनलाई पनि पार्टी सङ्गठन जस्तै ठान्ने र “तिनीहरूको बिचको सीमारेखालाई मेटने” कुरालाई लेनिनले “वाहियात र हानिकारक” बताउनुभएको छ । लेनिनले यो पनि स्पष्ट गर्नुभयो कि त्यस्ता जनसङ्गठन पार्टीको “नियन्त्रण र निर्देशन” मा चल्नुपर्दछ ।

    लेनिनवादी सङ्गठनात्मक प्रणालीको मुख्य पक्ष हो– जनवादी केन्द्रीयता । जनवाद र केन्द्रीयताको सन्तुलन नै जनवादी केन्द्रीयता हो ।

    जनवाद भनेको कुनै पनि पार्टी सदस्यलाई आफ्नो विचार, मतभेद प्रकट गर्न पाउने, आलोचना वा विरोध गर्न पाउने स्वतन्त्रता हो ।

    केन्द्रीयता भनेको अनुशासन हो अर्थात् आफूलाई चित्त नबुझेको विचार वा निर्णयलाई मानेर काम गर्ने । निर्णयपूर्व जनवादको अभ्यास हुन्छ भने निर्णयपछि केन्द्रीयताको अभ्यास हुन्छ ।

    लेनिनले यो पनि स्पष्ट गर्नुभयो कि पार्टीभित्रको जनवाद केन्द्रीयतामा आधारित हुन्छ अर्थात् कडा अनुशासनमा आधारित जनवाद नै जनवादी केन्द्रीयता हो । बहुमतले गरेको निर्णय अल्पमतले मान्नुपर्ने, उपल्ला समितिको निर्देशन तल्ला समितिले मान्नुपर्ने, सम्पूर्ण सदस्यहरू केन्द्रीय समितिको मातहत हुनुपर्ने, केन्द्रीय समिति महाधिवेशनको मातहत हुनुपर्ने, महाधिवेशनले गरेका निर्णय अर्को महाधिवेशनले मात्र बदल्न पाउने, भिन्नमत सम्बन्धित समिति वा उपल्लो समितिमा राख्न पाउने वा सम्मेलन वा महाधिवेशनमा राख्न पाउने तर सार्वजनिक रूपमा वा असम्बन्धित व्यक्ति वा समितिमा राख्न वा व्यक्त गर्न नपाउने आदि नियम बने, जसले कडा अनुशासनमा आधारित मिलिट्यान्ट र लडाकु कम्युनिस्ट पार्टी निर्माणको आधार खडा गर्‍यो ।

    क्रान्तिकारी पार्टीनिर्माणका लागि कडा अनुशासन अनिवार्य भए पनि यसको प्रयोग सधैँ उच्च प्रकारको चेतनामा भर पर्छ । त्यसलाई लेनिनले “सचेत अनुशासन” बताउनुहुन्छ । त्यो भनेको स्वेच्छापूर्वक अनुशासन पालन गर्नु हो । त्यस प्रकारको अनुशासनले मात्र फलामे अनुशासन पैदा गर्न सक्छ । एउटा सदस्यको जति पार्टी, क्रान्ति र परिवर्तनप्रति दृढ विश्वास र समर्पण बढ्दै जान्छ, ऊ अनुशासनप्रति पनि सचेत र इमान्दार बन्दै जान्छ । उच्च प्रकारको चेतनाको अभावमा अनुशासन उसकोे लागि “दासत्व” समान हुन जान्छ ।

    माक्र्सवादी–लेनिनवादी शिक्षा र सर्वहारा विश्वदृष्टिकोणको आधारमा नै उच्च प्रकारको चेतना पैदा हुन सक्छ ।

    संसारभरिका अराजकतावादीको समान चरित्र के हो भने उनीहरूको अनुशासनप्रति तीव्र घृणा हुन्छ । उनीहरूले सधैँ केन्द्रीयता अथवा अनुशासनलाई “तानाशाही”, “निरङकुश”, “भिन्न विचारमाथिको दमन”, “अधिनायकवादी”, “नोकरशाही” आदि भनेर विरोध गर्दछन् र गर्दै आएका छन् । अनुशासन पालन गर्ने कार्यकर्तालाई उनीहरूले “दास” को सङ्ज्ञा दिने गर्दछन् । लेनिनले केन्द्रीयताको विरुद्ध अराजकतावादीले गरेको आक्रमणका विरुद्ध कडा सङ्घर्र्ष गर्नुभयो । उनीहरूले केन्द्रीयतालाई “भूदास” स“ग तुलना गरे र “केन्द्रीयताको विरुद्ध जनवाद” को नारा लगाए । बहुमतको अधीन अल्पमत रहने नीतिलाई “गुलामी” बताउँदै पार्टीसदस्यलाई “मेसिनको पार्टपुर्जा” जस्तो बनाएको, “मुट्ठीभर व्यक्तिको सङ्गठन”, “षड्यन्त्रकारी सङ्गठन” बनाएको भनेर धँुवाधार विरोध गरे ।

    त्यस प्रकारको विरोधलाई लेनिनले “केन्द्रीयताका विरुद्ध स्वायत्ततावाद” को सङ्ज्ञा दिनुभयो र स्वायत्ततावाद “सङ्गठनात्मक सवालमा अवसरवादको एउटा आधारभूत विशेषता” भएको कुरा स्पष्ट पार्नुभयो । यसरी उहाँले जनवादको नाममा लुकेको सङ्गठनात्मक अवसरवादको मुकन्डोको पर्दाफास गर्नुभयो ।

    जनवादी केन्द्रीयतालाई सरल तरिकाले स्पष्ट पार्न लेनिनले एउटा सूत्रको विकास गर्नुभयो । त्यो हो– “छलफलमा स्वतन्त्रता, काममा एकता” । कुनै निर्णयमा पुग्नुअघि व्यापक छलफल हुन्छ र त्यहाँ उच्चतम् जनवादको अभ्यास हुन्छ तर निर्णय भइसकेपछि काममा एकता कायम हुनुपर्छ र एकमना एकताका साथ कार्यान्वयनमा जानुपर्छ । त्यहाँ केन्द्रीयताको अभ्यास हुन्छ अर्थात् कडा अनुशासन लागु हुन्छ । काममा एकता भनेको आफूलाई चित्त नबुझेको, आफ्नो अनुकूल नभएको, आफ्नो मत वा विचारको विरुद्ध निर्णय भए पनि वा भएको निर्णय आफूलाई गलत छ भन्ने लागे पनि बहुमतले गरेको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्नु हो । छलफलमा मतभेद भए पनि कुनै विषयमा निर्णय भइसकेपछि त्यो सम्पूर्ण कमिटीको साझा निर्णय हुन जान्छ ।

    सामान्यतया जनवादको अभ्यास गर्न सजिलो हुन्छ । त्यो मानिसको रुचि र स्वभावजन्य विषय पनि हो तर केन्द्रीयता त्यसको ठिक विपरीत कुरा हो । आफूलाई मन नपरेका विचार, निर्णय वा निर्देशनको पालना गर्नु भनेको मानवीय स्वभावको विपरीतको विषय पनि हो । त्यसैले त्यो अलि गाह्रो काम पनि हो । त्यसैले स्वाभाविक रूपमा पार्टीमा पनि जनवादको बढी अपेक्षा राख्ने र केन्द्रीयता वा अनुशासन पालनमा त्यति रुचि नदेखाउने वा त्यसको विरोध गर्ने प्रवृत्ति पाइन्छ । त्यसले पार्टीमा यदाकदा अराजकता पैदा गराउने काम गर्दछ । त्यसलाई हामीले सङ्गठनात्मक प्रणाली र विधानको आधारमा वा कतिपय अवस्थामा शुद्धीकरण अभियानद्वारा समाधान गर्ने गर्दछौँ ।

    कहिलेकाँही पार्टीमा त्यो गम्भीर समस्याको रूपमा पनि पैदा हुने गर्दछ । त्यो अवस्थामा कडा र निर्मम सङ्घर्र्षको आवश्यकता पर्दछ । परिणामत: पार्टी विभाजन जस्तो अप्रिय परिणामलाई पनि स्वीकार्र्नुपर्दछ । बोल्सेभिक पार्टीको विभाजन त्यही सङ्घर्र्षको परिणाम थियो ।

    संसारभरिका प्रतिक्रियावादी, अवसरवादी, संशोधनवादी तत्त्वले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमाथि लगातार आक्रमण गर्दै आएका छन् । उनीहरूले ती लेनिनका सङ्गठनात्मक प्रणालीसम्बन्धी विचार पुराना र असान्दर्भिक भएको कुरा गर्दछन् । उनीहरूले सर्वहारा अधिनायकत्वको सान्दर्भिकता समाप्त भएको बताउँदै त्यसलाई तिलाञ्जली दिनुपर्ने कुरामा जोड दिए जस्तै पार्टीको नेतृत्वदायी भूमिका र जनवादी केन्दीयतामाथि आक्रमण गर्दै आएका छन् । पार्टीको नेतृत्वदायी भुमिका र जनवादी केन्दीयताको अभावमा कम्युनिस्ट पार्टीले क्रान्तिकारी भूमिका खेल्न सम्भव छैन । यसकारणले नै सबै प्रतिक्रियावादी, अवसरवादी र संशोधनवादीले लेनिनवादी सङ्गठनात्मक प्रणालीसम्बन्धी विचारको विरोध गर्ने गर्दछन् ।

    स्टालिन र माओले लेनिनको त्यो सङ्गठनात्मक सिद्धान्तलाई अरू उच्चस्तरमा अगाडि बढाउनु भयो । त्यो क्रममा उहाँहरूले पार्टीभित्र अराजकतावादी र अनुशासनविहीन तत्त्वसँग कडा सङ्घर्र्ष गर्नुपर्‍यो । त्यस सिलसिलामा स्टालिनले “अराजकतावाद र समाजवाद” पुस्तक तयार पार्नुभयो । उक्त पुस्तकमा अराजकतावादको माक्र्सवादी अर्थात् द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणसँग कुनै साइनो नभएको प्रष्ट पार्नुभयो र अराजकतावाद अधिभूतवादी चिन्तन भएको स्पष्ट गर्दै दार्शनिक रूपमा त्यसको धज्जी उडाउनुभयो ।

    चीनमा माओले महान् सर्वहारा सांस्कुतिक क्रान्ति सञ्चालन गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले जनवादको ग्यारेन्टी गर्न “आलोचनालाई दबाउने र बदला लिने कुरालाई एकदम अनुमति दिइन्न” र केन्द्रीयतालाई कडाइपूर्वक लागु गर्न “अनुशासन उल्लङ्घनका विरुद्ध दृढतापूर्वक सङ्घर्र्ष गर्नुपर्दछ” भन्ने जस्ता कडा वाक्य आफ्नो पार्टीको नवौँ काङ्ग्रेसको विधानमा उल्लेख गरको पाइन्छ । त्यसको अतिरिक्त माओले कैयौँ अनुशासनका नियम पनि बनाउनुभयो ।

    नेकपा (मसाल) ले पनि लेनिनवादी सङ्गठनात्मक प्रणालीलाई आत्मसात गर्दै आएको छ र त्यसअनुरूपको पार्टी निर्माणमा जोड दिँदै आएको छ । त्यस सन्दर्भमा पार्टीभित्र देखा पर्ने गलत विचारका विरुद्ध सङ्गठनात्मक सङ्घर्र्षको लामो इतिहास रहेको छ । कतिपय स्थितिमा अप्रिय निर्णय पनि लिनुपरेको छ ।

    यो वर्ष लेनिनको शताब्दी स्मृतिवर्ष हो । नेकपा (मसाल) ले वर्षभरि नै विभिन्न कार्यक्रम गरी लेनिन स्मृतिदिवस मनाइरहेको छ ।

    स्मृतिदिवसको सार्थकता यसैमा निहित छ कि जब हामीले लेनिनका विचारलाई आत्मसात गरी त्यसलाई व्यावहारिक रूप दिने छौँ र पार्टीको समग्र सङ्गठनात्मक प्रणालीमा क्रान्तिकारी सुधार हुने छ । यो खुसीको कुरा हो कि यस प्रकारका कैयौँ प्रयत्न र सङ्घर्र्षको परिणाम नै अहिले पनि नेकपा (मसाल) ले आफ्नो क्रान्तिकारी चरित्र कायम राख्न सफल हुँदै आएको छ ।

    मङ्गलबार, चैत ०६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.