• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

नेपालभर सातवटा गिद्ध रेष्टुराँ सञ्चालन


  •   सोमबार, फागुन २८, २०८० मा प्रकाशित
  • तुलसीपुर (दाङ) । गिद्धलाई प्रकृतिको कुचीकार मानिन्छ । मानिसलाई लाग्ने हैजा, झाडापखालालगायतका रोगको महामारीबाट जोगाउन पनि गिद्धको भूमिका हुन्छ भनिन्छ । तर पछिल्लो समय प्रकृतिको कुचीकार मानिने गिद्ध लोपोन्मुख अवस्थामा छन् ।

    Advertisement

    गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लीबहादुर रावतका अनुसार नेपालमा नौ प्रकारका गिद्ध पाइने भएपनि पछिल्लो समय हराउँदै जाने चिन्ता बढको छ । “हामीले संरक्षण अभियान चलाइरहेका छौं”, उहाँले भन्नुभयो, “त्यसमा सरकारले पनि ध्यान दिनुपर्छ ।”

    हाल गिद्ध संरक्षणका लागि नेपालभर सात वटा गिद्ध रेष्टुराँ सञ्चालनमा छन् । यद्यपि ती रेष्टुराँ सञ्चालन गर्न निकै चुनौती रहेको पंक्षी संरक्षण सङ्घका कार्यक्रम अधिकृत भुपाल नेपालीको भनाइ छ । हाल दाङमा दुई वटा, घोचोक पोखरा, गैडाताल रूपन्देही, नवलपरासी पूर्व, कैलाली, कोशी टप्पुमा एक/एक वटा यस्ता रेष्टुराँ छन् ।

    रेष्टुराँ सञ्चालन धेरै खर्चिलो हुने गरेकाले समस्या हुने गरेको अध्यक्ष रावतले बताउनुहुन्छ । उहाँका अनुसार रेष्टुराँमा बुढा भएका गाईवस्तुहरु राखिन्छ । “उनीहरुको रेखदेखका लागि खर्च ठूलो हुन्छ । उनीहरुलाई पराल खुवाउनु पर्ने र हेरचाह गर्न कर्मचारी राख्नुपर्ने हुन्छ । त्यहाँ पालिएका पशु मरेपछि मात्रै गिद्धको आहारा बन्ने गर्छन्”, उहाँले भन्नुभयो । गिद्ध रेष्टुराँमा पर्यटक आउने भएपनि त्यसलाई सरकारले संरक्षण गर्न सके निरन्तरता पाउने उहाँको भनाइ छ ।

    हाल पशुमा दिइने डाइक्लोफेनेक औषधिकै कारण गिद्ध हराउने अवस्थामा रहेको उहाँको भनाइ छ । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबारलगायतका कारण गिद्धको सङ्ख्या घट्दो रहेको उहाँको भनाइ छ ।

    लुम्बिनी प्रदेश वन मन्त्रालयका अधिकृत धनिश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको व्यवस्थापनको काम भइरहेको छ । सरोकारवाल, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणमा आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताउनुभयो ।

    गिद्ध संरक्षणका लागि सरकारी स्तरबाट पहिलो पटक लुम्बिनी प्रदेश सरकारले मात्रै बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले गिद्ध संरक्षणसँगै लोपन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि रु तीन करोड २८ लाख बजेट विनियोजन गरेको छ । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख वनस्पति संरक्षणका लागि बजेट बिनियोजन भएको थिएन ।

    नेपालमा विभिन्न नौ प्रजातिका करिब १३ हजारभन्दा बढी गिद्ध रहेको अनुमान गरिएको छ । हिमाली र चिसो स्थानमा रहने हाडफोर प्रजातिका गिद्ध निकै कम सङ्ख्यामा छन् भने अन्य प्रजातिका गिद्ध हिमालीबाहेक सबैजसो स्थानमा पाइन्छन् । नेपालमा डङ, सानो खैरो, खैरो, राज, हिमाली, सुन, सेतो, हाडफोर र लामोठुडे गरी नौ प्रजातिका गिद्ध पाइएको छ ।

    नेपालमा सबैभन्दा बढी हिमाली प्रजातिको गिद्ध करिब १० हजारको हाराहारीमा रहेको तथ्याङ्क छ भने खैरो, राज र लामोठुडे प्रजातिका गिद्ध भारत, पाकिस्तान, चीन, बर्मा, थाइल्यान्डलगायतका देशबाट जाडो छल्न नेपाल आउने गर्दछन् ।

    विश्वमैै पहिलोपटक नेपालमा गिद्ध संरक्षणको थालनी भएको र संकटापन्न अवस्थामा रहेका तीनकोे संरक्षणमा यस्ता प्रयास फलदायी हुने जनाइएको छ । प्रकृतिमा छाडिएका गिद्धको पखेटामा नम्बरसहितको ट्याग लगाइएको छ भने सेटलाइटबाट अनुगमन गर्न सकिने गरी गिद्धको ढाँडमा रेडियोकलर जडान गरिएको छ ।

    विगत १० वर्षमा नेपालमा ९१ प्रतिशत र भारतमा ९९ दशमलव नौ प्रतिशत गिद्ध मासिएपछि यी दुवै देशका साथै अन्य मुलुकले पनि गिद्ध संरक्षणमा जोड दिन थालेका छन् ।

    सोमबार, फागुन २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.