प्युठान । राष्ट्रिय जनमोर्चा, प्युठानले पार्टी सदस्य खुमादेवी जिसीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य जगतबहादुर जिसीकी श्रीमती खुमादेवीको गत असोज ११ गते ९१ वर्षको उमेरमा निधन भएको थियो ।
राजमो झिमरुक गाउँपालिका समितिले उहाँकै निवास झिमरुक–५ ओखरकोटमा श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
कार्यक्रममा राजमो नेता वाशुदेव पोखरेलले स्मृतिशेष खुमादेवीले पार्टीमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव वीरबहादुर जिसी, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला संयोजक सिद्धिमान जिसी, राजमो नेता देवेन्द्र जिसी, महिला नेतृ सरिता जिसी, शिक्षक डम्बर जिसी, जातीय समता समाजका निमबहादुर विकलगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
राजमो वडाअध्यक्ष हिराबहादुर जिसीको अध्यक्षता र अइन्द्र विकको सञ्चालनमा सम्पन्न श्रद्धाञ्जली सभामा राजमो झिमरुकका अध्यक्ष टीकाबहादुर जिसीले मृतकको फोटो परिवारजनलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा मृतकका जेठा छोरा रामबहादुर जिसी, माइला छोरा पिताम्बर, कान्छा छोराह इन्द्र, बुहारीहरू यसोदा जिसी र मुक्तिकला जिसीलगायत परिवारजन, आफन्त र स्थानीयको उपस्थिती रहेको थियो ।