• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

भाकपा (माले) जनदिशाको एकता महाधिवेशन उद्घाटन


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • नयाँदिल्ली । भाकपा (माले) जनदिशाको एकता महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।

    Advertisement

    भारत तेलङ्गाना प्रदेशको खम्मममा मार्च ३, २०२४ का दिन दशौँ हजार सहभागी जुलुस प्रदर्शनपश्चात महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको हो ।

    “एकता महाधिवेशन सफल पारौँ, “फासीवादी आरएसएस–भाजपालाई परास्त गर्न एक हौँ” भन्ने नारा लेखिएको ब्यानर खोलेर महाधिवेशनको उद्घाटन गरिएको थियो ।

    महाधिवेशनमा भाकपा (माले) क्रान्तिकारी पहल, भाकपा (माले) प्रजा पन्थ र पी.सी.सी. भाकपा (माले) का प्रतिनिधि एवम् समर्थकको सहभागिता रहेको बताइएको छ ।

    उपर्युक्त तीनओटै पार्टीका बिच सहमतिपश्चात् पार्टीको नाम भाकपा (माले) जनदिशा राखिएको एकता महाधिवेशन आयोजन गरिएको आयोजकमध्यका एक सदस्यले बताए ।

    उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै सुभास देवले वर्तमान परिवेशमा जनता शिक्षा, स्वास्थ्य अति आवश्यक वस्तुहरूको अभावमा जीविकोपार्जन गर्न बाध्य भएको बताए ।

    भारतमा फासिवादी शक्ति हावी भएको हुँदा उदारवादी शक्तिहरू कमजोर हुुनुका साथसाथै मजदुर वर्गको जीवन कष्टकर बनेको उहाँको भनाइ थियो ।

    महाधिवेशनको बारेमा बोल्दै उनले भने– ‘हामीले यस्तो ऐतिहासिक सहभागिता सन् १९७७ मा देखेका थियौँ । त्यसैको उद्देश्य पी.सी.सी.आई. र सी.पी.आई. (एमएल) लाई क्रान्तिकारी शक्तिको रूपमा एक गर्नु थियो । त्यति बेला असमर्थ भए पनि यसपाली हामी सफल भएका छौँ ।’

    ‘केही व्यक्तिका कारण सन् १९७७ मा पार्टी एक बन्न सकेको थिएन तर हामीलाई अहिले विश्वास छ, एउटा कम्युनिस्ट पार्टी बनाएर हामी अगाडि बढ्ने छौँ’ उनले भने– ‘यो सत्य हो, हामी विभिन्न विविधताको बिचमा काम गरिरहेका छौँ । खानपान, रहनसहन आदि पक्षमा समेत हामीमा विविधता छ । यसबाट विचारमा पनि विविधता आउन सक्छ ।’

    त्यस्तै, अर्का वक्ता प्रदीपसिंह ठाकुरले महाधिवेशन ऐतिहासिक भएको दाबी गरे ।

    उनले भने– ‘यो ऐतिहासिक पक्ष हो । भारतमा विभिन्न खेमामा रहेका क्रान्तिकारी एक भएका छन् । भारतमा कम्युनिस्ट शक्तिहरू एक हुनुको विकल्प छैन ।’

    भारतका विभिन्न स्थानमा रहेका क्रान्तिकारी शक्तिहरू एक भई आन्दोलनलाई अगाडि बढाउनुको विकल्प नभएको ठाकुरको भनाइ थियो ।

    त्यस्तै, अर्का वक्ता पी. रङ्गाराजले धर्मनिरपेक्ष शक्तिहरू एक हुनुपर्नेमा जोड दिएका थिए ।

    उनले भने– ‘धर्मनिरपेक्ष शक्तिहरू एक भए भने जर्मनको हिटलरलाई हराए जस्तै वर्तमान फासिवादी शक्तिलाई पनि परास्त गर्न सकिन्छ ।’

    कार्यक्रममा धुवनराज, डिसी गोहाई, अलिक चक्रवर्ती, अनिल मिस्त्री, सञ्जय सिघवी, पी.टी. हरिदास, विमल, विवेकटन्जन, प्रवीण नाटकर, डिएच पुजारा, सी भाष्कर राव, रमा, सूर्यम्, पद्मा, हनुमेल, केजी रामचन्द्रनलगायतको आतिथ्य रहेको थियो ।

    महाधिवेशनमा नेकपा (मसाल) को तर्फबाट पनि प्रतिनिधित्व रहेको थियो ।

    महाधिवेशनको उद्घाटन समारोहको अन्तिममा राती सहभागी सबैले मोबाइलको टर्च बालेर प्यालेस्टाइनी जनताद्वारा चलाइएको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको थियो ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.