• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

बागलुङका प्रहरीलाई बन्यो आवास

आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ३. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ४. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ५. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ६. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ७. वेदकालीन समाज

  • ८. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ९. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • १०. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

अमेरिकी निजी यान ५० वर्षभन्दा बढी समयपछि पहिलोपटक चन्द्रमामा अवतरण


  •   शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
  • अमेरिका । एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ । यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्नका लागि सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए ।

    Advertisement

    खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ । यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले कुनै थप विवरण दिएको छैन । यानबाट कमजोर सङ्केत प्राप्त हुने बित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो ।

    मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भन्नुभयो, “निस्सन्देह हाम्रो उपकरणहरू चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ ।” इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भन्नुभयो, “मलाई थाहा थियो यो ठूलो चिन्तापूर्ण र तनावपूर्ण थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दैछौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ ।”

    टचडाउनको दुई घन्टापछि कम्पनीको घोषणाअनुसार अन्तत: डाटा प्रवाह सुरु भएको छ । नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलो पटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ ।

    इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ । यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन् । अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो । दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिनका लागि नासा समर्थित कार्यक्रमका हिस्सा हुन् ।

    एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिने मध्येको एक थियो । “एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुनका लागि प्रतीक्षा गर्न सक्तैनौँ”, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ । नासाका प्रशासक बिल नेल्सनले ट्विट गर्नुभयो, “इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो ।”

    यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घन्टा थप तनावपूर्ण बनेको थियो ।

    कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्यो । यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिनका लागि चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्यो ।

    अन्तत: उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो ।

    निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए । करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्यो ।

    गत सात प्रक्षेपण गरिएको छ फुटको कार्बन फाइबर र टाइटेनियम यान (१४ फिट अग्लो) नासका लागि छ वटा प्रयोग थिए । केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो ।

    शुक्रबार, फागुन ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
    बागलुङका प्रहरीलाई बन्यो आवास
    आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने
    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ३.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ४.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ५.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ६.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    भर्खरै

    • १.
      वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

    • २.
      बागलुङका प्रहरीलाई बन्यो आवास

    • ३.
      आज मलेखु–मुग्लिङ सडकखण्ड चार घण्टा बन्द हुने

    • ४.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • ५.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ६.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ७.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ८.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.