• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

लेनिनवाद, सर्वहारा अन्तर्राष्ट्रियतावाद र राष्ट्रियता


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • रश्मिराज नेपाली ##

    Advertisement

    यो सत्य हो– लेनिनले अन्तर्राष्ट्रियतावादमा जोड दिएका छन् । यो पनि सत्य हो– उनले अन्धराष्ट्रवादको कडा विरोध गर्नुका साथै त्यसका विरुद्ध सङ्घर्षसमेत गरेका छन् । यी दुई कुरासित राष्ट्रियताको प्रश्न गम्भीर रूपले जोडिएको छ ।

    पहिलो कुराबारे अन्तर्राष्ट्रियतावादको प्रश्नलाई सही ढङ्गले बुझ्ने प्रयत्न गर्नुपर्दछ । अन्तर्राष्ट्रियतावादका निश्चित सीमा रहेका छन् ।

    सर्वहारा वर्ग पुँजीवादद्वारा उत्पीडनमा पारिएको बहुसङ्ख्यक मानव समुदाय हो । त्यो मानव समुदायका अन्तर्राष्ट्रियतावादका केही आधार अवश्य पनि छन् ।

    पहिलो– पुँजीवादको विरुद्ध सङ्घर्ष गर्नका लागि उनीहरूको निश्चय पनि ऐक्यबद्धता हुन जरुरी छ तर त्यो कुरा प्रत्येक देशका सङ्घर्षको स्वरूपमा निर्भर हुन्छ । कुनै देशमा राष्ट्रिय मुक्ति आन्दोलनको प्रश्न त्यहीँका जनताको हो । अन्तर्राष्ट्रिय मजदुर वर्गले उनीहरूको मुक्ति आन्दोलनलाई समर्थन गर्नुपर्छ तर त्यसका पनि सीमा रहेका हुन्छन् । कुनै मुलुकको राष्ट्रिय अस्मितामा प्रश्नचिह्न खडा हुने गरी अन्तर्राष्ट्रिय सर्वहारा वर्गले काम गरिरहेको हुँदैन ।

    दोस्रो– साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्नका लागि अन्तर्राष्ट्रियतावादले भूमिका खेल्दछ । साम्राज्यवाद रक्तपिपासु र सम्पूर्ण मानव समुदायका विरुद्ध रहेको छ । त्यसैले साम्राज्यवाद विरुद्ध संयुक्त मोर्चा बनाएर त्यसका विरुद्ध ऐक्यबद्ध भएर लड्न सम्भव छ ।

    तेस्रो– संसारमा सर्वहारा वर्गको विजय भएपछि राज्यको विलोप हुनु आवश्यक छ । त्यो अवस्थामा सर्वहारा वर्गको अन्तर्राष्ट्रियतावाद लागु हुने छ र एक विश्व एक देशको रूपमा परिणत हुने छ । अन्तर्राष्ट्रियतावादको माथिको अवस्थामा बाहेक राष्ट्रियताको महत्त्वलाई नजरअन्दाज गर्न मिल्दैन र लेनिनले पनि राष्ट्रियताको प्रश्नलाई त्यति नै महत्त्वका साथ लिएका छन् ।

    अन्तर्राष्ट्रियतावादको कुरा गर्ने काउत्स्कीले साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बेलामा बुर्जुवा राष्ट्रवादको समर्थन गर्न पुगेका थिए ।

    जब साम्राज्यवादी युद्धका विरुद्ध राष्ट्रिय क्रान्ति हुन थाले, त्यो बेलामा साम्राज्यवाद विरोधी राष्ट्रिय क्रान्तिको समर्थन गर्नुपर्ने आवश्यकता थियो तर काउत्स्कीले “पितृभूमिको रक्षा” को कुरा गरेर साम्राज्यवादी युद्धको पक्षमा ढल्किए र अन्धराष्ट्रवादलाई स्वीकार्न पुगे । यो सर्वहारावर्गीय अन्तर्राष्ट्रियतावादमाथिको गद्दारी नै थियो ।

    लेनिनले अन्तर्राष्ट्रियतावादको सीमा निर्धारण गरेका थिए । त्यसैले उनले राष्ट्रियताको प्रश्नमा पनि गम्भीरतापूर्वक सोचविचार गरेर औपनिवेशिकताबाट राष्ट्रहरूले मुक्ति लिनुपर्छ भनेर जोड दिएका छन् । साम्राज्यवादले विश्वका कैयन् मुलुकलाई उपनिवेश बनाएर हैकम जमाइरहेका बेलामा लेनिनले राष्ट्रहरूको पूर्ण स्वतन्त्रता र मुक्तिलाई समर्थन गर्ने नीति लिएका थिए । लेनिनको अन्तर्राष्ट्रियतावाद साम्राज्यवादका विरुद्ध केन्द्रित हुनुका साथै उत्पीडित राष्ट्रको मुक्तिसँग पनि जोडएको थियो ।

    राज्यको विलोपबारे लेनिन स्पष्ट थिए । माक्र्सले त्यसबारेमा स्पष्ट भएर बाकुनिन र पु्रधोँको आलोचना गरेका थिए । सर्वहारा वर्गको विजयले राज्यविलोपका लागि आधार तयार पार्दथ्यो तर त्यहाँसम्म पुग्नका लागि एउटा लामो दुरी पार गर्नुपर्ने आवश्यकता थियो, तबसम्मका लागि राज्यको औचित्यतालाई स्वीकार गरेर सर्वहारा वर्गले राज्यसत्ता आफ्नो हातमा लिने प्रयत्न गर्नुपर्दथ्यो । त्यसैले राज्यको औचित्यता मात्र होइन, बेग्लाबेग्लै देशले आफ्नो सुरक्षा गर्ने अधिकार राख्दथे र साम्राज्यवादका विरुद्ध मोर्चाबन्दी गर्नुपर्दथ्यो ।

    त्यो सन्दर्भमा लेनिनले राष्ट्रिय क्रान्तिले साम्राज्यवादको अन्त गरे पनि राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा हुनुपर्ने कुरामा जोड दिए ।

    वैधानिक आन्दोलनको मोर्चामा राष्ट्रियताको प्रश्नलाई समावेश गरिएको हुन्छ । राष्ट्रियताको प्रश्नभित्र देशको कूटनीति, विदेश भ्रमण, सीमासम्बन्धी समस्या, विभिन्न सन्धिसम्झौता, राजनीतिक हस्तक्षेप, विदेशीको चलखेल र घुसपैठ, सरकारी निर्णय आदि पर्दछन् । यी विषयले देशको क्षेत्रीय अखण्डता, राष्ट्रिय अस्मिता, स्वाधीनता, स्वतन्त्रता आदि प्रश्नलाई समेटेका हुन्छन् । राष्ट्रियताको विषयमा समस्या पैदा भयो भने देश युद्धतिर धकेलिने सम्भावना हुन्छ । त्यसैले राष्ट्रियताको प्रश्नलाई उपेक्षा गर्नुहुँदैन ।

    कतिपयले कम्युनिस्ट अन्तर्राष्ट्रियतावादको द्वन्द्वात्मक प्रकृतिलाई नबुझेर कम्युनिस्टलाई राष्ट्रवादी नठान्ने प्रकारको हास्यास्पद तर्क गरेको पाइन्छ । त्यो उनीहरूको अत्यन्त तल्लो प्रकारको राजनीतिक स्तर हो । संसारमा राष्ट्रियताका लागि सङ्घर्ष गर्ने काम कम्युनिस्टले नै गरेको पाइन्छ ।

    दोस्रो विश्वयुद्ध कालमा सोभियत सङ्घले जर्मन फासिष्टवादका विरुद्ध लडेको युद्ध राष्ट्रियताको धेरै उच्च प्रकारको लडाइँ थियो । देशको रक्षाका लागि जर्मन फासिष्टवादका विरुद्ध सोभियत नागरिकले ठुलो बलिदानी दिएका थिए । उनीहरूले दिएको त्यो बलिदानी अतुलनीय र अद्वितीय रहेको छ । त्यसैगरी भियतनामी जनताले अमेरिकी साम्राज्यवाद विरुद्ध लडेको युद्ध पनि राष्ट्रिय सुरक्षाको धेरै उच्च बलिदानी थियो ।

    हामीले नेपालको कुरा पनि गर्न सक्छौँ । नेपालमा भारतीय साम्राज्यवादद्वारा राष्ट्रियतामाथि चुनौती हुँदै आएको छ । त्यसका विरुद्ध सङ्घर्ष गर्ने कार्य नेपालका वामपन्थीले गर्दै आएका छन् । अमेरिकी साम्राज्यवादको प्रभाव बढ्न थालेकाले त्यसका विरुद्ध मेची–महाकाली अभियान नेकपा (मसाल) ले सञ्चालन गरेको थियो । राष्ट्रघाती सन्धिसम्झौताको विरोध पनि नेपालको वामपन्थीबाट हुने गरेको छ । सन् १९५० को सन्धिलगायतका अरू सन्धिलाई पनि वामपन्थीले स्वीकार नगरेर विरोध गर्दै आएका छन् । यसरी नेपालमा कम्युनिस्ट जनमत नै राष्ट्रियताको रक्षाको लागि अग्रमोर्चामा उभिएको कुरा प्रष्ट छ ।

    लेनिनवादले राष्ट्रिय क्रान्तिका कार्यभार पूरा गर्ने मात्र होइन, सर्वहारा अधिनायकत्व कायम गरेर राष्ट्रिय नीति बनाउनुपर्ने र त्यसमा मातृभूमिको रक्षाको प्रश्नलाई पनि गम्भीरतापूर्वक जोड्नुपर्ने कुरा सिकाएको छ । एउटा देशमा पनि समाजवाद कायम गरेर साम्यवादका आधार तयार हुन्छन् भन्ने स्टालिनको ट्राटस्कीवाद विरुद्धको सङ्घर्षले पनि यो कुरा स्पष्ट गर्दछ कि सर्वहारा वर्गले आफ्नो सत्ताको रक्षा नगरेर साम्यवादतर्फ जान पाउँदैन । त्यसैले त्यसले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको कदर गरेर नै आफूलाई सुदृढ बनाउन सक्दछ ।

    समग्रमा यो भन्न सकिन्छ कि लेनिनवाद सर्वहारा वर्गको मुक्तिका लागि आजको दार्शनिक, सैद्धान्तिक र राजनीतिक मार्ग हो । यो सर्वहारा अन्तर्राष्ट्रियतावादलाई आलोकीकरण गर्ने साम्राज्यवादका विरुद्धको ऐक्यबद्धता पनि हो । राष्ट्रिय स्वतन्त्रता, आत्मनिर्णयका अधिकार, राष्ट्रिय अखण्डता तथा स्वाधीनताका सङ्घर्षमा देशभक्तिको भावना जागृत गराउने उच्चतम् राष्ट्रिय चेतना पनि हो ।

    (२०८० वैशाख ९ गते लेनिन दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत मन्तव्यको सारांश । सम्पादन : रामप्रकाश पुरी)

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई
    लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी
    त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    लागुपदार्थसहित दम्पती पक्राउ
    प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      तेस्रो राष्ट्रिय ओप्सना म्युजिक अवार्डको ‘सर्वोत्कृष्ट भजन गायक’को उपाधि मोतिराज खनाललाई

    • २.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • ३.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ४.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ५.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ६.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ७.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ८.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.