बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले पार्टीका नेता पृथ्वीराज कँडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । बुधबार उहाँकै निवास काठेखोला गाउँपालिका वडा न ५ लाम्फुङमा एक कार्यक्रम गरी राजमोले श्रद्धाञ्जली अर्पण गरेको हो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार अमर थापा र जिल्ला सदस्य लक्ष्मण पुनले श्रद्धाञ्जली मन्तव्य दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश उपाध्यक्ष धर्म कुवर, बागलुङ जिल्ला अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य लक्ष्मी बास्कोटा, थानेश्वर सुवेदी, जिल्ला सदस्य टीका सँगम बिक, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओमबहादुर पुन, राजमो काठेखोलाका कोषाध्यक्ष बिष्णु कँडेल लगायतका नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिनु भएको थियो ।
नेकपा (मसाल) बागलुङका पूर्व जिल्ला सदस्य एवम् राष्ट्रिय जनमोर्चा काठेखोलाका सल्लाहकार पृथ्वीराज कँडेल (क. कासीराम) को ७९ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो ।
उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न फागुन २ गते दशौं दिन बिहु लामफुङस्थित घरमा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो ।