• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

सन्दर्भ सहिद दिवस : सहिदले देखाएको बाटोमा अघि बढौँ


  •   मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
  • केरसिंह अदै

    Advertisement

    सहिद उच्च सम्मानको शब्द हो । सहिद भन्ने शब्दले जनाउँछ, जसले जनताको अधिकार, देशको रक्षा र स्वतन्त्रताका लागि नयाँ व्यवस्था ल्याउन आफ्नो प्राणको आहुति दिन्छन, तिनलाई हामी सहिद भन्दछौँ ।

    नेपालको सन्दर्भमा पृथ्विनारायण शाहले नेपाल एकीकरण गरेपश्चात् त्यो विशाल भूमि जोगाउन ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग नेपालले विसं १८७१–७२ मा घमासान युद्ध गर्नुपर्‍यो । त्यो युद्धमा नालापानी खलङ्गामा बलभद्र कुँवर, देउथलमा भक्ति थापा, पश्चिम सीमाक्षेत्रमा अमरसिंह थापा र अन्य विभिन्न क्षेत्रमा नेपाली फौजले वीरता प्रदर्शन गरे । प्रशिक्षित दक्षशक्तिको अभाव, आधुनिक हातहतियार, सरसामानको कमी, छिमेकी देशबाट सहयोग प्राप्त गर्न नसकेका कारण अङ्ग्रेजसँग नेपालको फौज पराजित हुन गयो । यस युद्धमा नालापानीमा मात्र ५५० जनाले वीरगति प्राप्त गरेका थिए ।

    नेपाली फौजको नेतृत्व गरेका बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापालगायत थुप्रै सहिदलाई आज हामीले स्मरण गर्दछौँ । नेपाल एकीकरण गर्दा पृथ्विनारायण शाहको फौजले पनि बारम्बार हार व्यहोर्नुपरेको थियो । पश्चिम क्षेत्र कब्जा गर्दा गोर्खा फौजका ५०० जनाले सहादत प्राप्त गरेको इतिहास पाउँछौँ ।

    अङ्ग्रेजसँग पराजित भएपछि सन् १८१६ (विसं १८७२) मा इस्ट इन्डिया कम्पनी र नेपालको तर्फबाट सन्धिसम्झौता भयो । त्यो सन्धिले नेपालको धेरै भूभाग गुमायो । विसं १९०३ असोजमा जङ्गबहादुर राणाले भारदार भेला भएका बेला मध्यरातमा कोतपर्व मच्चाए । ४०० जनाको हत्या गरी सत्ता आफ्नो हातमा लिए र निरङ्कुश राणाशासनको सूत्रपात गरे । अत्यन्त क्रुर, दमन, अत्याचारी उक्त शासनव्यवस्था १०४ वर्ष टिक्यो । राणाशासन विरुद्ध विसं १९३२ मा गोर्खाका भूतपूर्व सैनिक लखन थापाले जङ्गबहादुर राणाको अत्याचारी शासनको अन्त्य गर्न भनी पल्टन गठन गरी विद्रोह गरे । लखन थापासहित ७ जनालाई जङ्गबहादुरले पक्रेर काठमाडौँ लगे ।

    पछि गोर्खा नै लगेर उनलाई जोसमनी मठमा फाँसी दिइयो । अन्य सात जनालाई मनकामना मन्दिरअगाडि झुन्ड्याइयो । कतिपयले काठमाडौँको टुँडिखेलमा झुन्ड्याएको भन्ने तर्क गरेका छन् । राणाशासन विरुद्ध विद्रोह गरेका चार जनाको १९९७ माघ १० गतेदेखि १६ गतेसम्म राणाशासनले हत्या गर्‍यो ।

    माथवरसिंहका छोरा, शुक्रराज शास्त्री जोशीले नागरिक अधिकार समिति गठन गरेर राणाशासन विरुद्ध विद्रोह सुरु गरेका थिए । राणाशासन विरुद्ध भाषण गरेको आरोपमा १९९७ माघ ९ गते राति मध्यरातमा काठमाडौँ टेकुपचलीको खरीको रुखमा झुन्ड्याएर मारिएको थियो । धर्मभक्त माथेमालाई पनि उही आरोपमा १९९७ माघ ११ गते राति मध्यरातमा रुखको हाँगामा झुन्ड्याएर मारिएको थियो । गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई नागरिक अधिकार समितिमा रहेर राणाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९९७ माघ १५ गते मध्यरातमा विष्णुमतिको किनारमा खम्बामा बाँधेर गोली ठोकेर हत्या गरियो । यसरी यही माघको दोसो हप्तामा राणाशासनले चार जना सहिदको हत्या गरेको हुनाले नयाँ व्यवस्था ल्याउन प्राणको आहुति दिने वीरको सम्झनामा २००७ सालको प्रजातन्त्र प्राप्तिपछि विसं २०१२ सालदेखि माघ १६ गतेलाई सहिद दिवसको रूपमा मनाउन थालिएको हो ।

    यसरी नेपाल निर्माणदेखि गणतन्त्रसम्म आइपुग्दा हजारौँ वीर सहिद भएका छन् । सहिदहरू परिवर्तनका लागि सहिद भएका हुन् । अझै सहिदको सपना पूरा भएको छैन । सहिदले देखाएको बाटोमा अगाडि बढौँ । सहिद दिवसको अवसरमा ज्ञातअज्ञात सहिदप्रति लालसलाम छ । वीर सहिद अमर रहुन् ।

    मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.