काठमाडौं । वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिने बहानामा ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
Advertisement
काठमाडौंको महाराजगन्ज बस्ने वर्ष ५३ को पृथ्वीराज सिग्देललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
मनिराम तिमल्सिना समेतलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाईदिन्छु, त्यसको लागि प्रतिव्यक्ति नौ लाख रुपैयाँ लाग्छ, मकाउ पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिन्छु, मासिक १ लाख ८० हजार रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेको प्रहरीको भनाई छ।
पीडितहरूबाट पटक पटक गरी २ लाख ७० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका सिग्देललाई अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १२ गते दरबारमार्गबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।