• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

२१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

यू–१९ विश्वकप : नेपाल सुपर सिक्समा


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। दक्षिण अफ्रिकाको इस्ट लण्डनमा शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको हो ।

    Advertisement

    ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्दले शानदार प्रदर्शन गर्दा अफगानिस्तानले दिएको १४६ रनको सामान्य लक्ष्य नेपालले ९ विकेटको क्षतिमा पूरा गर्यो ।

    नेपालले ४५ औं ओभरको चौथो बलमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । कप्तान देव खनालको अर्धशतकको मद्दतमा फगानिस्तानलाई हराउँदा नेपालका आकाश चन्द प्लेयर अफ द म्याच भए। उनले अफगानिस्तानका ५ विकेट लिएका थिए।

    टोलीलाई १९ रन आवश्यक हुँदा देव ३७ औं ओभरको तेस्रो बलमा ५८ रनमा आउट हुन पुगे। उनले ८९ बलको सामना गर्दा ७ चौका प्रहार गरे।

    नेपालका लागि ओपनर अर्जुन कुमालले १० रन जोड्दा बिपिन रावल २ रनमै आउट भए। १२ बल खेलेका गुल्शन झा मात्रै १ रनमा बोल्ड भए।

    त्यसपछि आएका कप्तान देवले नेपालको इनिङ सम्हाल्दै जितसम्म डोहोर्‍याएका हुन्। दीपक बोहोरा टोलीलाई ६ रन आवश्यक भएको अवस्थामा २७ रन जोडेर आउट भए।

    आकाश त्रिपाठी १६ रन, दीपक डुम्रे ५, दिपेश कंडेल ४, आकाश चन्द १ रनमै आउट भए।

    तिलक भण्डारी शून्य रनमा नटआउट रहँदा सुवास भण्डारी ९ रनमा अविजित रहे।

    अफगानिस्तानका फारिदुन दाउड्जाइले ३ विकेट लिए। खालिल अहमेद र नाशिर खानले समान २ विकेट लिँदा अल्लह मोहमद घजानफार र आरव गुलले एक(एक विकेट लिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०।१ ओभरमा १ सय ४५ रन बनाउँदा अलआउट भएको थियो।

    अफगानिस्तानविरुद्ध नेपालका तीव्र गतिका बलर आकाश चन्द चम्किँदा अफगानिस्तान पूरै ओभर क्रिजमा टिक्न सकेन।

    आकाशले अफगानिस्तानका ब्याटरलाई लामो समय क्रिजमा टिक्न दिएनन्। उनले ८ ओभरमा ३४ रन खर्चेर ५ विकेट लिए।

    गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान एक विकेट लिँदा दिपेश कँडेलले २ विकेट आफ्नो नाममा गरे।

    अफगानिस्तानलाई कम स्कोरमा रोक्नका लागि पहिलो ओभरमै गुलशन झाले सफलता दिलाएका थिए। पहिलो ओभरको चौथो बलमा गुल्सन झाले ओपनर नुमान शाहलाई शुन्य रनमै दिपक डुम्रेको हातबाट क्याच आउट गराए।

    त्यसपछि आकाश चन्द चम्किँदा अफगानिस्तानको इनिङ धरापमा पर्दै गयो। आकाशले आफ्नो पहिलो ओभरमै सफलता हात पारे।

    दोस्रो ओभरको तेस्रो बलमा आकाशले खालिम तनिवाललाई पनि शून्य रनमै विकेट किपर विपिन रावलको हातबाट क्याच गराउँदै पेबेलियन फर्काए।

    क्रिजमा रनका लागि संघर्ष गरेको अफगानिस्तानले आकाशको कसिलो बलिङ सामना गर्न कठिन पर्यो। पाँचौं ओभरको पाँचौं बलमा १७ रन बनाउँदा अफगानिस्तानले जमशिद जड्रानलाई पनि सस्तैमा गुमायो। १४ बल खेलेका जद्रान मात्रै ३ रन जोडेर बोल्ड भए।

    १० रन जोडेपछि अफगानिस्तानको अर्को विकेट धरापमा पर्यो। आठौं ओभरको अन्तिम बलमा सोहिल खान जुरमतीलाई कप्तान देव खनालले आकाशकै बलमा क्याच आउट गरे।

    त्यसपछि पनि आकाशको आक्रमण रोकिएन। १० औं ओभर बलिङ गरेका आकाशले पहिलो बलमै अहली अहमदलाई एलबीडब्ल्यु धरापमा पारे। अहमद शून्य रनमै आउट हुँदा नेपालले पाँचौं सफलता हात पार्यो।

    १२ औं ओभरसम्म पनि अफगानिस्तानी ब्याटरसामु नेपाली बलर आकाश चन्द हाबी भइरहे।

    १२ औं ओभरको तेस्रो बलमा आकाशले व्यक्तिगत पाँचौँ विकेट लिँदा हसन इसाकिल पेबेलियन फर्किने छैठौं ब्याटर बने। जतिबेला अफगानिस्तानको खातामा मात्रै ४३ रन थियो।

    २० रन बनाएका हसनलाई दीपेश कंडेलको हातबाट क्याचआउट गराए।

    त्यसपछि भने नेपालले विकेटका लागि केही संघर्ष गर्नु पर्यो। आठौं क्रममा आएका अफगानिस्तानी अलराउण्डर अल्ला महमद घजानफरले आक्रमक इनिङ्स खेले।

    सातौं विकेटका लागि ४२ लरनको साझेदारी गर्दा उनले मात्रै २१ बलमा ३७ रन जोडेका थिए।

    तर आफ्नो पहिलो ओभर बलिङ गर्न आएका तीलक भण्डारीले घजानफरलाई सुवास भण्डारीको हातबाट क्याच आउट गराए।

    तीलकको बलमा क्याचआउट हुनु अघि घजानफरले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेका थिए। तेस्रो बलमा पनि लामो सर्ट प्रहार गर्न खोज्दा उनी क्याचआउट हुन पुगे।

    त्यसपछि मात्रै तीन रन जोड्दा अफगानिस्तानले अर्को विकेट गुमायो। दिपेशले पनि आफ्नो पहिलो ओभरको तेस्रो बलमै नेपाललाई सफलता दिलाए।

    २१ औं ओभरको तेस्रो बलमा दिपेशले आरव गुललाई शून्य रनमै एलबीडब्लू धरापमा पारे।

    एक समय २०।३ ओभरमा –८ को अवस्थामा रहेको अफगानिस्तानकालागि नवौँ विकेटका लागि कप्तान नासिर खान मारुफखिल र फरिदुन दवोडनाइले ५५ रनको साझेदारी गर्दै इनिङस् उकासेका थिए। नेपालविरुद्ध अफगानीस्तानले बनाएको यो नै सर्वाधिक साझेदारी हो।

    तर कप्तान नासिर खान मारुफखिललाई ३७।४ ओभरमा ३१ रनमा कट एण्ड बोल्ड गर्दै दिपेशले व्यक्तिगत दोस्रो विकेट लिँदै नेपाललाई सामान्य लक्ष्यतर्फ अगाडि बढाए।

    त्यसपछि अफगानिस्तानले २ रन मात्रै थप्न सक्यो। दिपेशले ४१ औं ओभरको पहिलो बलमै फरिदुन दवोडनाइलाई कप्तान देव खनालको हातबाट क्याचआउट गराएसँगै अफगानिस्तान अलआउट भयो।

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा
    ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न
    डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
    २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न
    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • २.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    • ३.
      डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

    • ४.
      २१औँ वार्षिक एरिया सम्मेलन सम्पन्न

    • ५.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • ६.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ७.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ८.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.