काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजले प्रहरी समायोजना गरे संगठन नै ध्वस्त हुने बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अहिराजले प्रहरी समायोजनको नाममा सङठन नै सिद्द्याउने कसैको योजना त होइन ? भनी प्रश्न गरेका छन् ।
केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका थिए ।
सुरक्षाविद तथा प्रहरी उच्च अधिकारीहरुले प्रहरीलाई प्रदेशमा समायोजन गर्न नहुने बताइरहेका बेला प्रधानमन्त्रीले त्यसविपरित निर्देशन दिएका हुन् । प्रदेश सरकारहरुले भने प्रहरी समायोजनमा जोड दिँदै आएका छन् ।
‘प्रहरी समायोजनको नाममा सङठन नै सिद्द्याउने कसैको योजना त होइन ? समायोजनले प्रहरी सङठन भित्रै अराजकता, अनुशासन हिनता, बिद्रोह र स्खलन नआओस्’ अहिराजले लेखेका छन् , ‘प्रहरी नेतृत्वले पहिला देश अनि संगठन प्रति इमानदार भएर मात्र नेता र निर्देशनलाई स्थान देओस्। नत्र सिंगो संगठन धराप पर्न सक्छ।’