खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको पन्जाबस्थित लुधियानाका गोविन्द परियार र निर्मला परियार मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ ।
Advertisement
केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा जनवरी १४, २०२४ का दिन लुधियानमा आयोजित क्षेत्रीय भेलामाझ उहाँहरू मूल प्रवाहमा प्रवेश गर्नुभएको हो ।

गोविन्द र निर्मलालाई अध्यक्ष खनालले टीका तथा फूलमाला लगाइदिएर मूल प्रवाहको सदस्यता प्रदान गर्नुभएको थियो ।
भ्रमवश केही समय फुटपरस्त पक्षतर्फ सङ्गठित हुनुभएका गोविन्दले कार्यक्रममा मन्तव्य राख्दै फुटपरस्त पक्षसँग कुनै नीतिसिद्धान्त नभएको तथा आफूहरूलाई भ्रम दिएको बताउनुभयो ।
उहाँले यस खालका सङ्गठनको भ्रममा नपर्न सार्वजनिक पनि आग्रह गर्नुभयो ।