तम्घासबजार । गुल्मी जिल्लाको सत्यवती गाउँपालिकामा अखिल नेपाल किसान महासङ्घ (अप्फा) को भेला सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीको प्रमुख आतिथ्यमा २०८० पुस २५ गते बुधबार पिपलबोटमा उक्त भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले अबको किसान सङ्गठनले उत्पादनसँग जोडिँदै वर्गसङ्घर्षलाई अगाडि बढाउने साधनको रूपमा आफूलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘अप्फाको नेतृत्वमा समूह र सामूहिक उत्पादन र वितरणका लागि कृषि सहकारीको माध्यमबाट अगाडि बढ्नुपर्दछ ।
अध्यक्षमा सिँजाली
भेलाले ओम सिंजालीको अध्यक्षमा नौ सदस्यीय अप्फाको पालिका समिति गठन गरेको छ ।
समितिको सचिवमा रोमबहादुर कुँवर, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यहरूमा चन्द्रा कुँवर, खुमा कुँवर, तिलक श्रीस, कोपिला गोर्खाली र गोविन्द परियार रहनुभएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समितिका अध्यक्ष रामकुमार क्षेत्री, अप्फाका जिल्ला अध्यक्ष सोमलाल पन्थ, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सदस्य दीप गोले र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य जानुका कुँवरको पनि आतिथ्य रहेको थियो ।
नेत्रबहादुर तारामीमगरको अध्यक्षतामा सम्पन्न उक्त भेलाको सञ्चालन कमल पुलामी र स्वागत रोमबहादुर कुँवरले गर्नुभएको थियो ।
