काठमाडौं । काठमाडौँ महानगरपालिकाका तीन कर्मचारी निलम्बित भएका छन् । मेयर बालेन्द्र शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन परेका हुन्।
Advertisement
कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि महानगरपालिकाले तीनजना कर्मचारीलाई निलम्बन गरेको महानगर स्रोतले जनाएको छ ।
नगरसभाको २३ औँ बैठकमा भएको निर्णय उनीहरुले उल्ट्याएका थिए ।
त्यसबारे मेयर शाहले छानबिन पछि उनीहरूलाई निलम्बन गरेका हुन् ।