काठमाडौं । साउदी अरबको एक कम्पनीले बाँकी तलव र सुविधा लिन बोलाएको छ । यसबाट ७३ जना नेपाली श्रमिक लाभान्वित हुने भएका छन् ।
Advertisement
मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रीमकको पारिश्रमिक समेत दिन सकेको थिएन । यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी विदा गरेको थियो। तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै उनीहरुलाई बोलाएको हो ।
कम्पनीले नेपाली कामदारहरुसँग सम्पर्क गराई कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ ।
दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ ।

