पोखरा । २९ वर्षीया श्रीमतीलाई तुनाले बाँधेर श्रीमान्ले हत्या गरेका छन् ।
Advertisement
हत्या आरोपमा बिहीबार प्रहरीले ३६ वर्षीय रत्नबहादुर घर्तीले रेखा घर्तीलाई तुनाले बाँधेर हत्या गरेको खुलेको छ ।
घर्तीको शव स्थानीय विश्वराज पौडेलको तोरीबारीमा फेला परेको थियो ।
म्याग्दीको धौलागिरी ७, ताकम घर भई घर्ती परिवार केही समयदेखि पोखरा २९, नौबीसेमा बस्दै आएका थिए ।
रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन् । उनीहररूका २ बच्चा पनि रहेको प्रहरीले जनाएको छ । एसपी थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
घटना घटेको केहीबेरमै प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेकाले घर्ती तत्कालै पक्राउ परेका थिए ।