• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

केन्द्र सरकारलाई दबाब दिन हेटौंडामा जुटे सातै प्रदेशका मुख्यमन्त्री

"स्थानीय तहसँग मोर्चाबन्दी "

  •   शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
  • हेटौंडा । केन्द्र सरकारले अधिकार नदिएको भन्दै सातवटै प्रदेशका मुख्यमन्त्री हेटौंडामा भेला भएका छन् ।

    Advertisement

    बिहीबार स्थानीय तहका प्रतिनिधिसँग छलफल गरेका उनीहरुले केन्द्र सरकारबाट अधिकार लिन दबाबमूलक कार्यक्रम गर्ने बताएका छन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्रले प्रदेशलाई अधिकार नदिँदा संघीयतामा पनि एकात्मक राज्य प्रणालीकै शैली देखिएको बताए । संविधानमा भएका एकल र साझा अधिकारका विषयमा गहन छलफल हुने उनले जानकारी दिए ।

    मुलुक संघीयतामा गएको ६ वर्ष बित्दा पनि संविधानमा उल्लेखित अधिकारहरू संघले कुण्ठित गरेको उनको आरोप छ ।

    अधिकार प्राप्तिका लागि संघीय सरकारलाई दबाब दिन स्थानीय र प्रदेश सरकारले हेटौंडामा संयुक्त मोर्चा कसेका हुन्।

    बिहीबार मुख्यमन्त्रीहरूले गाउँपालिका महासंघ, नगरपालिका महासंघ, बागमतीसहित अन्य प्रदेशका सचिवहरूसँग अधिकारबारे छलफल गरेका थिए ।

    ‘तहगत अधिकारको कार्य विस्तृतीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले संघ सरकारको दोहोरो भूमिकाले अधिकार नपाएको गुनासो गरेका थिए।

    कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले दोहोरो ऐन निर्माण हुँदा संघ, प्रदेश र स्थानीय सरकारबीचमा चुनौती देखा परेको बताए । उनले केही अधिकार प्राप्तिका लागि प्रयास चलिरहेको भन्दै तर अधिकार नपाएर काम नै रोकिने अवस्था नआएको बताए ।

    यस्तै, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले साझा अधिकारको विषय टुंग्याएर अघि बढ्नुपर्ने बताए। स्थानीय तह प्रदेशसँग अधिकार माग्ने, प्रदेश सरकार संघसँग अधिकार माग्ने परिपाटीको अन्त्य हुन जरुरी रहेको उनले बताए।

    गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संघीय सरकार बलियो हुन स्थानीय र प्रदेश सरकार बलियो हुन आवश्यक रहेको बताइन्।

    ‘स्थानीय र प्रदेश सरकार आवश्यक छैन भने संघको पनि काम छैन। यस्ता आवाजहरू गणतन्त्रविरोधी हुन,’ उनले भनिन् ।

    गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर–प्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि समयसीमा सकिन लाग्दा मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन्।

    शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ३.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ४.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ५.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ६.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ७.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ८.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.