• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बच्चा बचाउन खोज्दा बाबुलाई खोलाले बगायो, आमा रुँदै रुँदै हिँडिरहिन्

"अमेरिका छिर्दा पनामा जङ्गलमा "

  •   शनिबार, पुष ०७, २०८० मा प्रकाशित
  • बच्चा बचाउन खोज्दा बाबुलाई खोलाले बगायो, आमा रुँदै हिँडिन्

    Advertisement

    (अमेरिकामा अध्ययन गर्दै गरेका विद्यार्थी सुजन सिग्देलको युट्युबबाट लिइएको यो सामग्रीमा गैरकानुनी प्रकारले अमेरिका छिर्ने नेपालीहरूको अनुभूति समावेश छ । यहाँ पीडितको नाम, ठेगाना गोप्य राखिएको छ । गैरकानुनी प्रकारले अमेरिका छिर्दा व्यहोर्नुपर्ने दु:खकष्ट वा कठिनाइबारे थोरै भए पनि जानकारी होस् भनेर हामीले उक्त सामग्री सम्पादनसहित यहाँ प्रकाशित गरेका छौँ : सम्पादक)

    वरिपरिका अरू गाउँलेहरू अमेरिका गएको देखेपछि मलाई पनि त्यतै जाऊँ जाऊँ लाग्यो । त्यसपछि अमेरिका पठाउने एजेन्ट खोज्न थालियो । त्यसै क्रममा एक जना भेटिए ।

    उनले अमेरिका जान ४० लाख रुपियाँ लाग्दछ भनेका थिए । पछि त त्यो रकम बढ्दै गएर ४५ लाख, हुँदै ५५ लाख हुँदै ६५ लाख रुपियाँसम्म पुग्यो ।

    पहिला नेपाली एजेन्टलाई पाँच लाख रुपियाँ बुझाइयो । त्यसको १५ महिनापछि मात्रै एजेन्टले तिम्रो पालो आयो भने । त्यसपछि उनकै सूचनाअनुसार काठमाडौँ आइयो ।

    काठमाडौँ आएर दुई महिनाजति बसियो । त्यसपछि हवाईजहाजबाट मलेसिया पुगियो । मलेसियामा एयरपोर्टभित्रै तीन दिन बस्नुपर्‍यो । त्यसपछि मलेसियाबाट टर्कीको एयरपोर्ट पुगियो । त्यहाँ पाँच दिनजति बसियो । त्यहाँ हामी जस्तै अमेरिका जान हिँडेका ४०–५० जनाजति मानिस थिए । हामी नेपाली त दुई जना मात्रै थियौँ । उनीहरूले आफू त्यहाँ गत तीनचार महिनादेखि बसिरहेका छौँ भन्थे । उनीहरूसँग पैसा थिएन । त्यहाँ उनीहरू अरूले सहयोगस्वरूप दिएको खाना खाएर बसिरहेका थिए ।

    हामी त्यहाँबाट प्लेनबाटै स्पेन पुग्यौँ । स्पेनको एयरपोर्टमा पुग्दा त्यहाँ पनि २०–२५ जना अमेरिका जान हिँडेका मानिसहरू लिए । उनीहरू पनि अलपत्र अवस्थामै थिए ।

    हामी स्पेनबाट इक्वेडर पुग्यौँ । त्यहाँ हामीलाई लिन अर्को डङ्कर (स्पेनिस भाषामा एजेन्टलाई डङ्कर भनिँदो रहेछ) आए । हामीले ती डङ्करलाई पाँच हजार अमेरिकी डलर दियौँ । उनले हामीलाई कोलम्बिया जाने बसमा चढाइदिए ।

    कोलम्बियामा पुगेपछि अरू डङ्कर आइपुगे । त्यहाँ दुईओटा डङ्कर थिए । उनीहरूले हामीलाई बाइकमा बसालेर जङ्गलैजङ्गलको बाटो हिँडालेर अनकण्टार गाउँ जस्तो ठाउँमा लगे । बारी जस्तो झाडीमाझ एउटा घर थियो । हामीलाई त्यही बस्न भनियो । हामी त्यहाँ पुग्दा रात परिसकेको थियो । हामीलाई प्याकिङ खाना खान दिइयो । हामीले त्यहाँ चार हजार अमेरिकी डलर ती डङ्करलाई दियौँ । त्यसपछि हामीसित एक सय डलर मात्रै बाँकी रह्यो । चार दिनजति हामीलाई त्यही बसालियो ।

    त्यहाँबाट हामी बसमा चढ्यौँ । हामीसँग अरू पाँचछ जना नेपाली पनि थपिए ।

    हामी यतिखेरसम्म कोलम्बियामा नै थियौँ । त्यहाँ ठाउँ ठाउँमा प्रहरीले चेक गर्दै गरे । उनीहरूले हामीसित भएका पैसा पनि लगे ।
    त्यसै क्रममा हामीलाई त्यहाँका स्थानीय जस्ताले समुद्रनजिकैको होटेलमा पुर्‍याए । त्यहाँ २० जनाजति नेपालीसहित अरू ४० जना अमेरिका जान हिँडेका मानिसहरू थिए । हामीलाई त्यहीँ एक हप्ताजति बसालियो ।

    हामीले यस दौरान दिनमा एकपटक मात्र खाना खान पाउँथ्यौँ । कहिले दिउँसो १२ बजेतिर त कहिले ३ बजेतिर, त्यो पनि एक मुठी मात्रै । खाना आएपछि लाइन लागेर उभिनुपथ्र्यो । प्लास्टिकको कचौरामा एक मुठीभन्दा बढी भात अट्दैनथ्यो । त्यो पनि जो अघि छ, उसले खान पाउँथ्यो, पछि बसेकाहरू भोकै हुन्थे ।

    सात दिनपछि हामीलाई डुङ्गामा राखेर अगाडिको यात्रा गराइयो । करिब दुई घण्टाको डुङ्गायात्रापछि हामीलाई कपुरगाना पुर्‍याइयो । त्यहाँ अर्को डङ्कर हामीले लिन आए । उनले हामीलाई होटलबाट ल्याएको खाना खान दिए । तबसम्म हामीसित भएको सबै पैसा सकिएकाले उनले हामीलाई १५० अमेरिकी डलर पनि दिए ।

    साँझ परेपछि हामीले फेरि जङ्गलको यात्रा सुरु गर्‍यौँ । अब हामी पनामाको बोर्डरतर्फ लाग्दै थियौँ । करिब चार घण्टा बसमा हिँड्यौँ । हामीलाई प्राय:जसो रातिमा हिँडाइन्थ्यो । त्यो समूहमा हामी सात जना नेपाली थियौँ, एक डङ्करको जिम्मामा । सिमसिम पानी परिरहन्थ्यो । हामी पूरै भिजेका हुन्थ्यौँ ।

    बसबाट ओर्लेर अब हामी राति राति पैदलै हिँडिरहेका थियौँ । सायद रातको २ बजेको थियो होला, हामीलाई बाटो देखाइरहेको डङ्करले बाटो भुले । उनले हामीलाई घुमाई घुमाई एकै ठाउँमा ल्याइपुर्‍याउथे । वरिपरिबाट जङ्गली जनावरका डरलाग्दो आवाज आइरहेको हुन्थ्यो । त्यहाँ खोला पनि थियो । हामी डराई डराई हिँडिरहेका थियौँ । डङ्करसित हामी बोल्नै हुँदैनथ्यो । बोल्यो कि हामीलाई कुटिहाल्थे ।

    करिब आठ किलोमिटरको बाटोसम्म हामी पानी पानी, खोला खोला हुँदै हिँड्यौँ । रातभरि हिँडेपछि बिहानपख एउटा टेन्टमुनि पुग्यौँ । त्यहाँ अरू २०–२५ जनामा मानिस जम्मा भएका थिए । हामीलाई खुसी लाग्यो, सायद यहाँ बस्न पाइन्छ कि भनेर । बसौँ भन्दा डङ्करले मानेनन् । सायद बिहानको उज्यालो हुन आँटेको थियो तर हामी हिँडिरह्यौँ ।

    हाम्रो टोलीमा गर्भवती महिलाहरू पनि थिए । उनीहरू बडो कष्टपूर्वक हिँडिरहेका थिए । हामी सिमसिम पानीमा भिज्दै सातआठ किलोमिटर उकालो हिँड्यौँ । करिब १२ घण्टासम्म हामी हिँडिरह्यौँ, हिँडिरह्यौँ । त्यसपछि डङ्करले हामीलाई मात्रै छोडिदिए र हामीलाई मात्र जान भने । हामीले नचिनेको ठाउँमा कसरी जाने त भनेर सोध्यौँ । उनले भने– त्यस्तो केही हुँदैन, सिग्नल हेर्दै जानू, पुगिन्छ ।

    हामी यतिखेर पनामाको जङ्गलबाट अगाडि बढ्दै थियौँ । त्यसै क्रममा ओरालो बाटो हिँड्यौँ । ओरालो बाटो के भन्नु ? तीनचार किलोमिटर चिप्लेटी बाटो हिँड्यौँ । तल पुगिसकेपछि एउटा पानिकुलो जस्तो आयो । त्यहाँ अरू पनि मानिस थिए । हाम्रो घाटी प्यासले सुकिरहेको थियो । पानी सफा छ वा फोहोर ? त्यसको वास्तै नगरिकन पानी खायौँ ।

    त्यसपछि हामीलाई दक्षिणतर्फको खोलाको बाटो अगाडि बढ्न भनियो । त्यो बाटो हामी करिब दुई घण्टाजति हिँड्यौँ । त्यसपछि एउटा सैन्यक्याम्प आयो ।

    हामी त्यहाँ पुग्दासम्म एक जनाको मृत्यु भइसकेको थियो हाम्रै अगाडि । हामी सपनामा हो कि विपनामा जस्तो अवस्थामा थियौँ । हामीलाई नसा लागे जस्तो भइरहेको थियो ।

    त्यही यात्रामा हिँड्दा आमासहित एक जना बच्चालाई खोलाले बगायो । बच्चालाई छोप्न उनका बाबु खोलामा हाम फाले । अरू मान्छे पनि तिनलाई बचाउन खोलामा पुगे । उनीहरूले बच्चा र आमालाई बचाए तर बाबुलाई खोलाले बगाइहाल्यो ।

    त्यतिखेर हाम्रा आँखाभरि आँसु थिए । बच्चासहितका ती महिला पनि रुँदै थिइन् । उनी फर्किँदै बच्चाको बाबुलाई बगाएको दिशातिर पटक पटक हेर्दै गर्थिन् । हाम्रो मनमा भक्कानो फुटिरहेको थियो । हामी आँखाभरि आँसु लिएर अगाडि बढ्यौँ ।

    अगाडि बढेर हामी एक ठाउँमा टेन्ट लगाएका ठाउँमा बास बस्यौँ । अविरल झरी परिरहेकै थियो । बास बस्यौँ के भन्नु ? हामी थाकेर लखतरान परिसकेका थियौँ । त्यसैले त्यहाँ टेकिनासाथ हामी निदाइहाल्यौँ ।

    बिहान उठ्दा हाम्रो खुट्टा सुन्निएर तोरी पेल्ने कोल जस्तो भइसकेको थियो । हामी हिँड्न सक्ने अवस्थामा थिएनौँ तर पनि हिँड्नैपर्ने थियो हामीलाई ।

    त्यसपछि पनि हामी करिब १० किलोमिटरजति हिँड्यौँ । त्यस क्रममा टेन्टमै बास बस्यौँ, चिसै कपडामा । हामीसित कपडा धुने, सुकाउने वा ओभानो कपडा लगाउने सुविधा केही थिएन । ओभानो कपडा लगाउन पाए पनि कस्तो हुन्थ्यो भन्ने अवस्थामा हामी पुगेका थियौँ ।

    खोलैखोला, घरि खोलावारि, घरि खोलापारि गर्दै हामी वारिपारि गर्दै रह्यौँ । यस्तो कैयौँ दिनसम्म भइरह्यो । बिस्कुट, चक्लेट, ब्रेड जस्तै खाना, फोहोरपानी खाएर हामी चार दिनसम्म लगातार हिँडिरह्यौँ । हाम्रा खाना पनि पानीमा भिज्दथ्यो, खालि चक्लेट मात्रै ओभानो हुन्थ्यो ।

    त्यसपछि हामी डुङ्गामा चढेर अगाडि बढ्नुपर्ने थियो । त्यहाँ डुङ्गा चढ्न २०० जति मान्छे थिए । त्यसमध्ये कति त जङ्गलको बाटो पार गरेर आएकोमा बाच्यौँ भनेर खुसीले रोएका त कोही नाचेका देखिन्थे । त्यो पनामाको जङ्गलकै छेउको समुद्री भाग थियो ।

    दुई घण्टा कुरेपछि हाम्रो पालो आयो । एउटा डुङ्गाले २० जना जति बोक्दथ्यो । त्यसबापत् प्रत्येकले २० अमेरिकी डलर तिर्नुपर्दथ्यो । हामीले पनि २० डलर तिरेर डुङ्गा चढ्यौँ ।

    डुङ्गाको यात्रा खतरनाक थियो । पानीमा गोही र गोही बच्चाहरू घुमिरहेका देखिन्थे । पूरा क्षमता डौडिरहेको डुङ्गाबाट कोही खस्यो भने बाँच्ने कुनै सम्भावना थिएन ।

    डुङ्गाबाट ओर्लेपछि हामीलाई सैन्य क्याम्पका सेनाले चेकजाँच गर्‍यो । त्यसपछि हामीलाई टेन्टभित्र बस्नू भनियो । त्यहाँ एक हजार जनाजति मानिस थिए, सबै अमेरिका जान हिँडेका ।

    हामी त्यहाँबाट बसमा चढ्यौँ । हामीलाई अब कोस्टारिका जाने भनिएको थियो । त्यस क्रममा हामी तीन दिनसम्म यात्रा गर्‍यौँ, उही टेन्टमा बास, दिनमा एकपटक खाना खाँदै ।

    बसको यात्रा गरेर हामी निकारागुआ पुग्यौँ राति नै । रातमा नै हामीलाई अर्को वाहनमा चढाएर पठाइयो । अब अर्को डङ्कर हामीलाई लिन आए । उनले हामीलाई एउटा होटेलमा पुर्‍याए तर हाम्रा लागि होटेलभित्र बस्ने व्यवस्था गरिएको थिएन । त्यसैले हामी होटेलबाहिरको पेटीमा नै सुत्यौँ ।

    त्यसपछि फेरि होन्डुरसको यात्रा सुरु भयो । तबसम्म हामीसित पैसा सकिएको थियो । पैसा नभएको भन्दै हामीलाई बसवालाले बिचैमा ओरालिदियो । एउटा डङ्करले अर्को डङ्करलाई फोन गरिदिएपछि हामीलाई पुन: अर्को बसमा चढाइयो ।

    यस्तो लागिरहेको थियो, डङ्कर जताकतै हुँदा रहेछन् । हाम्रो नेपालमा मात्रै होइन, युरोप, अमेरिकातिर पनि डङ्कर नै डङ्कर रहेछन् । अहिलेसम्म धेरै डङ्कर फेरिइसकेका थिए । एक डङ्करले अर्को डङ्करलाई रिले गर्दै, हामीलाई अर्कोको जिम्मामा सुम्पिँदै उनीहरूले हाम्रो यात्रा अगाडि बढाइरहेका थिए ।

    यात्राको क्रममा हामीलाई घोडामाथि पनि हिँडालियो । करिब एक घण्टासम्म पानी पानीको बाटोमा घोडामाथि चढेर हिँड्नुपर्‍यो । घोडा हिँडाल्ने भाइ पनि चोटैचोटले रक्ताम्य थिए । उनको खुट्टा हेरिसक्नु थिएन । त्यसै क्रममा हामीलाई दुई घण्टाजति फोहोर दुर्गन्धित ठाउँमा बसालियो ।

    त्यसपछि सुरु भयो बाइकको यात्रा । बाइकको गति यति तीव्र थियो, हामीलाई यस्तो लागिरहेको थियो, अब जिन्दगी यत्तिमै खत्तम हुने छ । अब हाम्रो यात्रा यत्तिमै समाप्त हुने छ । त्यो बाटोमा बाइक अधिकतम गतिमा जति हिँड्न सक्थ्यो, हिँडालियो । हामीले मनमनै प्रार्थना गर्‍यौँ : हे पशुपतिनाथ ! हाम्रो रक्षा गर ।

    दुई घण्टा बाइकको यात्रापछि हामीलाई कारमा बसालियो । कारको गति पनि त्यस्तै । त्यहाँ पनि हाम्रो जिन्दगी यत्तिकै रहेछ जस्तो लागेको थियो ।

    कारवालाले हामीलाई एउटा होटेलनेर लगेर राखिदियो । त्यहाँ मोबाइलको नेटवर्कले काम गर्दैनथ्यो । सायद त्यो कुनै दुर्गम गाउँ थियो । हामीलाई त्यहाँ चार दिनसम्म बसालियो । दिनमा एकपटक प्याकिङ खाना आउँथ्यो । बाहिरबाट ताल्चा लगाइएको थियो । हामी भित्रै बसिरहन्थ्यौँ ।

    पाँचौँ दिन दुई जना भारतीय हाम्रो समूहमा थपिए । छैटौँ दिन त्यहाँ सानो वाहन आइपुग्यो । हामीलाई त्यसैमा राखेर ग्वाटेमालातिर हिँडालियो तर मध्यराततिर हामीलाई बाटोमा ओरालियो । त्यसपछि फेरि बाइक र डुङ्गाको यात्रा सुुरु भयो । चार घण्टाजति हामी त्यही क्रममा बाटोमा बस्यौँ । यसैबिच अर्को डङ्करले हामीलाई लिएर अगाडि बढे ।

    डङ्करले हामीलाई गाडीबाट ओराले । त्यसपछि हामीलाई केराको घारीमा लुक्न भनियो ।

    ग्वाटेमालामा पुग्दा हामी नेपाली २० जनाजति थिए, अन्य मानिस गर्दा कुल ४० जनाजति थिए । उनीहरू भन्थे– हामी यहाँ गत दुई महिनादेखि बसिरहेका छौँ ।

    त्यहाँबाट फेरि हामीलाई दुई दिनजति ट्रकमा बसालेर अगाडि पुर्‍याएर ओरालियो । अब हामी मेक्सिको पुगेका थियौँ । त्यो ठाउँ तामाजुला हो भन्दथे ।

    अब फेरि डङ्कर फेरिएका थिए । उनले हामीलाई बाइकबाट स्कर्टिङ गर्दै अगाडि बढाए । त्यहाँ हजारभन्दा बढी मानिस थिए । त्यहाँसम्म पुग्दा हामीलाई करिब ४५ दिन लाग्यो होला भन्ने लाग्छ । अरूका कुरा सुन्दा हामी छिट्टै त्यहाँ आइपुगेका थियौँ । अरू मानिसलाई त्यहाँ पुग्दा अझै धेरै समय लाग्ने गर्दो रहेछ ।

    हामीलाई असाध्यै भोक लागेको थियो । हामीले होटलमा खाना खाने सोचेका थियौँ तर डङ्करले हामीलाई खान दिएनन् र अगाडि बढाए । अब हामीलाई जङ्गलमा रहेको नयाँ बन्दै गरेको घरमा पुर्‍याइयो । हामीलाई त्यहाँभित्र बस्न भनियो र बाहिरबाट ताल्चा लगाइयो । बिहान ३ बजेतिर होला, पाउरोटी जस्तो खानेकुरा दिइयो । हामीले त्यही खायौँ ।

    भोलिपल्ट बिहान हाइस जस्तो वाहनमा हामीलाई पहाडको बाटो हिँडालियो । करिब चारपाँच घण्टा हामी हिँड्यौँ र हाइस जस्तो वाहनले ओरालेको ठाउँमा बास बस्यौँ ।

    त्यसको पर्सिपल्ट होला, हामीलाई फेरि पाँचछ घण्टाजति रातमा हिँडालियो । अब फेरि अर्को डङ्कर फेरिएका थिए । उनले पाँचछ घण्टा हिँडालेर एउटा होटलमा पुर्‍याए । हामी त्यहाँ दुई दिनजति बस्यौँ ।

    अब हामी फेरि अगाडि बढ्यौँ । बाटो जङ्गलको थियो । जङ्गलमै हामीलाई १२ बजेतिर छोडियो र राती १२ बजेसम्म त्यहीँ बसालियो । त्यहाँ दुई जना भारतीय एजेन्टका र हामी दुई जना एकै एजेन्टमा मानिस गरी चार जना थियौँ ।

    त्यहाँ राती १ बजेतिर हामीलाई लिन दुईओटा बस आए तर हामी त्यहाँ चार जना मात्रै रहेनछौँ, बसमा चढ्ने बेलामा त एकाएक चार सय जनाजति मानिस जम्मा भए । सबै मान्छे त्यहीँ यताउता लुकेर बसेका रहेछन् । डङ्करको अह्रनखटनअनुसार हामीलाई बसमा चढाइयो । एउटा बसमा दुई सय जना । एक जनामाथि तीनचार जना मान्छे बस्नुपर्ने । धौ भयो भन्न नपाइने । भन्यो कि डङ्करले कुट्न आइहाल्ने ।

    यो यात्रा पाँच घण्टाजति चल्यो । राति १ बजेदेखि सुरु भएको त्यो कष्टकर यात्रा बिहान ६ बजेसम्म चल्यो । त्यसपछि ती दुईओटा बस ठुलो भवननेर पुगेर रोकियो । तबसम्म बसमा बसी बसी हाम्रा खुट्टा सुन्निएका थिए ।

    त्यहाँ करिब एक हजार जना मानिस थिए । बेलुकापख फेरि हामीलाई एउटा कार जस्तो वाहनमा बसालियो । चार जनामध्ये मलाई सुताएर कपडाले ढाकियो । त्यसो गरेको पुलिसले देख्छ भनेर रहेछ । यसरी चार घण्टासम्म कष्टकर यात्रा सुरु गर्नुपर्‍यो हामीले ।

    अब हामी मेक्सिको पुगेका थियौँ । त्यहाँ अर्को डङ्कर हामीले लिन आएका थिए । करिब एक घण्टा हिँडेपछि हामी एउटा घरमा पुग्यौँ । त्यहाँ ४० जनाजति मानिस थिए । त्यहाँ पुग्दासाथ यता नेपालबाट मेरोतर्फबाट परिवारले एजेन्टलाई थप १० लाख बुझाइदिएको जानकारी प्राप्त भयो । उनीहरूले जम्मा गर्न भनेको चार दिनभित्रै सो रकम बुझाइएको थियो । हामीले ४० लाख पहिले नै बुझाइसकेका थियौँ ।

    करिब १९ दिनसम्म हामी मेक्सिकोमा हिँडिरह्यौँ । त्यस क्रममा हामीलाई राति राति हिँडालियो । चेकपोस्टमा चेकजाँच पनि हुँदै गर्‍यो । हामीसँग खर्च नभएकाले एजेन्टले हामीलाई केही पैसा दिएका थिए तर सुरक्षाकर्मीले पैसा भेट्यायो कि लगिहाल्ने गर्थे, कुटपिट भने गर्दैनथे ।

    अहिलेसम्म जति पनि चेकजाँच भएको थियो, त्यसमा एउटा कुरा साझा थियो । जुनसुकै ठाउँका प्रहरी वा सुरक्षाकर्मीलाई पनि पैसा देख्नै नहुने, देख्यो कि लगिहाल्ने । पैसा नदिने हो भने पासपोर्ट च्यातिदिन खोज्ने । त्यो संसारभरिका सुरक्षाकर्मीको साझा विशेषता रहेछ जस्तो लाग्यो ।

    भोलिपल्ट हामीलाई त्यहाँबाट अगाडि हिँडालियो । राती १–२ बजेतिर अर्को चेकपोस्ट आइपुग्यो । त्यहाँ पनि चेकजाँच भयो ।
    अब फेरि हामी बसमा चढ्यौँ । त्यसपछि एउटा घर आइपुग्यो । त्यहाँ पनि ४०–५० जना अमेरिका जान हिँडेका मानिस थिए । कैयौँ सुतेको अवस्थामा थिए ।

    उज्यालो भएपछि हामीलाई गाडीमा बसालेर मेक्सिकोको पर्खालनेर पुर्‍याइयो । पर्खालनेर अमेरिका छिर्ने सानो बाटो बनाइएको रहेछ । कोही पर्खाल नाघेर पनि जाँदा रहेछन् । हामी पुगेको ठाउँमा छिर्नका लागि सानो बाटो थियो । त्यहाँ पुगेपछि डङ्करले हामीलाई त्यही छोडेर भागे । उनले भन्यो, यहीँबाट अमेरिका छिर्नू । त्यसपछि हामी अमेरिका छिर्‍यौँ ।

    अमेरिका छिरेपछि प्रहरीले हामीलाई नियन्त्रणमा लिए । पुलिसले हामीलाई भ्यानमा बसालेर टेन्टमा पुर्‍याए । त्यहाँ पुर्‍याएपछि फेरि चेकजाँच गरियो । त्यहाँ हामीमध्ये धेरैको पासपोर्ट च्यातिएको थियो तर मेरो भने पासपोर्ट सुरक्षित राखेको थिएँ ।

    त्यहाँबाट एकडेढ घण्टापछि हामीलाई एउटा जेलमा लगियो । त्यहाँ करिब दुईतीन हजार मानिस थिए । त्यहाँबाट मसँग आएको भाइ र मेरो विछोड भयो । मलाई एउटा जेलमा लगियो, भाइलाई अर्को जेलमा ।

    मलाई प्रहरीले एउटा गाडीमा हालेर चार घण्टापछि अर्को जेलमा पुर्‍यायो । त्यहाँ नेपाली मात्रै रहेछन् । त्यो जेलमा म चार दिनसम्म बसेँ ।

    चार दिनपछि उनीहरूले मलाई छोडिदिए । उनीहरूले मलाई अस्पताल जस्तो ठाउँमा छोडिदिए । त्यहाँका सायद स्वास्थ्यकर्मी हुन् कि के हो ? उनीहरूले मेरो स्वास्थ्यजाँच गरे । करिब १२ घण्टासम्मलाई मलाई त्यहाँ राखियो र त्यसपछि छोडियो । त्यसपछि मैले आफ्ना आफन्तसँग भेट गर्न सकेँ ।

    अन्तमा, मेरो सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीसित अनुरोध छ : आफ्नो ज्यानको बाजी लगाएर अमेरिका नआउनुहोला । पाँचछ महिना भयो, मैले काम पाएको छैन । घरबाटै पैसा मगाएर खाने, बस्ने गरेको छु । अहिले मलाई अमेरिका किन आएँ भन्ने लागिरहेको छ । यस्तो दु:खकष्ट हुने गरी मेरा दाजुभाइ, दिदीबहिनीहरू कोही नआइदिनुहोला । तपाईंहरू सबैसित मेरो विनम्र अनुरोध छ ।

    शनिबार, पुष ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.