• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

महिलाको हत्या गरी रुखमा झुण्ड्याउनेसहित जेलबाट भागेका तीन जना पक्राउ


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • काठमाडौं । १० वर्षअघि एक महिलाको हत्या गरी फरार रहेका एक व्यक्तिसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

    Advertisement

    पक्राउ पर्नेमा कर्तब्य ज्यान मुद्दाका दोषी सिन्धुपाल्चोकको साविक ठूलोपाखर गाविस ३ बस्ने वर्ष ४२ को काले वाङगेल भन्ने निमा लामा तथा बैंकिङ कसुर मुद्दामा सजाय पाएका पर्वतको कुश्मा नगरपालिका १० स्थायी वतन भई हाल सुन व्यवसाय गरी बस्ने सरोज खाती र स्याङ्जाको आधिखोला गाउँपालिका ३ घर भई हाल काठमाडौ चक्रपथस्थित सूर्य चन्द्र ज्वेलरी सेन्टर सञ्चालन गरी बस्ने वर्ष ६१ को भीम बहादुर विश्वकर्मा रहेका छन्।

    उनीहरुमध्ये निमा लामा कर्तब्यज्यान र थुनुवा कैदी भागे भगाएको अभियोगमा २९ वर्ष ६ महिना २० दिन कैद सजाय तोकिएको थियो।
    यस्तै, सरोज खाती बैंकिङ् कसूर मुद्दामा १० दिन कैद र रू २० लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन् भने भीम बहादुर विश्वकर्मा बैंकिङ् कसूर मुद्दामा २३ दिन कैद र ८० लाख रुपैयाँ सजाय पाएका व्यक्ति हुन्।

    उनीहरु तीनै जनालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कास्कीका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

    प्रहरीका अनुसार २०७१ वैशाख २८ गते राति सिन्धुपाल्चोक ठूलोपाखर गाविस २ बस्ने वर्ष ४३ की कालीमाया लामालाई काले वाङगेल भन्ने निमा लामा सहितका ब्यक्तिहरूले कुटपिट गरी पटुकाले घाटी कसी चिलाउनेको रूखमा झुण्डयाएका थिए।

    कर्तब्यज्यान मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०७१ चैत १७ गतेको फैसलाले निमा लामालाई २० वर्ष कैद सजाय हुने ठहर भएकोमा उक्त सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा रहेका उनी २०७२ साल वैसाख १२ गतेको भूकम्पपछि भत्किएको कारागारबाट भागी, अन्य थुनुवा कैदीलाई समेत भगाई फरार रहेका थिए।

    उनलाई साइबर ब्यूरो कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस ३ गते कास्की जिल्लाको विजयपुरबाट पक्राउ गरेको हो। लामाविरुद्ध फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

    यस्तै, सिन्धुपाल्चोक जिल्ला अदालतले थुनुवा कैदी भागे भगाएको मुद्दामा २०७४ फागुन ९ मा फैसला गर्दै लामालाई थप ९ वर्ष ६ महिना २० दिन कैद हुने समेत ठहर गरेको प्रहरीले जनाएको छ।

    साथै, फैसला कार्यान्वयनका लागि फरार प्रतिवादीहरू खोजतलास गर्ने क्रममा बैंकिङ कसूर मुद्दामा कैद तथा जरिवाना वेरुजू रही फरार रहेका थप दुई जना पनि कास्कीबाट पक्राउ परेका हुन्।

    उनीहरुलाई पनि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.