टेकराज भुसाल, बुटवल ।
कोरोना भाइरसको संक्रमण हुन नदिन बुटवलका विभिन्न स्थानमा हात धुने साबुन पानीको व्यवस्था गरिएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटी र नयाँगाउँ खानेपानी संस्थाको संयुक्त आयोजनामा बेलबास चोक, नयाँगाउँ र कलुवा चोकमा धारा जडान गरिएको हो ।
लायन्स क्लब अफ बेल्वास सिटीका अध्यक्ष लक्ष्मण कुमार खड्का, प्रथम उपाध्यक्ष गोबिन्द खनाल, तृतीय उपाध्यक्ष डीबी खत्री, नयाँगाउ खानेपानी संस्थाका अध्यक्ष रमा केसी, उपाध्यक्ष मिना केसी, लाइन्स क्लबका डाइरेक्टर तथा सामाजिक व्यक्तित्व पुरुषोत्तम बस्याल, मेम्बरसिप डाइरेक्टर खिमानन्द पौडेल लगायतको उपस्थितिमा हात धुने धारा जडान गरिएको लायन्स क्लब अफ बुटवल बेलबास सिटीका प्रथम उपाध्यक्ष गोबिन्द खनालले जानकारी दिनुभयो ।
नोभेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा हजारौंको संख्यामा मानिसको मृत्यु भएको छ । त्यसको संक्रमण फैलिने क्रम जारी रहेको र नेपाल समेत उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनबाट समेत सचेत गराइएको छ ।